Javascript must be enabled to continue!
हंस उपन्यासमा पर्यावरण चेतना
View through CrossRef
प्रस्तुत लेख उपन्यासकार जीव उप्रेतीको हंस उपन्यासमा गहन पर्यावरण चेतना अध्ययनमा केन्द्रित छ । गहन पर्यावरणसम्बन्धी दृष्टिकोणमा पृथ्वीको सतहमा रहेका हरेक जैविक तथा अजैविक प्रणालीका बीच पारस्परिक निर्भरता खोजिन्छ । मानवीय क्रियाकलाप अन्त्यहीन शक्तिमा आधारित छ र उसले जस्तासुकै गतिविधि पनि आफ्नो बल एवं चातुर्यमा गर्न सक्छ एकक्षीय सोचको प्रतिवाद यसमा गरिन्छ । मानव जैविक तथा अजैविक चक्रीय प्रणालीमा बद्ध अस्तित्वमात्र हो । त्यसैले ऊ पर्याचक्रको अधीनमा रहेको जैविक अस्तित्वबाहेक केही होइन भन्ने कोणबाट यस उपन्यासमा गहन पर्यावराण चेतना अध्ययन गरिएको छ । यस लेखको शोध क्षेत्र र समस्या सोद्देश्य रुपले चयन गरिएको हो । पुस्तकालयबाट प्राप्त सामग्रीलाई यस लेखमा प्रयोग गरिएको छ । शोध क्षेत्रमा प्राप्त समस्याको पहिचान पूर्वकार्यमा भएका अध्ययन र तिनमा रहेका रिक्तताबाट गरिएको हो । हंस मानव र मानवेतर जैविक तथा अजैविक अस्तित्वको पारस्परिकतामा आधारित उपन्यास हो । मानवले आफ्नो अनुभव र विश्वासअनुसार समाज निर्माण गर्छ । समाजमा भाषाको माध्यमद्वारा खास साझा बुझाइ वा सङ्कथन तयार गर्छ । यस क्रममा वरिपरिको पर्याचक्रमाथि मेरो अनियन्त्रित र सहजात अधिकार छ भन्ने एकपक्षीय सोच विकास गर्छ । पर्याचक्रमा मानवेतर जैविक तथा अजैविक अस्तित्व पनि छन् । ती अस्तित्वको अनुपस्थितिमा मानवले जैविक आकार र खाद्यस्रोतसमेत प्राप्त गर्न सक्तैन तर यस कोणबाट मानवले सोच्न सकेको छैन । यसका विपरीत मानवेतर जैविक अस्तित्वले मानवको आलोचनात्मक मूल्याङ्कन गरेका हुन्छन् । मानवका अतिक्रमित व्यवहार र त्यसले पारेका समस्यामा आफूलाई खोजेका हुन्छन् । यस्तो मानवेतर भाषाभन्दा फरक प्रकारले गरिएको बोधको पृथक् संसार झन संवेदनशील छ । यसलाई सम्मान गरेर नै मानवको जैविक प्रणाली निरन्तर हुन सम्भव छ भन्ने निष्कर्ष यस लेखबाट प्राप्त हुन्छ । लेखमा विश्लेषणका क्रममा गहन पर्यावरण चेतनासम्बन्धी मान्यता आरम्भमा प्रस्तुत गरी त्यसका सूचकका आधारमा उपन्यासका सन्दर्भ अंशसँग विश्लेषणात्मक सम्बन्ध प्रस्तुत गरी विमर्श गरिएको छ । यसरी विमर्श गर्दा मानवीय पर्यावरण, मानवेतर पर्यावरण र दुवै पक्षमा विकसित भएको आदर्श सत्ता (अदृश्य शक्ति) को कथानक स्थिति विश्लेषण गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: हंस उपन्यासमा पर्यावरण चेतना
Description:
