Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नारी नाटककारका नाटकमा लोकविश्वास

View through CrossRef
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी नाटककारको उपस्थिति देखिन्छ । प्रस्तुत लेखमा उद्देश्यमूलक रूपमा नारी नाटककारका नाटक–एकाङ्कीको चयन गर्दै तिनमा रहेका लोकविश्वासको अध्ययन विश्लेषण गर्दा ती नाटकहरूमा लोकविश्वासको व्यापक प्रयोग पाइन्छ । लोकजीवनको आरम्भसँगै लोकविश्वासको आरम्भ भएको हो । अदृश्य शक्तिलाई बढी महत्त्व दिएर हरेक भयबाट मुक्त हुनकै लागि अथवा अशुभबाट शुभको मार्ग पहिल्याउँदै त्यसको निदानात्मक कार्यान्वयनका लागि अनेक धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा आधारित लोकविश्वास सिर्जित र प्रचलित पाइन्छन् । यस लेखमा सावित्री पोखरेलको कलंकी समाज (२०५०) र विचलित वर्तमान नाटक, सुधा त्रिपाठीको निःश्वासका गुजुल्टाहरू (२०५५) एकाङ्कीसङ्ग्रहमा समावेश उनी फर्कंदिनन् कि ! एकाङ्की, जयन्ती ‘स्पन्दन’ र विजया ‘स्मृति’ को संयुक्त लेखनमा प्रकाशित दिदीबहिनी (२०६३) एकाङ्कीसङ्ग्रहमा समावेश चेतना, जागा नहोऊ, सुत र जीवनस्रोत एकाङ्कीको लोकविश्वाससँग सम्बन्धित मान्यताका आधारमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यमा जीवनजगतको प्रतिबिम्ब प्रकट हुने हुँदा लोकविश्वासको प्रयोगविना जीवनको वास्तविकता बोध गराउन कठिन हुन्छ । लोकको विश्वास, आस्था र पत्यार नै लोकविश्वास हो भन्ने सैद्धान्तिक मान्यतालाई लिएर नारी नाटककारका नाटक, एकाङ्कीको निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । नारी नाटककारका नाटकमा विविध प्रकारका लोकविश्वासको प्रयोग देखिनुका साथै समयसान्दर्भिक कतिपय लोकविश्वासहरू जस्तै लैङ्गिकताप्रति नकारात्मक अर्थ राख्ने लोकविश्वासहरू र अन्धविश्वासहरू परिवर्तित हुँदै जानुपर्ने चेतनाले युक्त रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
Title: नारी नाटककारका नाटकमा लोकविश्वास
Description:
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी नाटककारको उपस्थिति देखिन्छ । प्रस्तुत लेखमा उद्देश्यमूलक रूपमा नारी नाटककारका नाटक–एकाङ्कीको चयन गर्दै तिनमा रहेका लोकविश्वासको अध्ययन विश्लेषण गर्दा ती नाटकहरूमा लोकविश्वासको व्यापक प्रयोग पाइन्छ । लोकजीवनको आरम्भसँगै लोकविश्वासको आरम्भ भएको हो । अदृश्य शक्तिलाई बढी महत्त्व दिएर हरेक भयबाट मुक्त हुनकै लागि अथवा अशुभबाट शुभको मार्ग पहिल्याउँदै त्यसको निदानात्मक कार्यान्वयनका लागि अनेक धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा आधारित लोकविश्वास सिर्जित र प्रचलित पाइन्छन् । यस लेखमा सावित्री पोखरेलको कलंकी समाज (२०५०) र विचलित वर्तमान नाटक, सुधा त्रिपाठीको निःश्वासका गुजुल्टाहरू (२०५५) एकाङ्कीसङ्ग्रहमा समावेश उनी फर्कंदिनन् कि ! एकाङ्की, जयन्ती ‘स्पन्दन’ र विजया ‘स्मृति’ को संयुक्त लेखनमा प्रकाशित दिदीबहिनी (२०६३) एकाङ्कीसङ्ग्रहमा समावेश चेतना, जागा नहोऊ, सुत र जीवनस्रोत एकाङ्कीको लोकविश्वाससँग सम्बन्धित मान्यताका आधारमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यमा जीवनजगतको प्रतिबिम्ब प्रकट हुने हुँदा लोकविश्वासको प्रयोगविना जीवनको वास्तविकता बोध गराउन कठिन हुन्छ । लोकको विश्वास, आस्था र पत्यार नै लोकविश्वास हो भन्ने सैद्धान्तिक मान्यतालाई लिएर नारी नाटककारका नाटक, एकाङ्कीको निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । नारी नाटककारका नाटकमा विविध प्रकारका लोकविश्वासको प्रयोग देखिनुका साथै समयसान्दर्भिक कतिपय लोकविश्वासहरू जस्तै लैङ्गिकताप्रति नकारात्मक अर्थ राख्ने लोकविश्वासहरू र अन्धविश्वासहरू परिवर्तित हुँदै जानुपर्ने चेतनाले युक्त रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधा...
बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
‘बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास’ शीर्षकको प्रस्तुत लेख लोकविश्वासको विवेचनामा केन्द्रित छ । लोककथा परम्परागत रूपमा प्रचलित हुँदै आएको घटनावर्णनमा आधारित मौखिक कला हो ...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्‍टतारहेको कृति हो  । यस लेखमा उक्त नाटकमा निष्‍पादितअङ्गी रसको पहिचानर विश्‍लेषण गरिएको छ।प्रस्तुत लेखको ...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...

Back to Top