Javascript must be enabled to continue!
माधवी उपन्यासमा संस्कृति
View through CrossRef
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए पनि त्यसमा मौलिक प्रकारका संस्कृति प्रस्तुत परिवर्तन गरिएको छ । उपन्यासमा माधवी र गालव जस्ता यायावरीय पात्रका माध्यमबाट भारतका उत्तरी क्षेत्र र नेपालका केही भूभागका विभिन्न समाजका संस्कृति देखाउन सजिलो भएको छ । संस्कृति भनेको परम्परागत रूपमा समाजमा प्रचलित हुँदै आएका जीवनपद्धति, सामाजिक व्यवहार, आस्था, विश्वास, संस्कार, रीतिरिवाज, अनुष्ठान, जात्रापर्व, कला आदि हुन् । तिनै आधारमा माधवी उपन्यासमा चित्रित संस्कृतिको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यासमा सामाजिक विकास क्रमिक रूपमा नभए पनि समाजविकासका मातृसत्तात्मक युग, दासयुग, सामन्ती युग, पुँजीवादी युग र वर्गविहीन समाजवादी युगसम्मको समाज देखापर्दछन् । चौलामाताको वनायु जनपद मातृसत्तात्मक समाज हो र त्यसअन्तर्गत इभ्यग्राम र शैवालिक जनपद पनि पर्दछन् । मण्डलक जनपदमा खेतीको विकास नभएको तर पशुपालनको आरम्भ भएको देखिन्छ । शैवालिक जनपद निषादसमाज हो । अहिच्छत्र र कोशल जनपदमा दासप्रथा र दासविद्रोह पनि देखापर्दछ । ती दुवै ठाउँमा सामन्तहरूमध्येबाट वर्ष वर्षमा राजा चुन्ने प्रचलन रहेको पाइन्छ । कण्वग्राम र भोजनगरमा अन्न खेती भएको देखिन्छ । काशी महाजनपद हरेक कुराको विकास भएको, राजतन्त्रको उदय हुन लागेको र पुँजीको विकासका लागि ध्यान दिइएको देखिन्छ । त्यहाँ पानी माग्ने विभिन्न लोकसंस्कृति रहेको पाइन्छ । उशीनरको भोजनगर र सम्बाला मुक्त दासहरूद्वारा स्थापित समानतामा आधारित समाज हो । चम्पा विश्वामित्रको नयाँ जनपद हो । नियोगप्रथा त्यहाँको सर्वाधिक उल्लेखनीय कुरा हो । राजगृह पर्वतमा रहेको जनपद हो । कालधर मूसिक आफ्नो गाउँको धामी र प्रोहित हो । उसकी पत्नी प्राध्या चर्चित तान्त्रिक थिई । प्रतिष्ठानपुर गङ्गा र जमुनाको सङ्गममा रहेको स्थान हो । त्यहाँ एकातिर वैदिक अनुष्ठान भएको र अर्कातिर आसुरी तान्त्रिक विधि पनि चलिरहेको देखिन्छ । ययातिको समाजमा दस्तुर तिरेर मात्र माधवीलाई बिहे गर्न पाइने आसुरी पद्धति छ । तर स्वयम्वर पनि त्यहाँ स्वीकार्य छ । अर्कातिर वैदिक यज्ञयागादि पनि चलेको देखिन्छ । सम्बाला मुक्त दासहरूद्वारा स्थापित जनपद हो । ती मुक्त दासहरू पनि वैष्णवीभक्ति र धर्ममा आस्था राख्छन् । यी विभिन्न संस्कृतिमा केन्द्रित भएर अध्ययन गरिएको नदेखिएकाले यो अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धति र विषयवस्तुगत विश्लेषण विधिमा आधारित छ । संस्कृतिका विभिन्न पक्षलाई विश्लेषणको आधार बनाइएको छ । संस्कृतिको सूक्ष्म चित्रणमा प्रस्तुत उपन्यास सफल छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।
Title: माधवी उपन्यासमा संस्कृति
Description:
