Javascript must be enabled to continue!
निना कथामा अङ्गी र अङ्गरसको अवस्था
View through CrossRef
प्रस्तुत निना कथामा अङ्गी र अङ्गरसको अवस्था शीर्षकको अनुसन्धानमूलक लेख रससिद्धान्तसँग सापेक्षित रहेको छ । विशेष गरी कथामा प्रस्तुत रसको निदान गरी अङ्ग र अङ्गीरसको अवस्थाकोनिरूपण गर्नु यस लेखको उद्देश्य रहेको छ । लेखमा निना कथाका प्रमुख पात्रहरू निना र मालामा रतिभाव प्रबल रहेको र सम्भोग श्रृङ्गार अङ्गीरसका रूपमा प्रकट भएको निष्कर्ष दिइएको छ । यसैगरी निनामा बेलाबेलामा प्रकट भएका विस्मयपरक व्यवहारहरू अद्भुत रससँग सम्बन्धित रहेका हुनाले यसलाई कथामा प्रस्तुत अङ्गरस भनेर निचोड दिइएको छ । लेखमा प्रस्तुत विश्लेषणीय प्राज्ञिक विषयहरू गुणात्मक अध्ययन पद्धतिमा आधारित भएर व्याख्यापरक विधिमार्फत विश्लेषण गरिएकोछ । अध्ययनमा उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा कथा चयन गरी अङ्गी र अङ्गरससँग सम्बन्धित रससिद्धान्तका आलोकमा विश्लेषण गरिएको छ । यस लेखमा निना र मालाका क्रियाकलापहरू रतिरागात्मक रहेका र समग्र कथा सम्भोग श्रृङ्गार रसमा प्रस्तुत भएको उल्लेख गरिएको छ । रतिकृत्यमा रमाउने गरेकी मालासँगको सङ्गतले निनामा आमूल परिवर्तन आएको छ रउनीहरू दुवै यौनजन्य कृत्यमा सामेल भएका छन्। कथामा यही रसभाव प्रमुख रूपमा प्रकट भएको छ भन्ने यस अध्ययनको सार रहेको छ । सौम्य स्वभावकी निना आफ्नो पतिसँग सरल जीवनशैलीमा रहँदारहँदै जब साल्सा सिक्ने अनि मालाको सम्पर्कमा रहेपछि उसले अनुभव गर्दै गएका रति कृत्यको नवीनतामा विस्मयपरक भाव बेलाबेलामा प्रकट भएको देखिएको छ यो नै अद्भूत रस हो । यसलाई अङ्गरसका रूपमा व्याख्या गरिएको छ ।
Title: निना कथामा अङ्गी र अङ्गरसको अवस्था
Description:
प्रस्तुत निना कथामा अङ्गी र अङ्गरसको अवस्था शीर्षकको अनुसन्धानमूलक लेख रससिद्धान्तसँग सापेक्षित रहेको छ । विशेष गरी कथामा प्रस्तुत रसको निदान गरी अङ्ग र अङ्गीरसको अवस्थाकोनिरूपण गर्नु यस लेखको उद्देश्य रहेको छ । लेखमा निना कथाका प्रमुख पात्रहरू निना र मालामा रतिभाव प्रबल रहेको र सम्भोग श्रृङ्गार अङ्गीरसका रूपमा प्रकट भएको निष्कर्ष दिइएको छ । यसैगरी निनामा बेलाबेलामा प्रकट भएका विस्मयपरक व्यवहारहरू अद्भुत रससँग सम्बन्धित रहेका हुनाले यसलाई कथामा प्रस्तुत अङ्गरस भनेर निचोड दिइएको छ । लेखमा प्रस्तुत विश्लेषणीय प्राज्ञिक विषयहरू गुणात्मक अध्ययन पद्धतिमा आधारित भएर व्याख्यापरक विधिमार्फत विश्लेषण गरिएकोछ । अध्ययनमा उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा कथा चयन गरी अङ्गी र अङ्गरससँग सम्बन्धित रससिद्धान्तका आलोकमा विश्लेषण गरिएको छ । यस लेखमा निना र मालाका क्रियाकलापहरू रतिरागात्मक रहेका र समग्र कथा सम्भोग श्रृङ्गार रसमा प्रस्तुत भएको उल्लेख गरिएको छ । रतिकृत्यमा रमाउने गरेकी मालासँगको सङ्गतले निनामा आमूल परिवर्तन आएको छ रउनीहरू दुवै यौनजन्य कृत्यमा सामेल भएका छन्। कथामा यही रसभाव प्रमुख रूपमा प्रकट भएको छ भन्ने यस अध्ययनको सार रहेको छ । सौम्य स्वभावकी निना आफ्नो पतिसँग सरल जीवनशैलीमा रहँदारहँदै जब साल्सा सिक्ने अनि मालाको सम्पर्कमा रहेपछि उसले अनुभव गर्दै गएका रति कृत्यको नवीनतामा विस्मयपरक भाव बेलाबेलामा प्रकट भएको देखिएको छ यो नै अद्भूत रस हो । यसलाई अङ्गरसका रूपमा व्याख्या गरिएको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्टतारहेको कृति हो । यस लेखमा उक्त नाटकमा निष्पादितअङ्गी रसको पहिचानर विश्लेषण गरिएको छ।प्रस्तुत लेखको ...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

