Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन

View through CrossRef
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् । यस उपन्यासमा पुरूषप्रधान समाजमा महिलाहरूले भोग्न परेका समस्या र त्यसबाट उत्पन्न असहज सामाजिक परिस्थितिको यथार्थ चित्रण गरिएको छ । साहित्यको विश्लेषण गर्ने विभिन्न सिद्धान्तहरू मध्ये पर्यावरणीय समालोचना पनि एक हो । यसलाई प्रकृतिकेन्द्री समालोचना तथा अन्तर्विषयक समालोचना पद्धति पनि भनिन्छ । उत्तरआधुनिक युगमा विकसित यस समालोचना प्रणालीले पारिस्थितिक पद्धतिमा जोड दिन्छ । तरूनी खेती उपन्यासमा नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने पुरूषवादी चिन्तनको बिरोध गरिएको छ । पर्यावरणीय दृष्टिकोणले मूल्याङ्कन गर्दा यस उपन्यासमा सामाजिक सांस्कृतिक परम्पराजन्य परिस्थितिको बिम्बात्मक चिक्र अङ्कन गरिएको छ । त्यसत्रममा लैङ्गिक विभेद र पारिस्थितिक नारीवादलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा सामाजिक सांस्कृतिक पर्यावरणलाई पनि उच्च महत्व प्रदान गरिएको छ । मानवीय सम्बन्ध र पर्यावरणीय सचेतनाका दृष्टिले समेत उपन्यास उत्कृष्ट रहेको छ ।  अतः यो उपन्यास पर्यावरणीय चिन्तनको आलोकमा उपयुक्त खालको छ ।
Title: तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
Description:
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् । यस उपन्यासमा पुरूषप्रधान समाजमा महिलाहरूले भोग्न परेका समस्या र त्यसबाट उत्पन्न असहज सामाजिक परिस्थितिको यथार्थ चित्रण गरिएको छ । साहित्यको विश्लेषण गर्ने विभिन्न सिद्धान्तहरू मध्ये पर्यावरणीय समालोचना पनि एक हो । यसलाई प्रकृतिकेन्द्री समालोचना तथा अन्तर्विषयक समालोचना पद्धति पनि भनिन्छ । उत्तरआधुनिक युगमा विकसित यस समालोचना प्रणालीले पारिस्थितिक पद्धतिमा जोड दिन्छ । तरूनी खेती उपन्यासमा नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने पुरूषवादी चिन्तनको बिरोध गरिएको छ । पर्यावरणीय दृष्टिकोणले मूल्याङ्कन गर्दा यस उपन्यासमा सामाजिक सांस्कृतिक परम्पराजन्य परिस्थितिको बिम्बात्मक चिक्र अङ्कन गरिएको छ । त्यसत्रममा लैङ्गिक विभेद र पारिस्थितिक नारीवादलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा सामाजिक सांस्कृतिक पर्यावरणलाई पनि उच्च महत्व प्रदान गरिएको छ । मानवीय सम्बन्ध र पर्यावरणीय सचेतनाका दृष्टिले समेत उपन्यास उत्कृष्ट रहेको छ ।  अतः यो उपन्यास पर्यावरणीय चिन्तनको आलोकमा उपयुक्त खालको छ ।.

Related Results

हंस उपन्यासमा पर्यावरणीय चेतना
हंस उपन्यासमा पर्यावरणीय चेतना
प्रस्तुत हंस उपन्यासमा पर्यावरणीय चेतना शीर्षकको यस आलेखमा पर्यावरणीय समालोचनाका कोणबाट हंस उपन्यासको विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना समकालीन समालोचना हो र पर्यावरणीय समालो...
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण  गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावर...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

Back to Top