Javascript must be enabled to continue!
उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषण
View through CrossRef
प्रस्तुत शोधलेख सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषणमा केन्द्रित छ । यस लेखमा खण्डकाव्यका संरचक घटकहरू कथानक, चरित्र, परिवेश, शीर्षक, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यासअन्तर्गतका छन्द, लय, बिम्ब, प्रतीक, अलङ्कार आदिका आधारमा कृतिपरक विश्लेषण गरिएको छ । यस अध्ययनबाट उर्वशी खण्डकाव्यमा प्राप्त कथानक, त्यस कथानकलाई डोर्याउने पात्र र तिनको चरित्रका साथै परिवेशअन्तर्गतका पात्र क्रियाशील हुने ठाउँ अथवा घटना घटित हुने स्थान, समय र सामाजिक परिस्थितिसमेत केलाइएको छ । यसका साथै कृतिको शीर्षक, खण्डकाव्य लेखिनाको उद्देश्य र दृष्टिबिन्दु अर्थात् कथनपद्धतिको समेत निक्र्योल भएको छ । त्यसैगरी काव्यमा प्रयुक्त भाषाशैली अन्तर्गतका छन्दविधान, लयविधान, बिम्ब, प्रतीक र अलङ्कार विधानको अध्ययन तथा विश्लेषण गरिएको छ । यसरी कृति निर्माण गर्ने संरचक घटकहरूलाई नै आधार बनाएर गरिएको यस अध्ययनबाट यो कृति विधातत्वका दृष्टिले पूर्ण संरचना भएको एक उत्कृष्ट काव्य हो भन्ने कुरा प्रमाणित भएको छ । यस अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययन तथा विश्लेषण हुन गई पाठकलाई समग्र कृति बुझ्न मदत पुग्ने विश्वास गरिएको छ ।
Title: उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषण
Description:
प्रस्तुत शोधलेख सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषणमा केन्द्रित छ । यस लेखमा खण्डकाव्यका संरचक घटकहरू कथानक, चरित्र, परिवेश, शीर्षक, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यासअन्तर्गतका छन्द, लय, बिम्ब, प्रतीक, अलङ्कार आदिका आधारमा कृतिपरक विश्लेषण गरिएको छ । यस अध्ययनबाट उर्वशी खण्डकाव्यमा प्राप्त कथानक, त्यस कथानकलाई डोर्याउने पात्र र तिनको चरित्रका साथै परिवेशअन्तर्गतका पात्र क्रियाशील हुने ठाउँ अथवा घटना घटित हुने स्थान, समय र सामाजिक परिस्थितिसमेत केलाइएको छ । यसका साथै कृतिको शीर्षक, खण्डकाव्य लेखिनाको उद्देश्य र दृष्टिबिन्दु अर्थात् कथनपद्धतिको समेत निक्र्योल भएको छ । त्यसैगरी काव्यमा प्रयुक्त भाषाशैली अन्तर्गतका छन्दविधान, लयविधान, बिम्ब, प्रतीक र अलङ्कार विधानको अध्ययन तथा विश्लेषण गरिएको छ । यसरी कृति निर्माण गर्ने संरचक घटकहरूलाई नै आधार बनाएर गरिएको यस अध्ययनबाट यो कृति विधातत्वका दृष्टिले पूर्ण संरचना भएको एक उत्कृष्ट काव्य हो भन्ने कुरा प्रमाणित भएको छ । यस अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययन तथा विश्लेषण हुन गई पाठकलाई समग्र कृति बुझ्न मदत पुग्ने विश्वास गरिएको छ ।.
Related Results
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...

