Javascript must be enabled to continue!
बाको चस्मा कथामा विश्वदृष्टि
View through CrossRef
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त्रीय अवधारणा हो । ‘बाको चस्मा’ कथामा प्रभुत्वशाली वर्ग, अधीनस्थ वर्ग तथा नव पुस्ताको प्रतिनिधित्व गर्ने उदीयमान पि“ढी वा समूहको उपस्थिति रहेको छ । कथामा तिनको विश्वदृष्टि के कसरी अभिव्यक्त भएको छ र त्यस्तो विश्वदृष्टि समाजका विभिन्न वर्ग र समूहको विश्वदृष्टिसँग समानधर्मी छ कि छैन ? भन्ने ज्ञासा यस लेखको प्रमुख समस्या हो । यस लेखमा समाजमा रहेको प्रभुत्वशाली वर्ग तथा त्यसको उत्पीडनमा परेको अधीनस्थ वर्ग र प्रतिरोधी चेतना बोकेको उदीयमान पिँढीको विश्वदृष्टि र संरचनागत समानधर्मिताको अवधारणालाई कथा विश्लेषणको मुख्य आधार बनाइएको छ । विभिन्न साक्ष्यहरूकाआधारमा कथामा उपस्थित प्रभुत्वशाली वर्गको चरित्र शोषणमुखी रहेको र शोषित वर्ग दमित अवस्थामा रहेको देखाउँदै उदीयमान पिँढीलाई परिस्थितिअनुरूप बदलिन सक्ने परिवर्तनशील चरित्रका रूपमा प्रस्तुत गरिएको छ । उक्त वर्गको विश्वदृष्टि पनि आ–आफ्नै वर्गीय चरित्रअनुकूल निर्माण भएको देखाइएको छ । कथा विश्लेषणका लागि निगमनात्मक विधि अपनाइएको छ । प्रस्तुत अध्ययन साहित्यिक अध्ययन भएकाले गुणात्मक प्रकृतिको रहेको छ । कथामा अभिव्यक्त विश्वदृष्टि र वर्तमान नेपाली समाजका विभिन्न वर्ग र पिँढीमा विकसित विश्वदृष्टिबिच संरचनागत समानधर्मिता पाइएको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Title: बाको चस्मा कथामा विश्वदृष्टि
Description:
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त्रीय अवधारणा हो । ‘बाको चस्मा’ कथामा प्रभुत्वशाली वर्ग, अधीनस्थ वर्ग तथा नव पुस्ताको प्रतिनिधित्व गर्ने उदीयमान पि“ढी वा समूहको उपस्थिति रहेको छ । कथामा तिनको विश्वदृष्टि के कसरी अभिव्यक्त भएको छ र त्यस्तो विश्वदृष्टि समाजका विभिन्न वर्ग र समूहको विश्वदृष्टिसँग समानधर्मी छ कि छैन ? भन्ने ज्ञासा यस लेखको प्रमुख समस्या हो । यस लेखमा समाजमा रहेको प्रभुत्वशाली वर्ग तथा त्यसको उत्पीडनमा परेको अधीनस्थ वर्ग र प्रतिरोधी चेतना बोकेको उदीयमान पिँढीको विश्वदृष्टि र संरचनागत समानधर्मिताको अवधारणालाई कथा विश्लेषणको मुख्य आधार बनाइएको छ । विभिन्न साक्ष्यहरूकाआधारमा कथामा उपस्थित प्रभुत्वशाली वर्गको चरित्र शोषणमुखी रहेको र शोषित वर्ग दमित अवस्थामा रहेको देखाउँदै उदीयमान पिँढीलाई परिस्थितिअनुरूप बदलिन सक्ने परिवर्तनशील चरित्रका रूपमा प्रस्तुत गरिएको छ । उक्त वर्गको विश्वदृष्टि पनि आ–आफ्नै वर्गीय चरित्रअनुकूल निर्माण भएको देखाइएको छ । कथा विश्लेषणका लागि निगमनात्मक विधि अपनाइएको छ । प्रस्तुत अध्ययन साहित्यिक अध्ययन भएकाले गुणात्मक प्रकृतिको रहेको छ । कथामा अभिव्यक्त विश्वदृष्टि र वर्तमान नेपाली समाजका विभिन्न वर्ग र पिँढीमा विकसित विश्वदृष्टिबिच संरचनागत समानधर्मिता पाइएको निष्कर्ष यस लेखमा निकालिएको छ ।.
Related Results
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
चीत्कार कथामा नारी उत्पीडन
चीत्कार कथामा नारी उत्पीडन
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको ...

