Javascript must be enabled to continue!
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
View through CrossRef
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्लेषणको सैद्धान्तिक आधार संस्कृत काव्यचिन्तन अन्तर्गतको काव्यगुण रहने यस लेखको विश्लेषण गरिने कृति राजेश्वरी खण्डकाव्य हो । संस्कृत काव्यचिन्तनमा गुण काव्यको अनिवार्य तŒव हो । पूर्वीय काव्यपरम्परामा शब्दाश्रित र रसाश्रित धर्मका रूपमा परिचित गुणलाई आचार्यहरूले आआफ्ना समयमा आआफ्नै ढङ्गले वर्गीकरण गरी यसको सङ्ख्या बढाउने र घटाउने गरे पनि यस लेखमा त्रिगुणका आधारमा राजेश्वरी खण्डकाव्यको विश्लेषण भएको छ । संस्कृत काव्यचिन्तनले स्थापित गरेका त्रिगुणसम्बन्धी मान्यताका आधारमा राजेश्वरी खण्डकाव्य माधुर्य गुणको गुणगत सिद्धि अभिव्यक्त भएको कृति हो । काव्यिक रचनाका क्रममा कोमलकान्त पदावली, करूण रस तथा त्यसका माध्यमबाट पाठकका मानसिकतामा संवेदना सिर्जना गर्ने सुललित पदावली तथा तिनले सिर्जना गर्ने माधुर्यता यस काव्यलाई माधुर्य गुणप्रधान कृति तुल्याउने आधार हुन् । यस खण्डकाव्यमा माधुर्य गुणलाई गुणसिद्धि तुल्याउन सहयोगी भएर ओज र प्रसादगुणको अभिव्यञ्जना भएको छ । यस खण्डकाव्यमा ओजगुणको प्रस्तुति मानव मानसिकतामा रहेका रोष, आक्रोश तथा जगत्लाई मानवीय संवेदनाको अभिव्यक्ति स्पष्ट होस् भन्ने आधार निर्माण गर्ने सन्दर्भमा भएको छ भने त्यसले गुणप्राप्तिका दृष्टिले माधुर्य गुणको अभिव्यक्तिलाई साकार रूप दिन महŒवपूर्ण भूमिका खेलेको छ । यस लेखमा प्रसाद गुण ओजगुणका सापेक्ष कथ्यगत आलङ्कारिकता र अन्तर्वस्तुलाई पाठ्य, बोध्य र प्रस्तुतिगत प्रभावकारिता सिर्जनाका लागि प्रेरक रहेको विषयमा विमर्श भएको छ ।
In this article, the poetic qualities of Rajeshwari Khandakavya are analyzed using a qualitative research method and meta-analysis approach with library resources as the primary material. The analysis is rooted in Sanskrit poetic thought, particularly focusing on the concept of guna as the essential principle of poetry. While Sanskrit poetic tradition classifies poetic qualities differently over time, this study specifically examines Rajeshwari Khandakavya through the lens of triguna. The poem is celebrated for its melodious quality, which is believed to stem from the three qualities established in Sanskrit poetic thought. The composition, characterized by komalakanta padavali, karuna rasa, and sulalit padavali, evokes sensation in the reader's mind, contributing to its status as a masterpiece of melodious quality. The qualities of oj and prasad further enhance its melodic excellence. Oj guna, in particular, serves to clarify the expression of human emotions, thus solidifying the poem's melodious quality. Additionally, the article discusses narrative rhetoric and content relative to Madhav Prasad Ghimire, providing insights into creating textual, cognitive, and presentational effectiveness.
