Javascript must be enabled to continue!
म जुजुमान कथाको मनोविश्लेषण
View through CrossRef
प्रस्तुत अध्ययन पाश्चात्य चिन्तनअन्तर्गत मनोवैज्ञानिक सिद्धान्तमा आधारित रही गोविन्दबहादुर मल्ल ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषणमा आधारित छ । दाह्री पनि नकाटी दश वर्षअघि बिहेमा सिलाएको पुरानो झुत्रे कोट लगाएर सालीका छोराको पास्नीको भोज खान गएको यस कथाको मुख्य पात्र जुजुमान अपमानित भएको महशुस गरी भोजै नखाई घर फर्किन्छ । ऊ आफ्ना घरबाट निस्केर जाँदा बाटैदेखि म अरूभन्दा कमजोर छु भन्ने मानसिकता बोकेर सालीका घरमा पुग्छ । त्यहाँ पुगेर आफूभन्दा सुकिलामुकिला ठुलाबडा मान्छे देखेपछि आफूलाई अरूभन्दा झन् कमजोर ठानी सोहीअनुसारको व्यवहार गर्न पुग्छ र अन्त्यमा उसलाई नोकरहरूले खाने ठाउँमा लागेर भोज खुवाउन लागेपछि अपमानित भएको ठानेर भोजै नखाई घर फर्किएको हो । यही क्रममा देखापरेका जुजुमानका विभिन्न प्रकारका मानसिक उतारचढाव र मूलतः उसको हीनताले ग्रस्त मानसिकताको विश्लेषण फ्रायड, एडलर र अन्य मनोविज्ञानका सिद्धान्तमा आधारित रही विश्लेषण गरिएको छ ।
Title: म जुजुमान कथाको मनोविश्लेषण
Description:
प्रस्तुत अध्ययन पाश्चात्य चिन्तनअन्तर्गत मनोवैज्ञानिक सिद्धान्तमा आधारित रही गोविन्दबहादुर मल्ल ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषणमा आधारित छ । दाह्री पनि नकाटी दश वर्षअघि बिहेमा सिलाएको पुरानो झुत्रे कोट लगाएर सालीका छोराको पास्नीको भोज खान गएको यस कथाको मुख्य पात्र जुजुमान अपमानित भएको महशुस गरी भोजै नखाई घर फर्किन्छ । ऊ आफ्ना घरबाट निस्केर जाँदा बाटैदेखि म अरूभन्दा कमजोर छु भन्ने मानसिकता बोकेर सालीका घरमा पुग्छ । त्यहाँ पुगेर आफूभन्दा सुकिलामुकिला ठुलाबडा मान्छे देखेपछि आफूलाई अरूभन्दा झन् कमजोर ठानी सोहीअनुसारको व्यवहार गर्न पुग्छ र अन्त्यमा उसलाई नोकरहरूले खाने ठाउँमा लागेर भोज खुवाउन लागेपछि अपमानित भएको ठानेर भोजै नखाई घर फर्किएको हो । यही क्रममा देखापरेका जुजुमानका विभिन्न प्रकारका मानसिक उतारचढाव र मूलतः उसको हीनताले ग्रस्त मानसिकताको विश्लेषण फ्रायड, एडलर र अन्य मनोविज्ञानका सिद्धान्तमा आधारित रही विश्लेषण गरिएको छ ।.
Related Results
निद्रा आएन कथाको रचनाविधान
निद्रा आएन कथाको रचनाविधान
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण ग...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
प्रस्तुत अध्ययन मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषणमा आधारित छ । यसअन्तर्गत समाख्याताको पहिचान र समाख्यानात्मक वाच्यत्वलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । समाख्याता कथा प्र...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

