Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

छन्द अनुशीलन {Rhyme practice}

View through CrossRef
समस्त वेदका ऋचा छन्दमा संरचित छन् । आचार्य पिङ्गलले वेदमा उल्लिखित छन्दहरू र पूर्वलक्षणकारकाअभिमतलाई समेत समेटेर छन्दःसूत्रम् तयार पारे । प्रस्तुत छन्दःसूत्रम्लाई मूल आधार बनाएर लेखिएका श्रुतबोध,छन्दःशास्त्रम्, वृत्तरत्नाकर, मन्दारमरन्दचम्पू, वृत्तचन्द्रिका आदि लक्षण ग्रन्थहरूले शास्त्रीय छन्दको विकास रविस्तारमा ठोस योगदान पु¥याएका छन् । उत्तरवैदिककाल, लौकिककाल, प्राकृतकाल हुँदै विकसित आधुनिककालीननेपाली, हिन्दी आदि भाषाहरूमा समेत शास्त्रीय छन्दहरूको उपयोग गरी विश्वविख्यात सुन्दर काव्यहरू सृजनागरिएका छन् । विद्यालय र महाविद्यालयहरूको पाठ्यक्रममा समेत शास्त्रीय छन्दलाई समावेश गरिएको परिस्थितिमाशास्त्रीय छन्दको व्युत्पत्तिसहित परिचय दिनु, यसका तत्त्व, गण देवता र गणअनुसारका शुभ अशुभ फल उल्लेखगर्नु, शास्त्रीय छन्दका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरणप्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोटप्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय विधि उपयोग गरिएको छ । यसमा पूर्वीय वाङ्मयकोआद्यादर्श ग्रन्थ वेद शास्त्रीय छन्दमा रचना गरिएको तथ्य प्रस्तुत गरिएको छ । छन्दको व्युत्पत्ति, अर्थ, यसकातत्त्वहरू, गण, गणदेवता र गणका शुभ र अशुभ फल निरूपण गरिएको छ । छन्दमा कविता काव्य सृजना गर्दाअनुसरण गर्नुपर्ने र गर्न मिल्नेसम्मका नियम उदाहरणसहित उल्लेख गरिएको छ । शास्त्रीय छन्दको वार्णिक भेदकासमवृत्तअन्तर्गत साधारण भेदका एकअक्षरीय उक्थादेखि २६ अक्षरीय उत्कृतिसम्म, अद्र्धसमवृत्त, विषमवृत्त, मात्रिकछन्दअन्तर्गत सम, अद्र्धसम र विषममात्रिक छन्दका प्रतिनिधिमूलक रूपमा एकएक लक्षण र विभिन्न काव्यमा रहेकाउदाहरण प्रस्तुत गरी नेपाली काव्यमा छन्द प्रयोगको अवस्थालाई देखाइएको छ । {All the Vedas are structured in rich verses. Acharya Pingal prepared the verses by including the verses mentioned in the Vedas and the opinion of the forerunner. Srutabodh, Chhandashastram, Vrittaratnakar, Mandaramarandachampu, Vrittachandrika, etc., written on the basis of the present Chhandasutram, have made a significant contribution to the development of classical verse. The world famous beautiful poems have been created using classical verses even in the modern Nepali, Hindi and other languages ​​developed through the post-Vedic period, secular period and natural period. The purpose of this article is to introduce classical verse in the curriculum of schools and colleges with the origin of classical verse. Based on a qualitative research framework, an objective sample selection process has been adopted. This article uses the library method. It presents the fact that the ideal text of Eastern literature is composed in Vedic classical verse. The etymology of the verse, its meaning, its elements, Gana, Ganadevata and the auspicious and inauspicious fruits of Gana are described. When creating poetry in verse, the rules to be followed and what can be done are mentioned with examples. From the monosyllabic utterances of the common distinctions to the 26-syllable utterances of the classical verses under the chromatic distinction of the classical verses, the semiotic, heterogeneous, even, symmetrical and heterogeneous verses under the metrical verses are represented in each of the verses and examples in various poems.}
Title: छन्द अनुशीलन {Rhyme practice}
Description:
समस्त वेदका ऋचा छन्दमा संरचित छन् । आचार्य पिङ्गलले वेदमा उल्लिखित छन्दहरू र पूर्वलक्षणकारकाअभिमतलाई समेत समेटेर छन्दःसूत्रम् तयार पारे । प्रस्तुत छन्दःसूत्रम्लाई मूल आधार बनाएर लेखिएका श्रुतबोध,छन्दःशास्त्रम्, वृत्तरत्नाकर, मन्दारमरन्दचम्पू, वृत्तचन्द्रिका आदि लक्षण ग्रन्थहरूले शास्त्रीय छन्दको विकास रविस्तारमा ठोस योगदान पु¥याएका छन् । उत्तरवैदिककाल, लौकिककाल, प्राकृतकाल हुँदै विकसित आधुनिककालीननेपाली, हिन्दी आदि भाषाहरूमा समेत शास्त्रीय छन्दहरूको उपयोग गरी विश्वविख्यात सुन्दर काव्यहरू सृजनागरिएका छन् । विद्यालय र महाविद्यालयहरूको पाठ्यक्रममा समेत शास्त्रीय छन्दलाई समावेश गरिएको परिस्थितिमाशास्त्रीय छन्दको व्युत्पत्तिसहित परिचय दिनु, यसका तत्त्व, गण देवता र गणअनुसारका शुभ अशुभ फल उल्लेखगर्नु, शास्त्रीय छन्दका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरणप्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोटप्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय विधि उपयोग गरिएको छ । यसमा पूर्वीय वाङ्मयकोआद्यादर्श ग्रन्थ वेद शास्त्रीय छन्दमा रचना गरिएको तथ्य प्रस्तुत गरिएको छ । छन्दको व्युत्पत्ति, अर्थ, यसकातत्त्वहरू, गण, गणदेवता र गणका शुभ र अशुभ फल निरूपण गरिएको छ । छन्दमा कविता काव्य सृजना गर्दाअनुसरण गर्नुपर्ने र गर्न मिल्नेसम्मका नियम उदाहरणसहित उल्लेख गरिएको छ । शास्त्रीय छन्दको वार्णिक भेदकासमवृत्तअन्तर्गत साधारण भेदका एकअक्षरीय उक्थादेखि २६ अक्षरीय उत्कृतिसम्म, अद्र्धसमवृत्त, विषमवृत्त, मात्रिकछन्दअन्तर्गत सम, अद्र्धसम र विषममात्रिक छन्दका प्रतिनिधिमूलक रूपमा एकएक लक्षण र विभिन्न काव्यमा रहेकाउदाहरण प्रस्तुत गरी नेपाली काव्यमा छन्द प्रयोगको अवस्थालाई देखाइएको छ । {All the Vedas are structured in rich verses.
Acharya Pingal prepared the verses by including the verses mentioned in the Vedas and the opinion of the forerunner.
Srutabodh, Chhandashastram, Vrittaratnakar, Mandaramarandachampu, Vrittachandrika, etc.
, written on the basis of the present Chhandasutram, have made a significant contribution to the development of classical verse.
The world famous beautiful poems have been created using classical verses even in the modern Nepali, Hindi and other languages ​​developed through the post-Vedic period, secular period and natural period.
The purpose of this article is to introduce classical verse in the curriculum of schools and colleges with the origin of classical verse.
Based on a qualitative research framework, an objective sample selection process has been adopted.
This article uses the library method.
It presents the fact that the ideal text of Eastern literature is composed in Vedic classical verse.
The etymology of the verse, its meaning, its elements, Gana, Ganadevata and the auspicious and inauspicious fruits of Gana are described.
When creating poetry in verse, the rules to be followed and what can be done are mentioned with examples.
From the monosyllabic utterances of the common distinctions to the 26-syllable utterances of the classical verses under the chromatic distinction of the classical verses, the semiotic, heterogeneous, even, symmetrical and heterogeneous verses under the metrical verses are represented in each of the verses and examples in various poems.
}.

