Javascript must be enabled to continue!
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
View through CrossRef
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्रवेश पाएको छ । उत्तरआधुनिकतावादको महत्त्वपूर्ण मान्यता बहुलवादको एक पाटो अन्तर्विषयकता हो । साहित्यमा साहित्येतर विषयक्षेत्रको प्रवेश नै अन्तर्विषयकता हो । कुनै विधाका पाठमा भिन्न–भिन्न विषयको समावेश छ भने ती सिर्जनाहरूको अन्तर्विषयक अध्ययन, पठन र विश्लेषण हुन्छ । अन्तर्विषयकताले पाठमा रहेको अन्तर्विषयकता केलाउने भएकाले प्रस्तुत लेख संवेदनाको सफ्टकपी कथामा रहेको विज्ञानप्रविधिलाई केलाउन केन्द्रित छ । अन्तर्विषयकता सिर्जना र समालोचनाको नवीन पद्धति भएकाले पनि यसका आधारमा पाठको अध्ययन, पठन र विश्लेषण गरिनु महत्त्वपूर्ण छ । यो लेख संवेदनाको सफ्टकपी कथामा अन्तर्घुलित विज्ञानप्रविधिलाई प्रकाशमा ल्याउन केन्द्रित छ । पुस्तकालयबाट स्रोत सामग्री सङ्कलन गरी अन्तर्विषयक सैद्धान्तिक मान्यताका आधारमा कथाको विश्लेषण गरिएको छ । प्रविधिको प्रयोग गरी मनको व्यापकतालाई मूर्त बनाउन गरिएको वैज्ञानिक प्रयोगले कथामा विज्ञानप्रविधिजन्य विषयको अन्तर्घुलन भएको छ । कथामा प्रयोग गरिएको विज्ञानप्रविधिले यसलाई अन्तर्विषयक बनाएको निष्कर्ष निकालिएको छ ।
Title: ‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
Description:
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्रवेश पाएको छ । उत्तरआधुनिकतावादको महत्त्वपूर्ण मान्यता बहुलवादको एक पाटो अन्तर्विषयकता हो । साहित्यमा साहित्येतर विषयक्षेत्रको प्रवेश नै अन्तर्विषयकता हो । कुनै विधाका पाठमा भिन्न–भिन्न विषयको समावेश छ भने ती सिर्जनाहरूको अन्तर्विषयक अध्ययन, पठन र विश्लेषण हुन्छ । अन्तर्विषयकताले पाठमा रहेको अन्तर्विषयकता केलाउने भएकाले प्रस्तुत लेख संवेदनाको सफ्टकपी कथामा रहेको विज्ञानप्रविधिलाई केलाउन केन्द्रित छ । अन्तर्विषयकता सिर्जना र समालोचनाको नवीन पद्धति भएकाले पनि यसका आधारमा पाठको अध्ययन, पठन र विश्लेषण गरिनु महत्त्वपूर्ण छ । यो लेख संवेदनाको सफ्टकपी कथामा अन्तर्घुलित विज्ञानप्रविधिलाई प्रकाशमा ल्याउन केन्द्रित छ । पुस्तकालयबाट स्रोत सामग्री सङ्कलन गरी अन्तर्विषयक सैद्धान्तिक मान्यताका आधारमा कथाको विश्लेषण गरिएको छ । प्रविधिको प्रयोग गरी मनको व्यापकतालाई मूर्त बनाउन गरिएको वैज्ञानिक प्रयोगले कथामा विज्ञानप्रविधिजन्य विषयको अन्तर्घुलन भएको छ । कथामा प्रयोग गरिएको विज्ञानप्रविधिले यसलाई अन्तर्विषयक बनाएको निष्कर्ष निकालिएको छ ।.
Related Results
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
‘एकान्त’ कथामा रस
‘एकान्त’ कथामा रस
यो लेखमा मनु ब्राजाकी (वि.स. १९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...

