Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्रह्लाद नाटकमा मानसिक द्वन्द्व

View through CrossRef
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा रुचि दिएको पाइन्छ । यो पाश्चात्य नाट्यप्रवृत्ति हो । शेक्सपियसरका नाट्यशैलीबाट विशेष रूपमा प्रभावित समको प्रह्लाद नाटकमा द्वन्द्वको सूक्ष्म प्रयोग पाइन्छ । यस नाटकमा देव र दैत्य, ज्ञान र विज्ञान, भौतिकवाद र अध्यात्मवाद जस्ता कुराका बिच द्वन्द्व प्रस्तुत गरिएको छ । त्यसप्रकारको द्वन्द्व व्यक्ति र व्यक्ति, व्यक्ति र परिस्थिति, एउटा जाति र अर्को जाति, भिन्नभिन्न आस्था र विचार आदिको मात्र नभएर मनोवैज्ञानिक प्रकारको पनि देखापर्दछ । तिनलाई बाह्य र आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ । आन्तरिक द्वन्द्व मनोवैज्ञानिक प्रकारको हुन्छ । त्यो मनोविश्लेषणात्मक मान्यताका आधारमा पठनीय हुन्छ । मनोविश्लेषण सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोवैज्ञानिक मान्यता हो । त्यसलाई सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग, ज्याक लकाँ आदिले अघि बढाउने काम गरेका छन् । प्रस्तुत अध्ययनमा प्रह्लाद नाटकमा पाइने मनोविश्लेषणात्मक द्वन्द्वको विवेचना युङ्गको आद्यस्वरूपको मान्यता, एडलरको उच्चता ग्रन्थिको मान्यता, फ्रायडको इडिपस ग्रन्थिको मान्यता र ज्याक लकाँको अन्यपनको मान्यताका आधारमा गरिएको छ । यस नाटकका बारेमा विभिन्न विद्वान्हरूले विभिन्न ढङ्गले अध्ययन गरेको पाइने भए पनि मनोविश्लेषणात्मक द्वन्द्वसम्बन्धी गहन र विस्तृत अध्ययन भएको देखिँदैन । त्यही नै यस अध्ययनको शोध रिक्तता हो । त्यसको परिपूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत नाटकमा मनोविश्लेषणात्मक द्वन्द्व सफल र प्रभावकारी रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Title: प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
Description:
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा रुचि दिएको पाइन्छ । यो पाश्चात्य नाट्यप्रवृत्ति हो । शेक्सपियसरका नाट्यशैलीबाट विशेष रूपमा प्रभावित समको प्रह्लाद नाटकमा द्वन्द्वको सूक्ष्म प्रयोग पाइन्छ । यस नाटकमा देव र दैत्य, ज्ञान र विज्ञान, भौतिकवाद र अध्यात्मवाद जस्ता कुराका बिच द्वन्द्व प्रस्तुत गरिएको छ । त्यसप्रकारको द्वन्द्व व्यक्ति र व्यक्ति, व्यक्ति र परिस्थिति, एउटा जाति र अर्को जाति, भिन्नभिन्न आस्था र विचार आदिको मात्र नभएर मनोवैज्ञानिक प्रकारको पनि देखापर्दछ । तिनलाई बाह्य र आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ । आन्तरिक द्वन्द्व मनोवैज्ञानिक प्रकारको हुन्छ । त्यो मनोविश्लेषणात्मक मान्यताका आधारमा पठनीय हुन्छ । मनोविश्लेषण सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोवैज्ञानिक मान्यता हो । त्यसलाई सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग, ज्याक लकाँ आदिले अघि बढाउने काम गरेका छन् । प्रस्तुत अध्ययनमा प्रह्लाद नाटकमा पाइने मनोविश्लेषणात्मक द्वन्द्वको विवेचना युङ्गको आद्यस्वरूपको मान्यता, एडलरको उच्चता ग्रन्थिको मान्यता, फ्रायडको इडिपस ग्रन्थिको मान्यता र ज्याक लकाँको अन्यपनको मान्यताका आधारमा गरिएको छ । यस नाटकका बारेमा विभिन्न विद्वान्हरूले विभिन्न ढङ्गले अध्ययन गरेको पाइने भए पनि मनोविश्लेषणात्मक द्वन्द्वसम्बन्धी गहन र विस्तृत अध्ययन भएको देखिँदैन । त्यही नै यस अध्ययनको शोध रिक्तता हो । त्यसको परिपूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत नाटकमा मनोविश्लेषणात्मक द्वन्द्व सफल र प्रभावकारी रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।.

Related Results

‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले...
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्‍टतारहेको कृति हो  । यस लेखमा उक्त नाटकमा निष्‍पादितअङ्गी रसको पहिचानर विश्‍लेषण गरिएको छ।प्रस्तुत लेखको ...
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
प्रस्तुत लेख हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहका कथामा द्वन्द्वको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । वस्तुगत संसारमा रहेको आपसी अन्तर्विरोधको यथार्थ अवस्थालाई साहित्यम...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
योग र ध्यानको मानसिक स्वास्थ्यमा प्रभाव: नेपाली परिप्रेक्ष्य
योग र ध्यानको मानसिक स्वास्थ्यमा प्रभाव: नेपाली परिप्रेक्ष्य
विश्वभर मानसिक तनाव, चिन्ता, र डिप्रेशनजस्ता समस्या बढ्दो अवस्थामा रहेका बेला योग र ध्यानले तनाव नियन्त्रण, मस्तिष्कको कार्यसम्पादन सुधार, र भावनात्मक सन्तुलन कायम गर्न महत्त्वपूर्...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...

Back to Top