Related Results

रत्नावली नाटिकामा छन्दविधान
रत्नावली नाटिकामा छन्दविधान
संस्कृत नाटककार हर्षवर्धनरचित रत्नावली नाटिकामा जम्मा पन्ध्रवटा छन्दको प्रयोग भएको छ । तीमध्ये अनुष्टुप् आठ अक्षरात्मक छन्द हो भने उपजाति (उपेन्द्रवज्रांइन्द्रवज्रा), शालिनी, प्रहर...
KONTRIBUSI KETERAMPILAN MENYIMAK PANTUN TERHADAP KETERAMPILAN MENULIS PANTUN SISWA KELAS VII SMP NEGERI 34 PADANG
KONTRIBUSI KETERAMPILAN MENYIMAK PANTUN TERHADAP KETERAMPILAN MENULIS PANTUN SISWA KELAS VII SMP NEGERI 34 PADANG
ABSTRACT This article is written to discuss the results of research on contribution of skills listening rhyme to writing skills rhyme grade strudents VII SMP Negeri 34 Padang.  The...
Studi Komparatif Rima dan Saja’ Dalam Stilistika
Studi Komparatif Rima dan Saja’ Dalam Stilistika
Rhyme and saj' (rhymed prose) are forms of literary beauty in Indonesian and Arabic literature often used in poetry, pantun, and syair. Although there have been several studies on ...
Per una semiotica della rima
Per una semiotica della rima
Abstract The article, following a suggestion of Barthes, attempts to outline a semiotics of the technique of rhyming considered as a sub-code of poetic language, in order t...
Introduction
Introduction
This introductory chapter provides an overview of the idea of rhyme as a binding force, which is fundamental to poetic theory in the sixteenth and seventeenth centuries. Early mode...
RHYMES OF INDONESIAN CREATIVE TRANSLATION IN SLOGANS
RHYMES OF INDONESIAN CREATIVE TRANSLATION IN SLOGANS
The language of advertising, including slogans, may use rhyme, the phonological device which aims to ease the audience to remember the advertising. Considering a slogan should be f...
The Distinction between Zhi 支and Zhi 脂 / Zhi 之 and the Strata Analysis of Some Relevant Rhyme Groups in Hakka and Gan Dialects
The Distinction between Zhi 支and Zhi 脂 / Zhi 之 and the Strata Analysis of Some Relevant Rhyme Groups in Hakka and Gan Dialects
This article probes into the reflexes of the Middle Chinese Zhi 支, Zhi 脂and Zhi 之rhymes of the Zhi 止 rhyme group in modern Hakka and Gan dialects. By using the method of strata ana...
PERGESERAN RIMA DALAM PUISI TERJEMAHAN TAUFIQ ISMAIL (Rhyme Shift in Poems Translated by Taufiq Ismail)
PERGESERAN RIMA DALAM PUISI TERJEMAHAN TAUFIQ ISMAIL (Rhyme Shift in Poems Translated by Taufiq Ismail)
One of indications of the success in poetry translation is source language (SL) rhyme and meaning can be transferred into target language (TL) simultaneously. However, sometimes rh...

Back to Top