Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप

View through CrossRef
कविता काव्यका पाउपाउमा वर्ण र मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राको गणना, गति, यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो । मात्रिक छन्द र यसका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय कार्य उपयोग गरिएको छ । शास्त्रीय छन्दअन्तर्गत मात्रिकछन्दका चारवटै पाउमा कम्तीमा ३२ मात्राका अष्टिका र मधुभारदेखि १२८ मात्रासम्मका लीलावती छन्दसम्मका जम्मा ४४ छन्दको चर्चा गरिएको छ । यीमध्ये अष्टिका, पज्झटिका, चौपाई, लीलावती, पादाकुलक, रोला, गीति, दोहा, चौबोला, द्विपदी, आर्या र उद्गीतिछन्दहरू उपयोग गरी उत्कृष्ट कविता काव्यसृजना गरिएका छन् । सममात्रिकका मधुभार, दीपक, आभीर, रसिका, हाकलि, सुनसान, अडिल्ला, उपचित्रा, चित्रा, मात्रासमक, वानवासिका, विश्लोक, प्लवङ्गम, सगरमाथा, घत्ता, हीर, वीर, हरिगीता, स्कन्धक, झुल्लाना, अद्र्धसममात्रिकका सोरठा, उपगीति, चुलिआला, अम्बिका र विषममात्रिकका गाहिनी र सिंहनी छन्दको लक्षणका साथै तिनको उदाहरण पनि विभिन्न लक्षणग्रन्थबाट दिइएको छ । सममात्रिकका अचलधृति, शिखाज्योति र शिखासौम्य, अद्र्धसममात्रिक छन्दको चूलिका छन्द पनि उल्लेख गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप
Description:
कविता काव्यका पाउपाउमा वर्ण र मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राको गणना, गति, यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो । मात्रिक छन्द र यसका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय कार्य उपयोग गरिएको छ । शास्त्रीय छन्दअन्तर्गत मात्रिकछन्दका चारवटै पाउमा कम्तीमा ३२ मात्राका अष्टिका र मधुभारदेखि १२८ मात्रासम्मका लीलावती छन्दसम्मका जम्मा ४४ छन्दको चर्चा गरिएको छ । यीमध्ये अष्टिका, पज्झटिका, चौपाई, लीलावती, पादाकुलक, रोला, गीति, दोहा, चौबोला, द्विपदी, आर्या र उद्गीतिछन्दहरू उपयोग गरी उत्कृष्ट कविता काव्यसृजना गरिएका छन् । सममात्रिकका मधुभार, दीपक, आभीर, रसिका, हाकलि, सुनसान, अडिल्ला, उपचित्रा, चित्रा, मात्रासमक, वानवासिका, विश्लोक, प्लवङ्गम, सगरमाथा, घत्ता, हीर, वीर, हरिगीता, स्कन्धक, झुल्लाना, अद्र्धसममात्रिकका सोरठा, उपगीति, चुलिआला, अम्बिका र विषममात्रिकका गाहिनी र सिंहनी छन्दको लक्षणका साथै तिनको उदाहरण पनि विभिन्न लक्षणग्रन्थबाट दिइएको छ । सममात्रिकका अचलधृति, शिखाज्योति र शिखासौम्य, अद्र्धसममात्रिक छन्दको चूलिका छन्द पनि उल्लेख गरिएको छ ।.

Related Results

बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
प्रस्तुत अध्ययनले स्थानीय पाठ्यक्रमको संरचना, सान्दर्भिकता तथा उपयुक्तताको विश्लेषणमार्फत यसको प्रभावकारिता हेर्ने लक्ष्य राखेको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय ...
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्...
मुग़ल साम्राज्य का पतन
मुग़ल साम्राज्य का पतन
औरंगज़ेब की मृत्यु के बाद मुग़ल साम्राज्य का तेजी से पतन होने लगा था। मुग़ल दरबार सरदारों के बीच आपसी झगड़ों और षड़यंत्रों का अड्डा बन गया और शीघ्र ही महत्वाकांक्षी तथा प्रान्तीय श...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
छन्द अनुशीलन {Rhyme practice}
छन्द अनुशीलन {Rhyme practice}
समस्त वेदका ऋचा छन्दमा संरचित छन् । आचार्य पिङ्गलले वेदमा उल्लिखित छन्दहरू र पूर्वलक्षणकारकाअभिमतलाई समेत समेटेर छन्दःसूत्रम् तयार पारे । प्रस्तुत छन्दःसूत्रम्लाई मूल आधार बनाएर ले...

Back to Top