Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘अवैध सम्बन्ध’ कविताको लयविधान

View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित लयविधानको सैद्धान्तिक अध्ययनका लागि पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरीतता, खण्डीकरण र लेख्यचिह्नको प्रयोगलाई प्रमुख आधार बनाइएको छ । त्यसका लागि पुस्तकालयीय कार्यको उपयोग गरी सामग्री सङ्कलन गरिएको छ । पाठविश्लेषणात्मक अध्ययनविधिको उपयोग गरिएको यो लेख गुणात्मक ढाँचामा रहेको छ । प्राथमिक सामग्रीका रूपमा ‘अवधै सम्बन्ध’ कवितालाई समष्टि विधिको उपयोग गरी लिइएको छ । यस कवितामा लयको प्रवाह सिर्जना गर्ने प्रकृतिका शाब्दिक तथा वार्णिक तथ्याङ्क सङ्कलन गर्दै ती साक्ष्यको निगमनात्मक तथा आवश्यकताअनुसार आगमनात्मक विधिको उपयोग गरी विश्लेषण र मूल्याङ्कन गरिएको छ । द्वितीयक सामग्रीका रूपमा पूर्वीय तथा पाश्चात्य समालोचना सिद्धान्तसँग सम्बन्धित विभिन्न सामग्रीको उपयोग गरी अध्ययन गरिएको यस कवितामा समाविष्ट अनियमित पङ्क्तिविन्यासका कारण विशिष्ट लयप्रवाहको सिर्जना भएको छ । पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरीतता, खण्डीकरण तथा लेख्यचिह्नले कवितामा गति, यति, आरोहअवरोह र पाठकमा विशिष्ट प्रकारको भाव सिर्जना गरी लयोत्पादन हुन पुगेको छ । कवितामा समानान्तरताको आवृत्ति, पदक्रम, अर्थतात्त्विक र प्रयुक्ति विचलन जस्ता प्रयोग र भाषिक एकाइहरूको अनुप्रासका कारण उत्पन्न साङ्गीतिक उतारचढाव हुन पुगी विशिष्ट लयोत्पादन भएको निष्कर्ष यस अध्ययनमा प्रस्तुत गरिएको छ ।
Title: ‘अवैध सम्बन्ध’ कविताको लयविधान
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित लयविधानको सैद्धान्तिक अध्ययनका लागि पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरीतता, खण्डीकरण र लेख्यचिह्नको प्रयोगलाई प्रमुख आधार बनाइएको छ । त्यसका लागि पुस्तकालयीय कार्यको उपयोग गरी सामग्री सङ्कलन गरिएको छ । पाठविश्लेषणात्मक अध्ययनविधिको उपयोग गरिएको यो लेख गुणात्मक ढाँचामा रहेको छ । प्राथमिक सामग्रीका रूपमा ‘अवधै सम्बन्ध’ कवितालाई समष्टि विधिको उपयोग गरी लिइएको छ । यस कवितामा लयको प्रवाह सिर्जना गर्ने प्रकृतिका शाब्दिक तथा वार्णिक तथ्याङ्क सङ्कलन गर्दै ती साक्ष्यको निगमनात्मक तथा आवश्यकताअनुसार आगमनात्मक विधिको उपयोग गरी विश्लेषण र मूल्याङ्कन गरिएको छ । द्वितीयक सामग्रीका रूपमा पूर्वीय तथा पाश्चात्य समालोचना सिद्धान्तसँग सम्बन्धित विभिन्न सामग्रीको उपयोग गरी अध्ययन गरिएको यस कवितामा समाविष्ट अनियमित पङ्क्तिविन्यासका कारण विशिष्ट लयप्रवाहको सिर्जना भएको छ । पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरीतता, खण्डीकरण तथा लेख्यचिह्नले कवितामा गति, यति, आरोहअवरोह र पाठकमा विशिष्ट प्रकारको भाव सिर्जना गरी लयोत्पादन हुन पुगेको छ । कवितामा समानान्तरताको आवृत्ति, पदक्रम, अर्थतात्त्विक र प्रयुक्ति विचलन जस्ता प्रयोग र भाषिक एकाइहरूको अनुप्रासका कारण उत्पन्न साङ्गीतिक उतारचढाव हुन पुगी विशिष्ट लयोत्पादन भएको निष्कर्ष यस अध्ययनमा प्रस्तुत गरिएको छ ।.

Related Results

भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
प्रस्तुत लेख विभिन्न विधा र प्रविधासँग लघुकथाको सम्बन्ध असम्बन्ध सम्बन्धी अध्ययनमा आधारित छ । यस लेखमा आख्यानका तीन प्रविधा उपन्यास, कथा र लघुकथाको तुलनात्मक अध्ययन गर्दै यी तीन वट...
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई ...
जीवनजगत्, भाषा र मनको सम्बन्ध
जीवनजगत्, भाषा र मनको सम्बन्ध
प्रस्तुत लेख जीवनजगत्, भाषा र मनको सम्बधको अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा जीवनजगत्, भाषा र मनको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनका बिचको सम्बन्धको निर्क्योल गरिएको छ । वि...
पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना
पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना
प्रस्तुत लेख वैयाकरण पाणिनि (इ.पू.पाँचौं शताब्दी) र आधुनिक भाषावैज्ञानिक अभ्राम नोम चम्की (जन्म, सन् १९२८) द्वारा प्रस्तुत कारकसम्बन्धी मान्यताको तुलनात्मक अध्ययनमा केन्द्रित छ । य...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
प्रस्तुत अध्ययन कुन्ता शर्माको ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । ‘पोथी बास्नुहुँदैन’ कवितामा बिम्बको शक्तिकेन्द्र निर्मितिको आधार र त्य...
‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
प्रस्तुत लेख नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यको आरम्भमा समाविष्ट 'अग्नि प्रवेश’ शीर्षकको कविताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत कविता मानवतावादको सैद्धान्तिक दृष्टिकोण...

Back to Top