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए पनि त्यसमा मौलिक प्रकारका संस्कृति प्रस्तुत परिवर्तन गरिएको छ । उपन्यासमा माधवी र गालव जस्ता यायावरीय पात्रका माध्यमबाट भारतका उत्तरी क्षेत्र र नेपालका केही भूभागका विभिन्न समाजका संस्कृति देखाउन सजिलो भएको छ । संस्कृति भनेको परम्परागत रूपमा समाजमा प्रचलित हुँदै आएका जीवनपद्धति, सामाजिक व्यवहार, आस्था, विश्वास, संस्कार, रीतिरिवाज, अनुष्ठान, जात्रापर्व, कला आदि हुन् । तिनै आधारमा माधवी उपन्यासमा चित्रित संस्कृतिको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यासमा सामाजिक विकास क्रमिक रूपमा नभए पनि समाजविकासका मातृसत्तात्मक युग, दासयुग, सामन्ती युग, पुँजीवादी युग र वर्गविहीन समाजवादी युगसम्मको समाज देखापर्दछन् । चौलामाताको वनायु जनपद मातृसत्तात्मक समाज हो र त्यसअन्तर्गत इभ्यग्राम र शैवालिक जनपद पनि पर्दछन् । मण्डलक जनपदमा खेतीको विकास नभएको तर पशुपालनको आरम्भ भएको देखिन्छ । शैवालिक जनपद निषादसमाज हो । अहिच्छत्र र कोशल जनपदमा दासप्रथा र दासविद्रोह पनि देखापर्दछ । ती दुवै ठाउँमा सामन्तहरूमध्येबाट वर्ष वर्षमा राजा चुन्ने प्रचलन रहेको पाइन्छ । कण्वग्राम र भोजनगरमा अन्न खेती भएको देखिन्छ । काशी महाजनपद हरेक कुराको विकास भएको, राजतन्त्रको उदय हुन लागेको र पुँजीको विकासका लागि ध्यान दिइएको देखिन्छ । त्यहाँ पानी माग्ने विभिन्न लोकसंस्कृति रहेको पाइन्छ । उशीनरको भोजनगर र सम्बाला मुक्त दासहरूद्वारा स्थापित समानतामा आधारित समाज हो । चम्पा विश्वामित्रको नयाँ जनपद हो । नियोगप्रथा त्यहाँको सर्वाधिक उल्लेखनीय कुरा हो । राजगृह पर्वतमा रहेको जनपद हो । कालधर मूसिक आफ्नो गाउँको धामी र प्रोहित हो । उसकी पत्नी प्राध्या चर्चित तान्त्रिक थिई । प्रतिष्ठानपुर गङ्गा र जमुनाको सङ्गममा रहेको स्थान हो । त्यहाँ एकातिर वैदिक अनुष्ठान भएको र अर्कातिर आसुरी तान्त्रिक विधि पनि चलिरहेको देखिन्छ । ययातिको समाजमा दस्तुर तिरेर मात्र माधवीलाई बिहे गर्न पाइने आसुरी पद्धति छ । तर स्वयम्वर पनि त्यहाँ स्वीकार्य छ । अर्कातिर वैदिक यज्ञयागादि पनि चलेको देखिन्छ । सम्बाला मुक्त दासहरूद्वारा स्थापित जनपद हो । ती मुक्त दासहरू पनि वैष्णवीभक्ति र धर्ममा आस्था राख्छन् । यी विभिन्न संस्कृतिमा केन्द्रित भएर अध्ययन गरिएको नदेखिएकाले यो अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धति र विषयवस्तुगत विश्लेषण विधिमा आधारित छ । संस्कृतिका विभिन्न पक्षलाई विश्लेषणको आधार बनाइएको छ । संस्कृतिको सूक्ष्म चित्रणमा प्रस्तुत उपन्यास सफल छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।.
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
माधवी उपन्यासकी माधवीको चारित्रिक विशेषता {A Characteristic Feature of Madhavi in the Novel Madhavi}
माधवी उपन्यासकी माधवीको चारित्रिक विशेषता {A Characteristic Feature of Madhavi in the Novel Madhavi}
‘माधवी’ (२०३९) उत्तरवैदिककालीन समाजको ऐतिहासिक पुनर्निर्माण गरी प्रस्तुत गरिएको उपन्यास हो । यस उपन्यासमा पात्रलाई ऐतिहासिक विकासक्रमको संवाहकका रूपमा चित्रित गरिएको छ र उत्तरवैदिक...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...

