Javascript must be enabled to continue!
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।
Title: ‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
Social and Economic Importance of Modern Education System: General Overview
Social and Economic Importance of Modern Education System: General Overview
Since changes take place in the society and country with time, the objectives of education also change with time. For example, in the Vedic period, the teaching of Veda mantras was...
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत ...
म जुजुमान कथाको मनोविश्लेषण
म जुजुमान कथाको मनोविश्लेषण
प्रस्तुत अध्ययन पाश्चात्य चिन्तनअन्तर्गत मनोवैज्ञानिक सिद्धान्तमा आधारित रही गोविन्दबहादुर मल्ल ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषणमा आधारित छ । दाह्री पनि नकाटी दश वर्षअघि बिहेमा...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...

