Javascript must be enabled to continue!
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
View through CrossRef
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्रजाति, क्षण र परिवेश सम्बन्धी मान्यता साहित्यभित्रको समाज खोजी गर्नका लागि स्थापित मान्यता बनिसकेका छन् । टेनको प्रजातिपरक मान्यताका सीमामा रही कोइरालाको ‘सान्नानी’ कथाको अध्ययन र विश्लेषण गरिएको यस लेखमा सैद्धान्तिक आधार र सामग्री संकलनका लागि पहिलो र दोस्रो पद्धति अँगालिएको छ भने व्याख्यात्मक विधिबाट विश्लेषण गरिएको छ । यस क्रममा सर्वप्रथम टेनको समाजशास्त्रीय अध्ययनका आधार प्रजातिको सैद्धान्तिक चर्चा गरिएको छ भने त्यसपछि तिनै सैद्धान्तिक मान्यताका आडमा कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक विश्लेषण गरिएको छ । प्रस्तुत आलेखमा प्र्रजातिगत विश्लेषणका आधार मानिने प्रजातिपरक पहिचान, प्रजातिपरक आनुवंशिक स्वभाव र प्रजातिपरक प्रभाव उपशीर्षक बनाएर कोइरालाका ‘सान्नानी’ कथाको विश्लेषण गरिएको छ । प्रस्तुत कथाको विश्लेषणबाट कुनै प्रजाति देश, काल र परिस्थतिका कारणले स्थानान्तरण भएर बस्नुपर्ने र त्यहाँको माटो, हावा, पानी सँगै बदलिदै जानुपर्ने परिस्थिति रहे पनि उनीहरुको प्रजातिगत पहिचान हुने, आनुवंशिक स्वभाव पनि विद्यमान नै रहने र सामाजिक व्यवस्थामा एक अर्काबाट प्रभावित भएर रहने निष्कर्ष समेत निकालिएको छ । साहित्यको समाजशास्त्रीय मान्यताका कसीमा कोइरालाको कथाको विश्लेषण गर्न चाहने जो कसैलाई यो आलेख उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ ।
Title: कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
Description:
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्रजाति, क्षण र परिवेश सम्बन्धी मान्यता साहित्यभित्रको समाज खोजी गर्नका लागि स्थापित मान्यता बनिसकेका छन् । टेनको प्रजातिपरक मान्यताका सीमामा रही कोइरालाको ‘सान्नानी’ कथाको अध्ययन र विश्लेषण गरिएको यस लेखमा सैद्धान्तिक आधार र सामग्री संकलनका लागि पहिलो र दोस्रो पद्धति अँगालिएको छ भने व्याख्यात्मक विधिबाट विश्लेषण गरिएको छ । यस क्रममा सर्वप्रथम टेनको समाजशास्त्रीय अध्ययनका आधार प्रजातिको सैद्धान्तिक चर्चा गरिएको छ भने त्यसपछि तिनै सैद्धान्तिक मान्यताका आडमा कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक विश्लेषण गरिएको छ । प्रस्तुत आलेखमा प्र्रजातिगत विश्लेषणका आधार मानिने प्रजातिपरक पहिचान, प्रजातिपरक आनुवंशिक स्वभाव र प्रजातिपरक प्रभाव उपशीर्षक बनाएर कोइरालाका ‘सान्नानी’ कथाको विश्लेषण गरिएको छ । प्रस्तुत कथाको विश्लेषणबाट कुनै प्रजाति देश, काल र परिस्थतिका कारणले स्थानान्तरण भएर बस्नुपर्ने र त्यहाँको माटो, हावा, पानी सँगै बदलिदै जानुपर्ने परिस्थिति रहे पनि उनीहरुको प्रजातिगत पहिचान हुने, आनुवंशिक स्वभाव पनि विद्यमान नै रहने र सामाजिक व्यवस्थामा एक अर्काबाट प्रभावित भएर रहने निष्कर्ष समेत निकालिएको छ । साहित्यको समाजशास्त्रीय मान्यताका कसीमा कोइरालाको कथाको विश्लेषण गर्न चाहने जो कसैलाई यो आलेख उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ ।.
Related Results
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
आचार्य वात्स्यायन पूर्वीय कामशास्त्री अर्थात् मनोविज्ञान शास्त्री हुन् । लगभग दुई सहस्राब्दीपूर्व नै मानवजीवनमा कामवृत्तिको सर्वोच्चता प्रमाणित गरेर उनले मानवजीवनको मनोवैज्ञानिक र ...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...