प्रस्तुत लेख उपन्यासकार जीव उप्रेतीको हंस उपन्यासमा गहन पर्यावरण चेतना अध्ययनमा केन्द्रित छ । गहन पर्यावरणसम्बन्धी दृष्टिकोणमा पृथ्वीको सतहमा रहेका हरेक जैविक तथा अजैविक प्रणालीका बीच पारस्परिक निर्भरता खोजिन्छ । मानवीय क्रियाकलाप अन्त्यहीन शक्तिमा आधारित छ र उसले जस्तासुकै गतिविधि पनि आफ्नो बल एवं चातुर्यमा गर्न सक्छ एकक्षीय सोचको प्रतिवाद यसमा गरिन्छ । मानव जैविक तथा अजैविक चक्रीय प्रणालीमा बद्ध अस्तित्वमात्र हो । त्यसैले ऊ पर्याचक्रको अधीनमा रहेको जैविक अस्तित्वबाहेक केही होइन भन्ने कोणबाट यस उपन्यासमा गहन पर्यावराण चेतना अध्ययन गरिएको छ । यस लेखको शोध क्षेत्र र समस्या सोद्देश्य रुपले चयन गरिएको हो । पुस्तकालयबाट प्राप्त सामग्रीलाई यस लेखमा प्रयोग गरिएको छ । शोध क्षेत्रमा प्राप्त समस्याको पहिचान पूर्वकार्यमा भएका अध्ययन र तिनमा रहेका रिक्तताबाट गरिएको हो । हंस मानव र मानवेतर जैविक तथा अजैविक अस्तित्वको पारस्परिकतामा आधारित उपन्यास हो । मानवले आफ्नो अनुभव र विश्वासअनुसार समाज निर्माण गर्छ । समाजमा भाषाको माध्यमद्वारा खास साझा बुझाइ वा सङ्कथन तयार गर्छ । यस क्रममा वरिपरिको पर्याचक्रमाथि मेरो अनियन्त्रित र सहजात अधिकार छ भन्ने एकपक्षीय सोच विकास गर्छ । पर्याचक्रमा मानवेतर जैविक तथा अजैविक अस्तित्व पनि छन् । ती अस्तित्वको अनुपस्थितिमा मानवले जैविक आकार र खाद्यस्रोतसमेत प्राप्त गर्न सक्तैन तर यस कोणबाट मानवले सोच्न सकेको छैन । यसका विपरीत मानवेतर जैविक अस्तित्वले मानवको आलोचनात्मक मूल्याङ्कन गरेका हुन्छन् । मानवका अतिक्रमित व्यवहार र त्यसले पारेका समस्यामा आफूलाई खोजेका हुन्छन् । यस्तो मानवेतर भाषाभन्दा फरक प्रकारले गरिएको बोधको पृथक् संसार झन संवेदनशील छ । यसलाई सम्मान गरेर नै मानवको जैविक प्रणाली निरन्तर हुन सम्भव छ भन्ने निष्कर्ष यस लेखबाट प्राप्त हुन्छ । लेखमा विश्लेषणका क्रममा गहन पर्यावरण चेतनासम्बन्धी मान्यता आरम्भमा प्रस्तुत गरी त्यसका सूचकका आधारमा उपन्यासका सन्दर्भ अंशसँग विश्लेषणात्मक सम्बन्ध प्रस्तुत गरी विमर्श गरिएको छ । यसरी विमर्श गर्दा मानवीय पर्यावरण, मानवेतर पर्यावरण र दुवै पक्षमा विकसित भएको आदर्श सत्ता (अदृश्य शक्ति) को कथानक स्थिति विश्लेषण गरिएको छ ।.
Related Results
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
ENVIRONMENTAL PSYCHOLOGY
ENVIRONMENTAL PSYCHOLOGY
There is a multidisciplinary field focused on the study of the interrelations of human and its environment. Here, the broad definition of the word 'Environment' (item antecedent) i...
पर्यावरणीय संवेदन आणि मराठी साहित्य
पर्यावरणीय संवेदन आणि मराठी साहित्य
मानवी जीवनासंदर्भात ‘परिसर‘ ही अत्यंत अर्थपूर्ण आणि अपरिहार्य अशी संकल्पना आहे. अपरिहार्य या अर्थाने की मानवाच्या एकंदरच जगण्यावर ती अत्यंत प्रभाव टाकत असते .मानवाची जी सर्वंकष जडण...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...

