Javascript must be enabled to continue!
नेपाली उपन्यासमा किराती सौन्दर्य
View through CrossRef
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक किरात सभ्यताको प्रवर्तकका रूपमा रहेको किराती जातिले विकास गरेका सौन्दर्य मूल्य अर्थात् किरात क्षेत्रमा विकास भएको सौन्दर्यको प्रभाव नेपाली साहित्यका सबैजसो विधामा देख्न सकिन्छ । यस अध्ययनमा नेपाली भाषामा लेखिएका उपन्यासहरूमा किराती सौन्दर्यको अवस्थाको अध्ययन गरिएको छ । किराती सौन्दर्यका प्रमुख मानकका रूपमा विशिष्ट भूगोल, सामाज तथा संस्कृति, भाषा, इतिहास र अधिकारप्रतिको सचेततालाई आधार मानेर गरिएको प्रस्तुत अध्ययनका आधारमा हेर्दा किराती जातिका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक अवस्था तथा किराती जातिको अधिकार र पहिचानलाई उपन्यासमा स्थापना गर्ने प्रयत्न भएको पाइन्छ । नेपाली उपन्यासमा किराती जातिका पात्र, परिवेश, पहिचान र सौन्दर्यको प्रयोग भएका उपन्यासहरूमा रूपनारायणसिंहको भ्रमर (१९९३), ताना शर्माको ओझेल पर्दा (२०२२), विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा (२०२५), खगेन्द्र प्रधानाङ्गको हारी (२०५०), विष्णु आभूषणको अनायास (२०५१), शिवकुमार राईको क्षितिज पारिमा (२०५१), धनप्रसाद सुवेदी ‘श्रमिक’ को सानो स्वार्थ भयङ्कर अपराध (२०५२), परिवर्तित संस्करण, २०७८), मोहन विरहीको गाउँले नानी (२०५९), शालिक शातासकको प्यारुला (२०५९), रत्न सुन्चेउरीको सीमा (२०६०), रामकृष्ण बान्तवाको सघन तुवाँलो (२०६४), देश सुब्बाको आदिवासी (२०६४), राजन मुकारुङद्वारा लेखिएका हेत्छाकुप्पा (२०६५) र दमिनी भीर (२०६९), गणेश रसिकद्वारा लिखित आकाशगंगाको ओतमुनि (परिवर्तित संस्करण, २०७६) आदि रहेका छन् । किराती सौन्दर्यको सघन उपस्थिति भने राजन मुकारुङका उपन्यासमा पाइन्छ ।
Title: नेपाली उपन्यासमा किराती सौन्दर्य
Description:
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक किरात सभ्यताको प्रवर्तकका रूपमा रहेको किराती जातिले विकास गरेका सौन्दर्य मूल्य अर्थात् किरात क्षेत्रमा विकास भएको सौन्दर्यको प्रभाव नेपाली साहित्यका सबैजसो विधामा देख्न सकिन्छ । यस अध्ययनमा नेपाली भाषामा लेखिएका उपन्यासहरूमा किराती सौन्दर्यको अवस्थाको अध्ययन गरिएको छ । किराती सौन्दर्यका प्रमुख मानकका रूपमा विशिष्ट भूगोल, सामाज तथा संस्कृति, भाषा, इतिहास र अधिकारप्रतिको सचेततालाई आधार मानेर गरिएको प्रस्तुत अध्ययनका आधारमा हेर्दा किराती जातिका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक अवस्था तथा किराती जातिको अधिकार र पहिचानलाई उपन्यासमा स्थापना गर्ने प्रयत्न भएको पाइन्छ । नेपाली उपन्यासमा किराती जातिका पात्र, परिवेश, पहिचान र सौन्दर्यको प्रयोग भएका उपन्यासहरूमा रूपनारायणसिंहको भ्रमर (१९९३), ताना शर्माको ओझेल पर्दा (२०२२), विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा (२०२५), खगेन्द्र प्रधानाङ्गको हारी (२०५०), विष्णु आभूषणको अनायास (२०५१), शिवकुमार राईको क्षितिज पारिमा (२०५१), धनप्रसाद सुवेदी ‘श्रमिक’ को सानो स्वार्थ भयङ्कर अपराध (२०५२), परिवर्तित संस्करण, २०७८), मोहन विरहीको गाउँले नानी (२०५९), शालिक शातासकको प्यारुला (२०५९), रत्न सुन्चेउरीको सीमा (२०६०), रामकृष्ण बान्तवाको सघन तुवाँलो (२०६४), देश सुब्बाको आदिवासी (२०६४), राजन मुकारुङद्वारा लेखिएका हेत्छाकुप्पा (२०६५) र दमिनी भीर (२०६९), गणेश रसिकद्वारा लिखित आकाशगंगाको ओतमुनि (परिवर्तित संस्करण, २०७६) आदि रहेका छन् । किराती सौन्दर्यको सघन उपस्थिति भने राजन मुकारुङका उपन्यासमा पाइन्छ ।.
Related Results
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि ...
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...

