Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार

View through CrossRef
प्रस्तुत अध्ययनमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको पौराणिक पुराकथामा आधारित अर्धनारीश्वर खण्डकाव्यलाई अर्थालङ्कारका कोणबाट विश्‍लेषण गरिएको छ । त्रिपाठीको २०४५ सालमा प्रकाशित प्रस्तुत खण्डकाव्यमा केकस्ता अर्थालङ्कारहरूको प्रयोग गरिएको छ र ती अलङ्कारहरूले केकस्तो अर्थ अभिव्यञ्जित गरेका छन् भन्ने कुराको विश्‍लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको अर्थनारीश्वर खण्डकाव्यलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अलङ्कार सिद्धान्तसँग सम्बन्धित ग्रन्थहरू, शोधप्रतिवेदनजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्‍लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्‍लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । अर्थालङ्कार वर्गका अलङ्कारहरूमध्ये सबभन्दा बढी सादृश्यमूलक वर्गका अलङ्कारको कुशल प्रयोगका कारण यो खण्डकाव्य सौन्दर्ययुक्त, काव्यात्मक वैशिष्ट्ययुक्त, भावगाम्भीर्य बन्न पुगेको छ भन्ने निष्कर्ष यस लेखको विश्‍लेषणबाट निकालिएको छ ।
Title: अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार
Description:
प्रस्तुत अध्ययनमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको पौराणिक पुराकथामा आधारित अर्धनारीश्वर खण्डकाव्यलाई अर्थालङ्कारका कोणबाट विश्‍लेषण गरिएको छ । त्रिपाठीको २०४५ सालमा प्रकाशित प्रस्तुत खण्डकाव्यमा केकस्ता अर्थालङ्कारहरूको प्रयोग गरिएको छ र ती अलङ्कारहरूले केकस्तो अर्थ अभिव्यञ्जित गरेका छन् भन्ने कुराको विश्‍लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको अर्थनारीश्वर खण्डकाव्यलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अलङ्कार सिद्धान्तसँग सम्बन्धित ग्रन्थहरू, शोधप्रतिवेदनजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्‍लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्‍लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । अर्थालङ्कार वर्गका अलङ्कारहरूमध्ये सबभन्दा बढी सादृश्यमूलक वर्गका अलङ्कारको कुशल प्रयोगका कारण यो खण्डकाव्य सौन्दर्ययुक्त, काव्यात्मक वैशिष्ट्ययुक्त, भावगाम्भीर्य बन्न पुगेको छ भन्ने निष्कर्ष यस लेखको विश्‍लेषणबाट निकालिएको छ ।.

Related Results

सीता—हरण खण्डकाव्यमा ईश्वर
सीता—हरण खण्डकाव्यमा ईश्वर
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा व...
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
वासवदत्तामा अलङ्कारविधान
वासवदत्तामा अलङ्कारविधान
वासवदत्ता कथाकाव्यका रचयिता सुबन्धु हुन् । सुबन्धु बाण र दण्डीका पनि पूर्ववर्ती मानिन्छन् । सुबन्धुरचित वासवदत्ता, बाणरचित कादम्बरी र दण्डीरचित दशकुमारचरित; यी तीन काव्यको समन्वयात...
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति...

Back to Top