Javascript must be enabled to continue!
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
View through CrossRef
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘राइटरबाजे’ कथामा प्रजातिपरक मान्यता अन्तर्गत प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्ध र प्रजातिगत प्रभावका अवस्थाहरूको खोजी गरी विश्लेषण गर्ने उद्देश्य राखिएको छ । यसमा कथाको विश्लेषण गर्दा टेनका प्रजातिगत मान्यतालाई मुख्य आधार बनाइएको छ । ‘‘राइटरबाजे’ कथामा प्रजातिपरक अवस्थाहरूको खोजि गर्ने क्रममा प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्ध र प्रजातिगत प्रभाव उपशीर्षक दिएर विश्लेषण गरिएको छ । यस विश्लेषणमा ‘‘राइटरबाजे’ कथाका मुख्य चरित्र राइटरबाजे र भोटिनीमा आर्य र मङ्गोल प्रजातिगत पहिचानको पुष्टि भएको देखाइएको छ भने अन्तर्जातीय सम्बन्ध र प्रभावबाट विकसित मानसिक तथा शारीरिक समर्पणबाट प्राप्त हुने सन्तुष्टिमा प्रेमको उच्च आर्दश स्वरूप प्राप्त हुने निष्कर्ष निकालिएको छ । कोइरालाका कथामा प्रजातिपरक अध्ययन त्यति नभएको परिस्थितिमा टेनको प्रजातिगत मान्यताका आडमा यो आलेखन गरिएकाले साहित्यको समाजशास्त्रीय मान्यताका कसीमा कोइरालाका कथाको अध्ययन र विश्लेषण गर्न चाहने जो कसैलाई यो आलेख उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ ।
Title: ’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
Description:
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘राइटरबाजे’ कथामा प्रजातिपरक मान्यता अन्तर्गत प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्ध र प्रजातिगत प्रभावका अवस्थाहरूको खोजी गरी विश्लेषण गर्ने उद्देश्य राखिएको छ । यसमा कथाको विश्लेषण गर्दा टेनका प्रजातिगत मान्यतालाई मुख्य आधार बनाइएको छ । ‘‘राइटरबाजे’ कथामा प्रजातिपरक अवस्थाहरूको खोजि गर्ने क्रममा प्रजातिगत पहिचान, प्रजातिगत सम्बन्ध र प्रजातिगत प्रभाव उपशीर्षक दिएर विश्लेषण गरिएको छ । यस विश्लेषणमा ‘‘राइटरबाजे’ कथाका मुख्य चरित्र राइटरबाजे र भोटिनीमा आर्य र मङ्गोल प्रजातिगत पहिचानको पुष्टि भएको देखाइएको छ भने अन्तर्जातीय सम्बन्ध र प्रभावबाट विकसित मानसिक तथा शारीरिक समर्पणबाट प्राप्त हुने सन्तुष्टिमा प्रेमको उच्च आर्दश स्वरूप प्राप्त हुने निष्कर्ष निकालिएको छ । कोइरालाका कथामा प्रजातिपरक अध्ययन त्यति नभएको परिस्थितिमा टेनको प्रजातिगत मान्यताका आडमा यो आलेखन गरिएकाले साहित्यको समाजशास्त्रीय मान्यताका कसीमा कोइरालाका कथाको अध्ययन र विश्लेषण गर्न चाहने जो कसैलाई यो आलेख उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ ।.
Related Results
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...

