Javascript must be enabled to continue!
सीता—हरण खण्डकाव्यमा ईश्वर
View through CrossRef
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा विवेचना गरिएको छ । विवेच्य खण्डकाव्यमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान भए पनि ईश्वरसम्बन्धी अध्ययन गरेको नपाइएपछि प्रस्तुत खण्डकाव्यभित्र ईश्वरको खोजी गर्ने उद्देश्यका साथ यो लेख तयार पारिएको छ । देवकोटाको ।।।सीता–हरण’ खण्डकाव्यलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने पुस्तकालयीय कार्यबाट ईश्वरसँग सम्बन्धित पूर्वीय वेद,उपनिषद्, पुराण, समालोचनात्मक ग्रन्थ, इन्टरनेटका विषयसम्बद्ध सामग्री आदिलाई द्वितीयक स्रोतका रूपमा लिइएको छ । स्थापित पूर्वीय ईश्वरसँग सम्बन्धित सैद्धान्तिक मान्यतालाई केन्द्रबिन्दुमा राखेर गुणात्मक अनुसन्धान ढाँचामा आधारित भई ।सीता—हरण’ खण्डकाव्यमा ईश्वरको खोजी गरिनु यस लेखको मुख्य उद्देश्य हो । देवकोटाको उक्त कृतिमाथि ईश्वरीय विषयको खोजी हुन नसक्नु नै मूल समस्या रहेकाले सोही समस्याको समाधानमा यो लेख केन्द्रित छ । लेखलाई व्यवस्थित र पाठपरक विश्लेषण विधि अवलम्बन गरिएको छ । सीता–हरण’ खण्डकाव्यमा देखिएका ईश्वरका विविध स्वरूपको विवेचनाबाट प्राप्त निष्कर्ष यस लेखको नवीनतम ज्ञान प्राप्ति हो । ईश्वरलाई मोक्षदाता, जगत्का स्वामी, मानवीय रूप धारण गरी विविध लीला गर्ने, करुणाकर, प्रकाशवान्, अमृतमय, रहस्यवादी आदि विविध स्वरूपमा प्रस्तुत गरिएकाले विवेच्य कृतिपूर्वीय दार्शनिक पक्षको ईश्वरीय चिन्तनमा आधारित आस्तिक भावनाले ओतप्रोत भएको वैदिक ज्ञानामृतले परिपूर्ण रहेको तथ्य प्रस्तुत लेखको सारांश हो ।
Title: सीता—हरण खण्डकाव्यमा ईश्वर
Description:
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा विवेचना गरिएको छ । विवेच्य खण्डकाव्यमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान भए पनि ईश्वरसम्बन्धी अध्ययन गरेको नपाइएपछि प्रस्तुत खण्डकाव्यभित्र ईश्वरको खोजी गर्ने उद्देश्यका साथ यो लेख तयार पारिएको छ । देवकोटाको ।।।सीता–हरण’ खण्डकाव्यलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने पुस्तकालयीय कार्यबाट ईश्वरसँग सम्बन्धित पूर्वीय वेद,उपनिषद्, पुराण, समालोचनात्मक ग्रन्थ, इन्टरनेटका विषयसम्बद्ध सामग्री आदिलाई द्वितीयक स्रोतका रूपमा लिइएको छ । स्थापित पूर्वीय ईश्वरसँग सम्बन्धित सैद्धान्तिक मान्यतालाई केन्द्रबिन्दुमा राखेर गुणात्मक अनुसन्धान ढाँचामा आधारित भई ।सीता—हरण’ खण्डकाव्यमा ईश्वरको खोजी गरिनु यस लेखको मुख्य उद्देश्य हो । देवकोटाको उक्त कृतिमाथि ईश्वरीय विषयको खोजी हुन नसक्नु नै मूल समस्या रहेकाले सोही समस्याको समाधानमा यो लेख केन्द्रित छ । लेखलाई व्यवस्थित र पाठपरक विश्लेषण विधि अवलम्बन गरिएको छ । सीता–हरण’ खण्डकाव्यमा देखिएका ईश्वरका विविध स्वरूपको विवेचनाबाट प्राप्त निष्कर्ष यस लेखको नवीनतम ज्ञान प्राप्ति हो । ईश्वरलाई मोक्षदाता, जगत्का स्वामी, मानवीय रूप धारण गरी विविध लीला गर्ने, करुणाकर, प्रकाशवान्, अमृतमय, रहस्यवादी आदि विविध स्वरूपमा प्रस्तुत गरिएकाले विवेच्य कृतिपूर्वीय दार्शनिक पक्षको ईश्वरीय चिन्तनमा आधारित आस्तिक भावनाले ओतप्रोत भएको वैदिक ज्ञानामृतले परिपूर्ण रहेको तथ्य प्रस्तुत लेखको सारांश हो ।.
Related Results
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
Mahakavi Kalidas ka Darshan Tattva
Mahakavi Kalidas ka Darshan Tattva
कालिदास इस जगत के अधिष्ठाता ईश्वर को अष्टरूपी देवता मानते है । कालिदास का ईश्वर ‘शिव’ था। सृष्टि का हरेक पदार्थ कालिदास को ‘शिव’ रूप में लगता था। भगवान् शिव प्रत्यक्ष आठ रूपों में...
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीज नेपालभरी मनाउने हिन्दू नेपाली महिलाहरुको सबैभन्दा ठूलो चाड हो । योपर्व भाद्रशुक्ल द्वितीयादेखि शुरु भई पञ्चमीसम्म मनाइन्छ । तीजको पहिलो दिन दरिलो खाद्य परिकारहरु अर्थात् ‘दर’ ख...
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत...

