Javascript must be enabled to continue!
योद्धा उपन्यासमा वर्गपक्षधरता
View through CrossRef
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी वर्गीय पक्षधरता अध्ययन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालदेखि सुरुवात गरेको जनयुद्धकालीन परिवेश र घटनाहरूलाई विषयवस्तु बनाइएको यस उपन्यासमा निम्नवर्गीय समस्या, उत्पीडन तथा तिनै वर्गको सक्रियतामा सुरुवात गरिएको वर्गीय सङ्घर्षका उद्देश्यहरूलाई महइभ्व दिई सोही वर्गको हक, हितका पक्षमा वकालत गरिएको छ । त्यसैले यस लेखमा योद्धा उपन्यासमा वर्गपक्षधरता कसरी अभिव्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यमा अध्ययनलाई केन्द्रित गरिएको छ । उपन्यासमा जनयुद्धमा कमान्डर बनेका प्रमुख पात्रहरूका बाल्यकालीन जीवनशैली, पहाडी भूभागका समस्या तथा सेना, पुलिसको जागिर छोडेर जनयुद्धमा समर्पित भई बलिदानीका साथ लडेका साहसिक क्रियाकलापलाई मुख्य विषयवस्तु बनाइएको छ । गाउँका सामन्त, शोषकहरूले राज्यसंयन्त्रसँगै शक्ति, सत्ताको पक्षमा लागेर निहत्था जनतालाई दुःख दिएका तथा चरम यातना दिएर मारेका घटनाहरू उपन्यासमा चित्रण गरिएको छ । उपन्यासमा जनयुद्धमा सहभागी सबै पात्रहरूमा वर्गीय पक्षधरता देखिन्छ । तत्कालीन निरङ्कुश राजतन्त्रात्मक संसदीय प्रणाली विरोधी आन्दोलनका रूपमा सुरुवात गरिएको जनविद्रोह नै वर्गयुद्ध रहेको देखिन्छ । यसलाई दमन गर्न अन्य राजनीतिक दलसमेत लागेको देखिन्छ । उपन्यासमा तत्कालीन माओवादी पार्टीले सुरुवात गरेको जनयुद्धलाई पृष्ठभूमि बनाएर पात्रहरूले गरेका विद्रोहपूर्ण सङ्घर्षमा वर्गपक्षधरतालाई सचेत रूपमा चित्रण गरिएको छ । जनयुद्ध समाजमा रहेका जातीय, वर्गीय, लैङ्गिक विभेद तथा सबै प्रकारका उत्पीडनबाट मुक्तिका चाहनामा लक्षित रहेको सन्देश उपन्यासले दिएको छ । समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक शोषण, दमन र अन्यायका विरुद्धमा चलाएका अभियानहरूमा उपन्यासलाई केन्द्रित गरिएको छ । यसर्थ यस लेखमा ‘योद्धा’ उपन्यासमा उत्पीडित वर्गीय, श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: योद्धा उपन्यासमा वर्गपक्षधरता
Description:
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी वर्गीय पक्षधरता अध्ययन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालदेखि सुरुवात गरेको जनयुद्धकालीन परिवेश र घटनाहरूलाई विषयवस्तु बनाइएको यस उपन्यासमा निम्नवर्गीय समस्या, उत्पीडन तथा तिनै वर्गको सक्रियतामा सुरुवात गरिएको वर्गीय सङ्घर्षका उद्देश्यहरूलाई महइभ्व दिई सोही वर्गको हक, हितका पक्षमा वकालत गरिएको छ । त्यसैले यस लेखमा योद्धा उपन्यासमा वर्गपक्षधरता कसरी अभिव्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यमा अध्ययनलाई केन्द्रित गरिएको छ । उपन्यासमा जनयुद्धमा कमान्डर बनेका प्रमुख पात्रहरूका बाल्यकालीन जीवनशैली, पहाडी भूभागका समस्या तथा सेना, पुलिसको जागिर छोडेर जनयुद्धमा समर्पित भई बलिदानीका साथ लडेका साहसिक क्रियाकलापलाई मुख्य विषयवस्तु बनाइएको छ । गाउँका सामन्त, शोषकहरूले राज्यसंयन्त्रसँगै शक्ति, सत्ताको पक्षमा लागेर निहत्था जनतालाई दुःख दिएका तथा चरम यातना दिएर मारेका घटनाहरू उपन्यासमा चित्रण गरिएको छ । उपन्यासमा जनयुद्धमा सहभागी सबै पात्रहरूमा वर्गीय पक्षधरता देखिन्छ । तत्कालीन निरङ्कुश राजतन्त्रात्मक संसदीय प्रणाली विरोधी आन्दोलनका रूपमा सुरुवात गरिएको जनविद्रोह नै वर्गयुद्ध रहेको देखिन्छ । यसलाई दमन गर्न अन्य राजनीतिक दलसमेत लागेको देखिन्छ । उपन्यासमा तत्कालीन माओवादी पार्टीले सुरुवात गरेको जनयुद्धलाई पृष्ठभूमि बनाएर पात्रहरूले गरेका विद्रोहपूर्ण सङ्घर्षमा वर्गपक्षधरतालाई सचेत रूपमा चित्रण गरिएको छ । जनयुद्ध समाजमा रहेका जातीय, वर्गीय, लैङ्गिक विभेद तथा सबै प्रकारका उत्पीडनबाट मुक्तिका चाहनामा लक्षित रहेको सन्देश उपन्यासले दिएको छ । समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक शोषण, दमन र अन्यायका विरुद्धमा चलाएका अभियानहरूमा उपन्यासलाई केन्द्रित गरिएको छ । यसर्थ यस लेखमा ‘योद्धा’ उपन्यासमा उत्पीडित वर्गीय, श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ (२०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्ले...
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ २०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेष...

