Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

रत्नावली नाटिकामा छन्दविधान

View through CrossRef
संस्कृत नाटककार हर्षवर्धनरचित रत्नावली नाटिकामा जम्मा पन्ध्रवटा छन्दको प्रयोग भएको छ । तीमध्ये अनुष्टुप् आठ अक्षरात्मक छन्द हो भने उपजाति (उपेन्द्रवज्रांइन्द्रवज्रा), शालिनी, प्रहर्षिणी, वसन्ततिलक, मालिनी, शिखरिणी, पृथ्वी, हरिणी, शार्दूलविक्रीडित र स्रग्धरा गरी जम्मा दशवटा छन्द चाहिँ समपादात्मक वार्णिक छन्दअन्तर्गत पर्दछन्। यसै गरी पुष्पिताग्रा विषमपादात्मक वार्णिक छन्द हो । आर्या छन्द संस्कृत परम्परामा प्रसिद्ध मात्रिक छन्द हो । गाथा र द्विपदी गीति छन्द प्राकृत काव्यपरम्परामा लोकप्रिय बनेका छन्द हुन्। छन्दवैविध्य यस नाटिकाको विशेषता बनेको छ । विषय र भावका कोणबाट पनि यस नाटिकामा प्रयुक्त छन्दहरूले शास्त्रीय निर्देशनलाई सामान्यतया अनुपालन गरेकै देखिन्छ । संस्कृत नाट्यसाहित्यमा यति र यसरी यस्ता शास्त्रीय छन्दको प्रयोग हुनुपर्छ भनेर शास्त्रीय विधान नदेखिए पनि छन्दप्रयोग शिष्टपरम्परासिद्ध रहेको छ । तदनुसार यस नाटिकामा प्रयुक्त छन्दहरू काव्यसौन्दर्यका सिर्जनामा अनुकूल र सहायक रहेका छन् ।
Title: रत्नावली नाटिकामा छन्दविधान
Description:
संस्कृत नाटककार हर्षवर्धनरचित रत्नावली नाटिकामा जम्मा पन्ध्रवटा छन्दको प्रयोग भएको छ । तीमध्ये अनुष्टुप् आठ अक्षरात्मक छन्द हो भने उपजाति (उपेन्द्रवज्रांइन्द्रवज्रा), शालिनी, प्रहर्षिणी, वसन्ततिलक, मालिनी, शिखरिणी, पृथ्वी, हरिणी, शार्दूलविक्रीडित र स्रग्धरा गरी जम्मा दशवटा छन्द चाहिँ समपादात्मक वार्णिक छन्दअन्तर्गत पर्दछन्। यसै गरी पुष्पिताग्रा विषमपादात्मक वार्णिक छन्द हो । आर्या छन्द संस्कृत परम्परामा प्रसिद्ध मात्रिक छन्द हो । गाथा र द्विपदी गीति छन्द प्राकृत काव्यपरम्परामा लोकप्रिय बनेका छन्द हुन्। छन्दवैविध्य यस नाटिकाको विशेषता बनेको छ । विषय र भावका कोणबाट पनि यस नाटिकामा प्रयुक्त छन्दहरूले शास्त्रीय निर्देशनलाई सामान्यतया अनुपालन गरेकै देखिन्छ । संस्कृत नाट्यसाहित्यमा यति र यसरी यस्ता शास्त्रीय छन्दको प्रयोग हुनुपर्छ भनेर शास्त्रीय विधान नदेखिए पनि छन्दप्रयोग शिष्टपरम्परासिद्ध रहेको छ । तदनुसार यस नाटिकामा प्रयुक्त छन्दहरू काव्यसौन्दर्यका सिर्जनामा अनुकूल र सहायक रहेका छन् ।.

Related Results

रत्नावलीनाटिकायाः काव्यसौन्दर्यसमीक्षणम्
रत्नावलीनाटिकायाः काव्यसौन्दर्यसमीक्षणम्
महाकविर्हर्षवद्र्धनविरचिता चतुःसङ्ख्यकेष्वङ्केषु विभक्ता ‘रत्नावली’ नाटिका विश्वसंस्कृतसाहित्ये सुपरिचिता वर्तते । अनेकै रसभावादिभिः समलङ्कृतायामस्यां नाटिकायां काव्यसौन्दर्यवर्धका...

Back to Top