Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सहनशीला सुशीला नाटकमा नारी उत्पीडन

View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधार तथा सामाजिक–सांस्कृतिक आधारमा विभाजन गरेर तत्सम्बन्धी सैद्धान्तिक मान्यताको प्रस्तुति यसमा गरिएको छ ।नाटकको परम्परागत पितृसत्तात्मक सामाजिक संरचनाभित्र निर्मित लैङ्गिक विभेदका कारण उनीहरू उत्पीडित भएका छन् । जैविकीय आधारमा तथा सामाजिक–सांस्कृतिक आधारमा उनीहरूले उत्पीडन झेलेको देखिएको छ । यस नाटकको प्रमुख भूमिकामा रहेकी सुशीला र अर्की पात्र बाटुलीले नारी भएकै कारण समाजमा स्वतन्त्र भएर बाँच्न पाएका छैनन् । सुशीलाले आफ्नो पतिको अन्याय र अत्याचार सहन बाध्य भएकी छे । उसको पक्षमा आफ्ना दाजु र बाबुले समेत साथ दिएका छैनन् । किनकी ऊ नारी भएको कारणले उसको पक्षमा नउभिई उल्टै जुवाइँको पक्षमा वकालत गरेकोबाट प्रष्ट देखिन्छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा नाटककार भीमनिधि तिवारीको सामाजिक नाटक सहनशीला सुशीलामा प्रयुक्त नारी उत्पीडनको विश्लेषण गरिएको प्रस्तुत लेखमा नाटककार तिवारीले आफ्नो यस नाटकमा नारी उत्पीडनको प्रस्तुतिका माध्यमबाट स्थापित पुरातनवादी मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष निकालिएको छ ।
Title: सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधार तथा सामाजिक–सांस्कृतिक आधारमा विभाजन गरेर तत्सम्बन्धी सैद्धान्तिक मान्यताको प्रस्तुति यसमा गरिएको छ ।नाटकको परम्परागत पितृसत्तात्मक सामाजिक संरचनाभित्र निर्मित लैङ्गिक विभेदका कारण उनीहरू उत्पीडित भएका छन् । जैविकीय आधारमा तथा सामाजिक–सांस्कृतिक आधारमा उनीहरूले उत्पीडन झेलेको देखिएको छ । यस नाटकको प्रमुख भूमिकामा रहेकी सुशीला र अर्की पात्र बाटुलीले नारी भएकै कारण समाजमा स्वतन्त्र भएर बाँच्न पाएका छैनन् । सुशीलाले आफ्नो पतिको अन्याय र अत्याचार सहन बाध्य भएकी छे । उसको पक्षमा आफ्ना दाजु र बाबुले समेत साथ दिएका छैनन् । किनकी ऊ नारी भएको कारणले उसको पक्षमा नउभिई उल्टै जुवाइँको पक्षमा वकालत गरेकोबाट प्रष्ट देखिन्छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा नाटककार भीमनिधि तिवारीको सामाजिक नाटक सहनशीला सुशीलामा प्रयुक्त नारी उत्पीडनको विश्लेषण गरिएको प्रस्तुत लेखमा नाटककार तिवारीले आफ्नो यस नाटकमा नारी उत्पीडनको प्रस्तुतिका माध्यमबाट स्थापित पुरातनवादी मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष निकालिएको छ ।.

Related Results

स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्‍टतारहेको कृति हो  । यस लेखमा उक्त नाटकमा निष्‍पादितअङ्गी रसको पहिचानर विश्‍लेषण गरिएको छ।प्रस्तुत लेखको ...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...

Back to Top