Javascript must be enabled to continue!
हंस उपन्यासमा पर्यावरणीय चेतना
View through CrossRef
प्रस्तुत हंस उपन्यासमा पर्यावरणीय चेतना शीर्षकको यस आलेखमा पर्यावरणीय समालोचनाका कोणबाट हंस उपन्यासको विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना समकालीन समालोचना हो र पर्यावरणीय समालोचनाका दृष्टिले हंस उपन्यास प्रभावशाली कृति देखिएकाले यस्तो शीर्षक चयन गरिएको हो । विवेच्य उपन्यासमा प्राकृतिक वातावरण विनाश भएकामा चिन्ता प्रकट गरिएको छ भन्ने कुरा पूर्वकार्यबाट जानकारी भए पनि मानव मान्छेले कुन क्षेत्रमा बढी विनाश गरेको छ, मान्छे र पशुपक्षीका स्वभावमा के कस्ता भिन्नता छन् अनि उपन्यासकारले मानवकेन्द्रित विश्वदृष्टि विस्थापित गर्न के कस्ता विचारहरू व्यक्त गरेका छन् भन्ने विषयमा अध्ययनको रिक्तता रहेकाले यस अध्ययनको सान्दर्भिकता देखिएको छ । तसर्थ पर्यावरणीय समालोचनाका प्रतिमानहरू पितृसत्तात्मक संरचनाप्रति विमति, मानवकेन्द्रित विश्वप्रति विमति, मान्छेको लालची स्वभाव, प्रकृतिको संरक्षणमा जोड, पुँजीवादी तथा भौतिकवादी चिन्तनप्रति विमति र आध्यात्मिक चिन्तनप्रति लगावलाई आधार बनाई यस उपन्यासको विश्लेषण गरिएको छ । यसमा पर्यावरणीय समालोचनासँग सम्बन्धित सैद्धान्तिक र प्रायोगिक सामग्री सङ्कलन पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उपन्यासको विश्लेषण पर्यावरणीय समालोचनाका आधारमा गरिएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई तथ्यबाट पनि पुष्टि गरिएकाले आगमनात्मक विधिको आंशिक रूपमा उपयोग गरी यो लेख तयार पारिएको छ । हंस उपन्यासमा स्वैरकल्पनाका माध्यमबाट व्यक्त गरिएका काल्पनिक र अमूर्त सन्देशको व्याख्या र विश्लेषण गरी चराहरूको भन्दा मान्छेको जीवन जटिल र तनावमय देखाएर मान्छे श्रेष्ठ प्राणी हो भन्ने महाख्यानलाई उपन्यासले विनिर्माण गर्नुका साथै पर्यावरण बिग्रिनुमा पुँजीवादी सोच र पितृसत्तात्मक चिन्तन दोषी छ भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।
Title: हंस उपन्यासमा पर्यावरणीय चेतना
Description:

.
Related Results
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावर...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन

प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
हंस उपन्यासमा पर्यावरण चेतना
हंस उपन्यासमा पर्यावरण चेतना
प्रस्तुत लेख उपन्यासकार जीव उप्रेतीको हंस उपन्यासमा गहन पर्यावरण चेतना अध्ययनमा केन्द्रित छ । गहन पर्यावरणसम्बन्धी दृष्टिकोणमा पृथ्वीको सतहमा रहेका हरेक जैविक तथा अजैविक प्रणालीका ...
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना

प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}

प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन

वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}

प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...