Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}

View through CrossRef
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘वैराग्य’ कवितामा अभिव्यञ्जित सगुण, साकार ईश्वरचिन्तनमा आधारित छ । यो अध्ययन ‘वैराग्य’ कवितामा ईश्वरको सगुण, साकार स्वरूपको प्रयोग केकस्तो छ र कसरी प्रयोग गरिएको छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्या समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्ययनमा गुणात्मक विधिको प्रयोग गरिएको छ । घिमिरेको यो ‘वैराग्य’ कविता सगुण, साकार ईश्वर चिन्तनको सम्यक अभिव्यक्ति भएको कविता हो । यस कवितामा वेदान्त दर्शनले स्थापित गरेको सगुण, साकार ईश्वरसम्बन्धी दार्शनिक मान्यतालाई प्रस्तुत गरिएको छ । ‘वैराग्य’ शब्दले सांसारिक विषयवस्तु र वासनामय जीवनबाट मनुष्य विरक्त बनेर ईश्वर प्राप्तिमा लाग्ने अवस्थालाई सङ्केत गरेको छ । वैराग्य प्राप्त भएपछि नै मनुष्यादि जीव ईश्वरप्रति समर्पित हुने विचार कवितामा प्रस्तुत भएको छ । कवितामा सांसारिक मायामोह र विषयवासनाजस्ता कुराहरूलाई त्याग गरेर एकान्त स्थलमा गई सगुण, साकार ईश्वरको उपासना गर्नुपर्ने कुरा बताइएको छ । कविले समस्त विश्वब्रह्माण्डका अन्य कुरा क्षणिक हुन् तर ईश्वर सत्य छन् भन्ने विचार कवितामा व्यक्त गरेका छन् । यस कवितामा समस्त मनुष्यादि जीवको अन्तिम आश्रयस्थल सगुण, साकार ईश्वर राम नै रहेको विचार व्यञ्जित गरिएको छ । यस अध्ययनको अन्त्यमा माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कविता वेदान्त दर्शनको सगुण, साकार ईश्वरचिन्तनका दृष्टिले उत्तम रहेको र माधवप्रसाद घिमिरे ईश्वरवादी कवि भएको निष्कर्ष निकालिएको छ । दर्शनजस्तो विषयलाई कविताको विषय बनाएर त्यसलाई शास्त्रीय लयका माध्यमबाट कलात्मक र मार्मिक ढङ्गले प्रस्तुत गर्नु लेखकको वैशिष्ठ्य हो र यो नै अध्ययनको प्राप्ति पनि हो ।
Title: माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
Description:
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘वैराग्य’ कवितामा अभिव्यञ्जित सगुण, साकार ईश्वरचिन्तनमा आधारित छ । यो अध्ययन ‘वैराग्य’ कवितामा ईश्वरको सगुण, साकार स्वरूपको प्रयोग केकस्तो छ र कसरी प्रयोग गरिएको छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्या समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्ययनमा गुणात्मक विधिको प्रयोग गरिएको छ । घिमिरेको यो ‘वैराग्य’ कविता सगुण, साकार ईश्वर चिन्तनको सम्यक अभिव्यक्ति भएको कविता हो । यस कवितामा वेदान्त दर्शनले स्थापित गरेको सगुण, साकार ईश्वरसम्बन्धी दार्शनिक मान्यतालाई प्रस्तुत गरिएको छ । ‘वैराग्य’ शब्दले सांसारिक विषयवस्तु र वासनामय जीवनबाट मनुष्य विरक्त बनेर ईश्वर प्राप्तिमा लाग्ने अवस्थालाई सङ्केत गरेको छ । वैराग्य प्राप्त भएपछि नै मनुष्यादि जीव ईश्वरप्रति समर्पित हुने विचार कवितामा प्रस्तुत भएको छ । कवितामा सांसारिक मायामोह र विषयवासनाजस्ता कुराहरूलाई त्याग गरेर एकान्त स्थलमा गई सगुण, साकार ईश्वरको उपासना गर्नुपर्ने कुरा बताइएको छ । कविले समस्त विश्वब्रह्माण्डका अन्य कुरा क्षणिक हुन् तर ईश्वर सत्य छन् भन्ने विचार कवितामा व्यक्त गरेका छन् । यस कवितामा समस्त मनुष्यादि जीवको अन्तिम आश्रयस्थल सगुण, साकार ईश्वर राम नै रहेको विचार व्यञ्जित गरिएको छ । यस अध्ययनको अन्त्यमा माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कविता वेदान्त दर्शनको सगुण, साकार ईश्वरचिन्तनका दृष्टिले उत्तम रहेको र माधवप्रसाद घिमिरे ईश्वरवादी कवि भएको निष्कर्ष निकालिएको छ । दर्शनजस्तो विषयलाई कविताको विषय बनाएर त्यसलाई शास्त्रीय लयका माध्यमबाट कलात्मक र मार्मिक ढङ्गले प्रस्तुत गर्नु लेखकको वैशिष्ठ्य हो र यो नै अध्ययनको प्राप्ति पनि हो ।.

Related Results

Book Review
Book Review
Susheel Kumar Sharma’s Unwinding Self: A Collection of Poems. Cuttack: Vishvanatha Kaviraj Institute, 2020, ISBN: 978-81-943450-3-9, Paperback, pp. viii + 152. Like his earli...
विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry}
विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry}
माधवप्रसाद घिमिरेको विश्वबन्धु कविता विश्वमा भइरहेको खिचातानी र मारामारको होडबाजीबाट माथि उठेर सम्पूर्ण विश्वभरिका मानिसमा सहभ्रातृत्वको सम्बन्ध कायम गरी मानवतावादी चेतनाको प्रसार ...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
Comparison of spaceborne retrieved vertical velocity and latent heating profiles using the EarthCARE–GPM coincidence dataset
Comparison of spaceborne retrieved vertical velocity and latent heating profiles using the EarthCARE–GPM coincidence dataset
Latent heat (LH) released by precipitating cloud systems is a primary driver of vertical air motion (Vair) within clouds and plays a crucial role in transporting energy from the Ea...
“भिखारी” कवितामा मानवतावाद{ Humanism in "The Beggar" Poem}
“भिखारी” कवितामा मानवतावाद{ Humanism in "The Beggar" Poem}
प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित भिखारी कविताभित्र प्रयुक्त मानवतावादी दृष्टिको स्थितिपहिचान र खोजअन्वेषण गरिएको छ । कविद्वारा अभिव्यक्त मानवीय संवेदनाहरूलाई नौ श्ल...

Back to Top