Javascript must be enabled to continue!
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
View through CrossRef
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले पात्रको मानसिक सन्तुलनमा प्रभाव पार्दछ । यसै सन्दर्भमा नेपाली उपन्यासका पात्रहरूको सामाजिक वर्ग र तिनको मानसिक समस्याबिच केकस्तो अन्तःसम्बन्ध रहेको छ भन्ने मूल समस्यामा केन्द्रित भएर यो अध्ययन गरिएको छ । यसको समाधानका लागि गरिबीका विरुद्ध प्रेम, आशब्का र पश्चात्तापले व्यक्तिको मानसिकतामा पारेको असर, सम्पन्नताविरुद्ध दमन, असमानता र विभेदले व्यक्तिको मानसिक सन्तुलनमा पारेको प्रभाव र बौद्धिकताका विरुद्ध विकृत राजनीतिक परिवेशले आममानिसको मानसिक स्वास्थ्यमा पारेको असर उपशीर्षकहरूमा नेपाली उपन्यासका पात्रहरूको अध्ययन गरिएको छ । यसका लागि सिग्मन्ड फ्रायडको मनोविश्लेषण सिद्धान्तका आधारमा विक्षिप्त पात्रहरूको खोजी गरी तिनको सामाजिक, आर्थिक अवस्थाको विश्लेषण गरिएको छ । यसरी गरिएको अध्ययनबाट गरिबी, अभाव र विपन्नताकै कारणले मात्र मान्छेको मानसिक सन्तुलन नबिग्रने, यसमा आशब्का र पश्चात्तापजन्य मनोभावको विकृतिले विक्षिप्तताको अवस्थासम्म पर्याउँछ भन्ने कुरा नेपाली उपन्यासमा व्यक्त गरिएको छ । यसका साथै निम्न वर्ग र निरक्षर व्यक्तिमाभन्दा उच्च वर्ग र साक्षर व्यक्तिमा मानसिक समस्या धेरै देखिएको स्थिति पनि नेपाली उपन्यासको अध्ययनबाट प्रस्ट भएको छ । विकृति, विभेद र दमनविरुद्धको चेतना विकसित भए पनि उनीहरूले त्यसविरुद्ध प्रतिरोध गर्ने उपयुक्त मार्ग पहिल्याउन नसक्दा नेपाली उपन्यासका पात्रका मानसिक सन्तुलनमा समस्या देखिएको निष्कर्ष यस अध्ययनले स्थापित गरेको छ ।
Title: नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
Description:
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले पात्रको मानसिक सन्तुलनमा प्रभाव पार्दछ । यसै सन्दर्भमा नेपाली उपन्यासका पात्रहरूको सामाजिक वर्ग र तिनको मानसिक समस्याबिच केकस्तो अन्तःसम्बन्ध रहेको छ भन्ने मूल समस्यामा केन्द्रित भएर यो अध्ययन गरिएको छ । यसको समाधानका लागि गरिबीका विरुद्ध प्रेम, आशब्का र पश्चात्तापले व्यक्तिको मानसिकतामा पारेको असर, सम्पन्नताविरुद्ध दमन, असमानता र विभेदले व्यक्तिको मानसिक सन्तुलनमा पारेको प्रभाव र बौद्धिकताका विरुद्ध विकृत राजनीतिक परिवेशले आममानिसको मानसिक स्वास्थ्यमा पारेको असर उपशीर्षकहरूमा नेपाली उपन्यासका पात्रहरूको अध्ययन गरिएको छ । यसका लागि सिग्मन्ड फ्रायडको मनोविश्लेषण सिद्धान्तका आधारमा विक्षिप्त पात्रहरूको खोजी गरी तिनको सामाजिक, आर्थिक अवस्थाको विश्लेषण गरिएको छ । यसरी गरिएको अध्ययनबाट गरिबी, अभाव र विपन्नताकै कारणले मात्र मान्छेको मानसिक सन्तुलन नबिग्रने, यसमा आशब्का र पश्चात्तापजन्य मनोभावको विकृतिले विक्षिप्तताको अवस्थासम्म पर्याउँछ भन्ने कुरा नेपाली उपन्यासमा व्यक्त गरिएको छ । यसका साथै निम्न वर्ग र निरक्षर व्यक्तिमाभन्दा उच्च वर्ग र साक्षर व्यक्तिमा मानसिक समस्या धेरै देखिएको स्थिति पनि नेपाली उपन्यासको अध्ययनबाट प्रस्ट भएको छ । विकृति, विभेद र दमनविरुद्धको चेतना विकसित भए पनि उनीहरूले त्यसविरुद्ध प्रतिरोध गर्ने उपयुक्त मार्ग पहिल्याउन नसक्दा नेपाली उपन्यासका पात्रका मानसिक सन्तुलनमा समस्या देखिएको निष्कर्ष यस अध्ययनले स्थापित गरेको छ ।.
Related Results
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...

