Javascript must be enabled to continue!
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
View through CrossRef
निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष्टिले उत्कृष्ट निबन्ध हो । मानवीय जीवनका निस्सारता, असङ्गत-विसङ्गत अवस्थाको यथार्थ चित्रण गर्नु प्रस्तुत निबन्धको अभीष्ट देखिन्छ । प्रस्तुत प्राज्ञिक लेख एब्स्ट्र्याक्ट चिन्तनः प्याज निबन्धमा प्रयुक्त विसङ्गतिवादी प्रवृत्तिको स्थिति निरूपणको अध्ययनमा आधारित छ । यस निबन्धमा एउटा प्याज ठोस र मूर्त देखिए पनि ताछ्दै जाँदा अन्त्यमा शून्यतामा आभासित भए झैँ मानवीय जीवनको यथार्थ रूप र सार पनि प्याजजस्तै शून्यमा विलीन हुने शून्यतावादी दृष्टिकोणलाई अमूर्तता, चेतनप्रवाह, प्रयोगधर्मिता, निजात्मकता आदि शैलीको कलात्मक प्रयोगबाट प्रस्तुत गरिएको पाइन्छ । मानवीय जीवनका विसङ्गत एवं निस्सार अवस्थाको विस्तार विकीर्ण रूपमा निबन्धभरि नै पाइन्छ । विसङ्गतिवादको अस्तित्ववादसँग घनिष्ठ सम्बन्ध रहेकाले यसमा निबन्धकारका भविष्यप्रतिको आशावादी दृष्टिकोण पनि अभिव्यक्त भएको छ । यसरी यसमा प्रयुक्त विसङ्गतिवाद र अस्तित्ववादका सूचक अभिव्यक्तिहरूबाट दुवै वादको संयोजन भएको पनि देखिन्छ । निबन्धकारले मूल अभीष्ट सिद्धिका लागि निस्सारता, शून्यता, असङ्गतिबोध आदि प्रवृत्तिको आधानबाट विसङ्गतिवादको अभिव्यञ्जना गरेका छन् । निबन्धमा प्रयुक्त विषयवस्तु, परिवेश आदि तत्त्वले विसङ्गतिवादका आधारभूत मान्यताहरूको निर्माणमा पोषकको काम गरेका छन् । प्रसङ्गानुसार विसङ्गतिवादका विभिन्न प्रवृत्ति प्रयुक्त हुँदै निबन्धलाई लामिछानेको निबन्धकारिताकै प्रतिनिधित्व गर्ने प्रमुख एवं सर्वोत्कृष्ट विसङ्गतिवादी कृति बनाउन सहयोगी बनेको देखिन्छ । निबन्धमा उल्लिखित उदाहरणहरूद्वारा विसङ्गतिवादी मूलभूत प्रवृत्तिको पुष्टि गरी निष्कर्ष निकालिएको छ ।
Title: विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
Description:
निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष्टिले उत्कृष्ट निबन्ध हो । मानवीय जीवनका निस्सारता, असङ्गत-विसङ्गत अवस्थाको यथार्थ चित्रण गर्नु प्रस्तुत निबन्धको अभीष्ट देखिन्छ । प्रस्तुत प्राज्ञिक लेख एब्स्ट्र्याक्ट चिन्तनः प्याज निबन्धमा प्रयुक्त विसङ्गतिवादी प्रवृत्तिको स्थिति निरूपणको अध्ययनमा आधारित छ । यस निबन्धमा एउटा प्याज ठोस र मूर्त देखिए पनि ताछ्दै जाँदा अन्त्यमा शून्यतामा आभासित भए झैँ मानवीय जीवनको यथार्थ रूप र सार पनि प्याजजस्तै शून्यमा विलीन हुने शून्यतावादी दृष्टिकोणलाई अमूर्तता, चेतनप्रवाह, प्रयोगधर्मिता, निजात्मकता आदि शैलीको कलात्मक प्रयोगबाट प्रस्तुत गरिएको पाइन्छ । मानवीय जीवनका विसङ्गत एवं निस्सार अवस्थाको विस्तार विकीर्ण रूपमा निबन्धभरि नै पाइन्छ । विसङ्गतिवादको अस्तित्ववादसँग घनिष्ठ सम्बन्ध रहेकाले यसमा निबन्धकारका भविष्यप्रतिको आशावादी दृष्टिकोण पनि अभिव्यक्त भएको छ । यसरी यसमा प्रयुक्त विसङ्गतिवाद र अस्तित्ववादका सूचक अभिव्यक्तिहरूबाट दुवै वादको संयोजन भएको पनि देखिन्छ । निबन्धकारले मूल अभीष्ट सिद्धिका लागि निस्सारता, शून्यता, असङ्गतिबोध आदि प्रवृत्तिको आधानबाट विसङ्गतिवादको अभिव्यञ्जना गरेका छन् । निबन्धमा प्रयुक्त विषयवस्तु, परिवेश आदि तत्त्वले विसङ्गतिवादका आधारभूत मान्यताहरूको निर्माणमा पोषकको काम गरेका छन् । प्रसङ्गानुसार विसङ्गतिवादका विभिन्न प्रवृत्ति प्रयुक्त हुँदै निबन्धलाई लामिछानेको निबन्धकारिताकै प्रतिनिधित्व गर्ने प्रमुख एवं सर्वोत्कृष्ट विसङ्गतिवादी कृति बनाउन सहयोगी बनेको देखिन्छ । निबन्धमा उल्लिखित उदाहरणहरूद्वारा विसङ्गतिवादी मूलभूत प्रवृत्तिको पुष्टि गरी निष्कर्ष निकालिएको छ ।.
Related Results
पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
समकालीन विमर्श के विभिन्न आयाम
समकालीन विमर्श के विभिन्न आयाम
यह सदी विमर्शों की सदी है । यानि समाज की किसी भी समस्या पर चर्चा–परिचर्चा, संवाद, तर्क–वितर्क आदि । दूसरे शब्दों में कहा जाये तो जब व्यक्ति किसी समूह में किसी विषय पर चिन्तन अथचा च...
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्...
सिम्मा नाटकमा वर्गीय चिन्तन
सिम्मा नाटकमा वर्गीय चिन्तन
सिम्मा रायनका रचनाहरू मध्ये एक गीतिनाटक हो । यसमा नेपालको पञ्चायतकालीन समय र समाजको वर्गीय अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । नेपाली समाजमा पञ्चायतकालीन समयमा गाउँका साहु...
चुली उपन्यासमा अस्तित्ववाद
चुली उपन्यासमा अस्तित्ववाद
अस्तित्ववाद मानव अस्तित्व, स्वतन्त्रता, जिम्मेवारी, एक्लोपन र जीवनको अर्थ खोजीमा केन्द्रित आधुनिक दार्शनिक चिन्तन हो। सरस्वतीद्वारा रचित चुली उपन्यास नेपाली साहित्यमा अस्तित्ववादी ...
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरू...