Title: राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
Description:
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्लेषणको सैद्धान्तिक आधार संस्कृत काव्यचिन्तन अन्तर्गतको काव्यगुण रहने यस लेखको विश्लेषण गरिने कृति राजेश्वरी खण्डकाव्य हो । संस्कृत काव्यचिन्तनमा गुण काव्यको अनिवार्य तŒव हो । पूर्वीय काव्यपरम्परामा शब्दाश्रित र रसाश्रित धर्मका रूपमा परिचित गुणलाई आचार्यहरूले आआफ्ना समयमा आआफ्नै ढङ्गले वर्गीकरण गरी यसको सङ्ख्या बढाउने र घटाउने गरे पनि यस लेखमा त्रिगुणका आधारमा राजेश्वरी खण्डकाव्यको विश्लेषण भएको छ । संस्कृत काव्यचिन्तनले स्थापित गरेका त्रिगुणसम्बन्धी मान्यताका आधारमा राजेश्वरी खण्डकाव्य माधुर्य गुणको गुणगत सिद्धि अभिव्यक्त भएको कृति हो । काव्यिक रचनाका क्रममा कोमलकान्त पदावली, करूण रस तथा त्यसका माध्यमबाट पाठकका मानसिकतामा संवेदना सिर्जना गर्ने सुललित पदावली तथा तिनले सिर्जना गर्ने माधुर्यता यस काव्यलाई माधुर्य गुणप्रधान कृति तुल्याउने आधार हुन् । यस खण्डकाव्यमा माधुर्य गुणलाई गुणसिद्धि तुल्याउन सहयोगी भएर ओज र प्रसादगुणको अभिव्यञ्जना भएको छ । यस खण्डकाव्यमा ओजगुणको प्रस्तुति मानव मानसिकतामा रहेका रोष, आक्रोश तथा जगत्लाई मानवीय संवेदनाको अभिव्यक्ति स्पष्ट होस् भन्ने आधार निर्माण गर्ने सन्दर्भमा भएको छ भने त्यसले गुणप्राप्तिका दृष्टिले माधुर्य गुणको अभिव्यक्तिलाई साकार रूप दिन महŒवपूर्ण भूमिका खेलेको छ । यस लेखमा प्रसाद गुण ओजगुणका सापेक्ष कथ्यगत आलङ्कारिकता र अन्तर्वस्तुलाई पाठ्य, बोध्य र प्रस्तुतिगत प्रभावकारिता सिर्जनाका लागि प्रेरक रहेको विषयमा विमर्श भएको छ ।
In this article, the poetic qualities of Rajeshwari Khandakavya are analyzed using a qualitative research method and meta-analysis approach with library resources as the primary material.
The analysis is rooted in Sanskrit poetic thought, particularly focusing on the concept of guna as the essential principle of poetry.
While Sanskrit poetic tradition classifies poetic qualities differently over time, this study specifically examines Rajeshwari Khandakavya through the lens of triguna.
The poem is celebrated for its melodious quality, which is believed to stem from the three qualities established in Sanskrit poetic thought.
The composition, characterized by komalakanta padavali, karuna rasa, and sulalit padavali, evokes sensation in the reader's mind, contributing to its status as a masterpiece of melodious quality.
The qualities of oj and prasad further enhance its melodic excellence.
Oj guna, in particular, serves to clarify the expression of human emotions, thus solidifying the poem's melodious quality.
Additionally, the article discusses narrative rhetoric and content relative to Madhav Prasad Ghimire, providing insights into creating textual, cognitive, and presentational effectiveness.
Related Results
सीता—हरण खण्डकाव्यमा ईश्वर
सीता—हरण खण्डकाव्यमा ईश्वर
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा व...
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
First person – Rajeshwari B. R.
First person – Rajeshwari B. R.
ABSTRACT
First Person is a series of interviews with the first authors of a selection of papers published in Biology Open, helping researchers promote themselves alo...
Efficacy of Punica Granatum (Pomegranate) in the Management of Oral Candidiasis – A Randomized Controlled Study
Efficacy of Punica Granatum (Pomegranate) in the Management of Oral Candidiasis – A Randomized Controlled Study
Background:
Oral candidiasis is an opportunistic fungal infection of the mucus membrane, where Candida albicans (C. albicans) is commonly responsible for the infection,...
Q&A: Rajeshwari Sridhara, Robert Temple on Trial Design
Q&A: Rajeshwari Sridhara, Robert Temple on Trial Design
Abstract
Rajeshwari Sridhara, PhD, and Robert Temple, MD, who played lead roles in developing the U.S. Food and Drug Administration's draft guidance on enrichment st...
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...