Javascript must be enabled to continue!
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
View through CrossRef
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको स्वरूप केकस्तो रहेको छ र किराती कविहरूले पर्यावरणीय चेतनालाई समसामयिक कवितामा कसरी प्रतिविम्बन गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठ विश्लेषणको मुख्य विधिको रूपमा अँगालिएको छ । यसै गरी किराती कविताहरूको विश्लेषणका क्रममा मूलतः आदिवासी किरातीहरूको प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय आवाज र चेतनालाई प्रखर रूपमा अभिव्यक्त गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । समसामयिक किराती कवितामा प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परिरहेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय मूल्यमाथि विमर्श गर्दै पर्यावरणीय आवाज र चेतनालाई अभिव्यक्त गर्नुमा आदिवासी किराती कविहरूको प्रमुख ध्येय देखिएकाले उनीहरूले पर्यावरणीय आवाज र चिन्तनलाई महत्वकासाथ प्रभावशाली र रागात्मक शैलीका माध्यमबाट प्रतिविम्बन गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।
Title: समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
Description:
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको स्वरूप केकस्तो रहेको छ र किराती कविहरूले पर्यावरणीय चेतनालाई समसामयिक कवितामा कसरी प्रतिविम्बन गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठ विश्लेषणको मुख्य विधिको रूपमा अँगालिएको छ । यसै गरी किराती कविताहरूको विश्लेषणका क्रममा मूलतः आदिवासी किरातीहरूको प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय आवाज र चेतनालाई प्रखर रूपमा अभिव्यक्त गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । समसामयिक किराती कवितामा प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परिरहेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय मूल्यमाथि विमर्श गर्दै पर्यावरणीय आवाज र चेतनालाई अभिव्यक्त गर्नुमा आदिवासी किराती कविहरूको प्रमुख ध्येय देखिएकाले उनीहरूले पर्यावरणीय आवाज र चिन्तनलाई महत्वकासाथ प्रभावशाली र रागात्मक शैलीका माध्यमबाट प्रतिविम्बन गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।.
Related Results
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावर...
हंस उपन्यासमा पर्यावरणीय चेतना
हंस उपन्यासमा पर्यावरणीय चेतना
प्रस्तुत हंस उपन्यासमा पर्यावरणीय चेतना शीर्षकको यस आलेखमा पर्यावरणीय समालोचनाका कोणबाट हंस उपन्यासको विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना समकालीन समालोचना हो र पर्यावरणीय समालो...
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि ...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...

