Javascript must be enabled to continue!
नेपाली उपन्यासमा कोखदायी आमा
View through CrossRef
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको कोख र राजेन्द्र सुवेदीको धितोकोख उपन्यासमा वर्णित कथ्यमा रहेको अरूबाट धन लिई तिनकै निम्ति सन्तान जन्माइदिनुपरेका नारीको बाध्यात्मक परिस्थितिलाई मूल विषय बनाइएको छ ।कानुनी रूपमा सम्झौता गरी कुनै महिलाले निश्चित धन लिई अर्कै व्यक्तिका निम्ति बच्चा जन्माइदिने र जसका निम्ति बच्चा जन्माइदिएको हो उसलाई जिम्मा दिएपछि दायित्व समाप्त हुने अवस्थामा पुगेकी आमा नै कोखदायी आमा हुन् । नेपाली उपन्यासपरम्परामा देखिएका उपर्युक्त उपन्यासमा रहेको कोखदायी आमाको यही विषयमा केन्द्रित रहेर लेख तयार पार्न प्राथमिक तथा द्वितीयक दुवै प्रकारका सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई ब्रान्डाओ, पिरसान्ती, कान्साल्भो लगायतका विद्वान्हरूको कोखदायी आमासम्बन्धी मान्यता एवम् फुको तथा लुसी इरिगेरीको शरीर राजनीतिसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । सामाजिक रूपमा तिरस्कृत भइन्छ भन्ने लाग्दा लाग्दै बाध्यात्मक परिस्थितिका कारण आप्mनो कोख धितोमा राखी भाडामा कोख लेनदेन गर्न उद्यत नारीको व्यथा र नेपाली उपन्यासमा रहेका पात्रहरूको मनोशारीरिक अवस्थालाई विश्लेषण गरी त्यस्तो कर्मबाट नेपाली नारीले सामाजिक रूपमा प्राप्त गरेको सन्तुष्टि र असन्तुष्टिलाई यस लेखको निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।
Title: नेपाली उपन्यासमा कोखदायी आमा
Description:
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको कोख र राजेन्द्र सुवेदीको धितोकोख उपन्यासमा वर्णित कथ्यमा रहेको अरूबाट धन लिई तिनकै निम्ति सन्तान जन्माइदिनुपरेका नारीको बाध्यात्मक परिस्थितिलाई मूल विषय बनाइएको छ ।कानुनी रूपमा सम्झौता गरी कुनै महिलाले निश्चित धन लिई अर्कै व्यक्तिका निम्ति बच्चा जन्माइदिने र जसका निम्ति बच्चा जन्माइदिएको हो उसलाई जिम्मा दिएपछि दायित्व समाप्त हुने अवस्थामा पुगेकी आमा नै कोखदायी आमा हुन् । नेपाली उपन्यासपरम्परामा देखिएका उपर्युक्त उपन्यासमा रहेको कोखदायी आमाको यही विषयमा केन्द्रित रहेर लेख तयार पार्न प्राथमिक तथा द्वितीयक दुवै प्रकारका सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई ब्रान्डाओ, पिरसान्ती, कान्साल्भो लगायतका विद्वान्हरूको कोखदायी आमासम्बन्धी मान्यता एवम् फुको तथा लुसी इरिगेरीको शरीर राजनीतिसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । सामाजिक रूपमा तिरस्कृत भइन्छ भन्ने लाग्दा लाग्दै बाध्यात्मक परिस्थितिका कारण आप्mनो कोख धितोमा राखी भाडामा कोख लेनदेन गर्न उद्यत नारीको व्यथा र नेपाली उपन्यासमा रहेका पात्रहरूको मनोशारीरिक अवस्थालाई विश्लेषण गरी त्यस्तो कर्मबाट नेपाली नारीले सामाजिक रूपमा प्राप्त गरेको सन्तुष्टि र असन्तुष्टिलाई यस लेखको निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । .
Related Results
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, ...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...

