Javascript must be enabled to continue!
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
View through CrossRef
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प्रयोगात्मक कवितामा परम्पराभिन्न कथ्य, शिल्पशैली आदिमा नवीनता पाइन्छ । अमूर्त विषय, विशृङ्खलित भाषा, अस्तित्ववादी, विसङ्गतिवादी र प्रतीकवादी चेत, समग्रता, संरचनागत नयाँपन, असम्बद्ध भावबिम्ब प्रयोगात्मक कविताका मुख्य प्रवृत्तिहरू हुन् । नेपाली काव्य साहित्यका सन्दर्भमा कवि मोहन कोइरालाको २०१७ सालको ‘रूपरेखा’ पत्रिकामा प्रकाशित ‘घाइते युग’ कविताबाट प्रयोगात्मक कविता लेखनको थालनी भएको हो । नेपाली साहित्यका क्षेत्रमा ‘प्रयोगवाद’ शब्द नै प्रचलित रहेको छ । मोहन कोइरालाको वि.सं.२०२१ सालको ‘फर्सीको जरा’ एउटा विशिष्ट प्रयोगवादी कविता हो, जसमा प्रयोगात्मक कवितामा पाइने प्रायः प्रवृत्तिहरू समाविष्ट रहेका छन् । कथ्य, भाषा, संरचना, शीर्षक, शैली आदिमा नवीनता रहेको यस कविताको प्रकाशनपछि नै कोइरालाको प्रयोगवादी कवित्वचेत अझ फराकिलो बन्न पुगेको छ । कोइरालाका २०२९ अघिका कवितामा रहेको असम्प्रेष्य प्रवृत्ति २०३० पछि भने केही सम्प्रेष्य बन्न पुगेका छन् । नेपाली प्रयोगवादी कविताको विकासमा कोइरालाबाहेक ईश्वरवल्लभ, कृष्णभक्त श्रेष्ठ, वानिरा गिरी, पारिजात, उपेन्द्र श्रेष्ठ आदि कविहरूको विशेष देन रहेको पाइन्छ । यस लेखमा प्रयोगवादी कवि मोहन कोइरालाको कवित्वचेतलाई देखाउँदै प्रयोगात्मक प्रवृत्तिहरू केके हुन् र फर्सीको जरा कवितामा उक्त प्रवृत्तिहरू कसरी आएका छन् भन्ने विषयको विश्लेषण गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
Description:
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प्रयोगात्मक कवितामा परम्पराभिन्न कथ्य, शिल्पशैली आदिमा नवीनता पाइन्छ । अमूर्त विषय, विशृङ्खलित भाषा, अस्तित्ववादी, विसङ्गतिवादी र प्रतीकवादी चेत, समग्रता, संरचनागत नयाँपन, असम्बद्ध भावबिम्ब प्रयोगात्मक कविताका मुख्य प्रवृत्तिहरू हुन् । नेपाली काव्य साहित्यका सन्दर्भमा कवि मोहन कोइरालाको २०१७ सालको ‘रूपरेखा’ पत्रिकामा प्रकाशित ‘घाइते युग’ कविताबाट प्रयोगात्मक कविता लेखनको थालनी भएको हो । नेपाली साहित्यका क्षेत्रमा ‘प्रयोगवाद’ शब्द नै प्रचलित रहेको छ । मोहन कोइरालाको वि.
सं.
२०२१ सालको ‘फर्सीको जरा’ एउटा विशिष्ट प्रयोगवादी कविता हो, जसमा प्रयोगात्मक कवितामा पाइने प्रायः प्रवृत्तिहरू समाविष्ट रहेका छन् । कथ्य, भाषा, संरचना, शीर्षक, शैली आदिमा नवीनता रहेको यस कविताको प्रकाशनपछि नै कोइरालाको प्रयोगवादी कवित्वचेत अझ फराकिलो बन्न पुगेको छ । कोइरालाका २०२९ अघिका कवितामा रहेको असम्प्रेष्य प्रवृत्ति २०३० पछि भने केही सम्प्रेष्य बन्न पुगेका छन् । नेपाली प्रयोगवादी कविताको विकासमा कोइरालाबाहेक ईश्वरवल्लभ, कृष्णभक्त श्रेष्ठ, वानिरा गिरी, पारिजात, उपेन्द्र श्रेष्ठ आदि कविहरूको विशेष देन रहेको पाइन्छ । यस लेखमा प्रयोगवादी कवि मोहन कोइरालाको कवित्वचेतलाई देखाउँदै प्रयोगात्मक प्रवृत्तिहरू केके हुन् र फर्सीको जरा कवितामा उक्त प्रवृत्तिहरू कसरी आएका छन् भन्ने विषयको विश्लेषण गरिएको छ ।.
Related Results
Novedades sobre el enterramiento femenino de la Primera Edad del Hierro de Casa del Carpio (Belvís de la Jara, Toledo)
Novedades sobre el enterramiento femenino de la Primera Edad del Hierro de Casa del Carpio (Belvís de la Jara, Toledo)
Las características de la ubicación de la tumba de Casa del Carpio (Belvís de la Jara, Toledo), las circunstancias de su documentación, y lo excepcional del ajuar documentado han c...
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश,...
JARA: ‘Just Another Red-List Assessment’
JARA: ‘Just Another Red-List Assessment’
Abstract
Identifying species at risk of extinction is necessary to prioritise conservation efforts. The International Union for Conservation of N...
अनामिका के साहित्य की विशेषताएँ
अनामिका के साहित्य की विशेषताएँ
समकालीन कविताओं की पृष्टभूमि ही यथार्थवादी रही है। समाज के वास्तविकताओं को लेकर चलने वाली कविता ही समकालीन कविता की श्रेणी में आती है। अपने आस-पास के परिवेश को लेकर चलना का काम ही ...
कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
प्रस्तुत आलेखमा कवितासम्बन्धी प्रगतिवादी विमर्शलाई प्रस्तुत गरिएको छ ।कविताका बारेमा प्रगतिवादको के दृष्टिकोण छ भन्ने सम्बन्धमा यसमा चर्चा छ । प्रगतिवादीहरू कवितालाई मानव मनको सर्व...
मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप
मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप
कविता काव्यका पाउपाउमा वर्ण र मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राको गणना, गति, यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो ।...
A CRITICAL APPRAISAL ON AGEING PROCESS IN AYURVEDA
A CRITICAL APPRAISAL ON AGEING PROCESS IN AYURVEDA
Ayurveda being essentially the science of life and longevity narrates all aspects of life and puts special emphasis on Jara (ageing). The world population of the elderly is increas...
Sathottari bal kavita main prakrati chitran evam paryawaran bodh
Sathottari bal kavita main prakrati chitran evam paryawaran bodh
प्रस्तावना बाल साहित्य में कविता विधा बच्चों के लिए सबस े सहज, सरल और ग्राह्य विधा है। कविता के माध्यम से दिया हुआ संदेश बच्चों को न केवल रुचिकर लगता है। अपितु उनके लिए प्र ेरणा का...

