Javascript must be enabled to continue!
निद्रा आएन कथाको रचनाविधान
View through CrossRef
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण गर्न सकिने हुनाले समीक्षाशास्त्रमा यसको महत्त्व रहेको पाइन्छ । यस अध्ययनमा कथाको रचनाविधानसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको रचनाविधानको विश्लेषण गरिएको छ । कथाको रचनाविधानअन्तर्गत संरचना र रूपविन्यास पर्दछन् । यस अध्ययनमा प्रस्तुत कथाको संरचनाअन्तर्गत कथावस्तु, पात्रविधान, दृष्टिविन्दु तथा सारवस्तुको सूक्ष्म विश्लेषण गरी ती तत्त्वहरूको अन्तरसम्बन्ध र कलापक्षको निरूपण गरिएको हुँदा यसमा निगमनात्मक विधि अवलम्बन गरिएको छ । यसमा रूपविन्यासको पनि सूक्ष्म अध्ययन गरी यसको कथात्मक सौन्दर्यको मापन र संरचना पक्षसँगको अन्तरसम्बन्धको समीक्षा गरिएको छ । यसमा ‘निद्रा आएन’ कथालाई प्राथमिक सामग्रीका रूपमा ग्रहण गरी कथाको रचनाविधानसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस अध्ययनबाट प्रस्तुत कथामा कथानकको संरचना वा रूपविन्यासको उपयुक्त संयोजन भएका कारण रचनाविधानका दृष्टिले यसको कथाकला परिपुष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।
Nepal Journals Online (JOL)
Title: निद्रा आएन कथाको रचनाविधान
Description:
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण गर्न सकिने हुनाले समीक्षाशास्त्रमा यसको महत्त्व रहेको पाइन्छ । यस अध्ययनमा कथाको रचनाविधानसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको रचनाविधानको विश्लेषण गरिएको छ । कथाको रचनाविधानअन्तर्गत संरचना र रूपविन्यास पर्दछन् । यस अध्ययनमा प्रस्तुत कथाको संरचनाअन्तर्गत कथावस्तु, पात्रविधान, दृष्टिविन्दु तथा सारवस्तुको सूक्ष्म विश्लेषण गरी ती तत्त्वहरूको अन्तरसम्बन्ध र कलापक्षको निरूपण गरिएको हुँदा यसमा निगमनात्मक विधि अवलम्बन गरिएको छ । यसमा रूपविन्यासको पनि सूक्ष्म अध्ययन गरी यसको कथात्मक सौन्दर्यको मापन र संरचना पक्षसँगको अन्तरसम्बन्धको समीक्षा गरिएको छ । यसमा ‘निद्रा आएन’ कथालाई प्राथमिक सामग्रीका रूपमा ग्रहण गरी कथाको रचनाविधानसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस अध्ययनबाट प्रस्तुत कथामा कथानकको संरचना वा रूपविन्यासको उपयुक्त संयोजन भएका कारण रचनाविधानका दृष्टिले यसको कथाकला परिपुष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
म जुजुमान कथाको मनोविश्लेषण
म जुजुमान कथाको मनोविश्लेषण
प्रस्तुत अध्ययन पाश्चात्य चिन्तनअन्तर्गत मनोवैज्ञानिक सिद्धान्तमा आधारित रही गोविन्दबहादुर मल्ल ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषणमा आधारित छ । दाह्री पनि नकाटी दश वर्षअघि बिहेमा...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
प्रस्तुत अध्ययन मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषणमा आधारित छ । यसअन्तर्गत समाख्याताको पहिचान र समाख्यानात्मक वाच्यत्वलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । समाख्याता कथा प्र...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

