Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण

View through CrossRef
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई शीर्षकीकरण, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीलाई थिमका रूपमा लिएर उक्त कवितासङ्ग्रहमा समाविष्ट कविताहरूको विधागत विश्लेण गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । गुणात्मक शोध ढाँचामा आधारित प्रस्तुत अध्ययनका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी विवेच्य कवितासङ्ग्रहका विशिष्ट पङ्क्तिहरूलाई अध्ययनका सूचक पक्ष मानेर कविता विधाका पक्षलाई अध्ययनको सैद्धान्तिक आधार मानिएको छ । यस क्रममा थिम (विषयवस्तु) हरूलाई वर्णनात्मक र विश्लेषणात्मक अध्ययन विधिका माध्यमबाट शीर्षकीकरण, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीलाई प्राप्तिका रूपमा चर्चा गरिएको छ । विषयवस्तु तथा भावविधानको चर्चा गर्ने क्रममा राष्ट्रप्रेम, नारी स्वतन्त्रता र सामथ्र्य चेतना, जीवनवादी दृष्टिकोण, मानवतावादी दर्शन, प्रेमप्रणय चिन्तन, काव्यचिन्तन, युगबोध र जीवनबोधसम्बन्धी दार्शनिक दृष्टिकोण, व्यङ्ग्यात्मकता, विद्रोही भाव तथा क्रान्तिकारिता, सुरम्य प्रकृति चित्रण, सांस्कृतिक आर्षमहिमा गान, ग्राम विकास प्रियताजस्ता मानव जीवनका विविध विषय र भावहरू विवेच्य सङ्ग्रहका कविताहरूले समेटेको निष्कर्ष प्राप्त भएको छ । कविताहरूको समीक्षा गर्ने विभिन्न दृष्टिकोणहरू रहेता पनि यस अध्ययनका लागि शीर्षक सार्थकता, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीका दृष्टिले मात्र समीक्षा गर्नु यस लेखको सीमा हो । प्रस्तुत लेखमा गर्भे टिप्पणी र सन्दर्भ सामग्री सूचिलाई एपिए पद्धतिको ढाँचामा सातौँ संस्करणअनुसार राखिएको छ ।
Nepal Journals Online (JOL)
Title: मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
Description:
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई शीर्षकीकरण, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीलाई थिमका रूपमा लिएर उक्त कवितासङ्ग्रहमा समाविष्ट कविताहरूको विधागत विश्लेण गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । गुणात्मक शोध ढाँचामा आधारित प्रस्तुत अध्ययनका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी विवेच्य कवितासङ्ग्रहका विशिष्ट पङ्क्तिहरूलाई अध्ययनका सूचक पक्ष मानेर कविता विधाका पक्षलाई अध्ययनको सैद्धान्तिक आधार मानिएको छ । यस क्रममा थिम (विषयवस्तु) हरूलाई वर्णनात्मक र विश्लेषणात्मक अध्ययन विधिका माध्यमबाट शीर्षकीकरण, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीलाई प्राप्तिका रूपमा चर्चा गरिएको छ । विषयवस्तु तथा भावविधानको चर्चा गर्ने क्रममा राष्ट्रप्रेम, नारी स्वतन्त्रता र सामथ्र्य चेतना, जीवनवादी दृष्टिकोण, मानवतावादी दर्शन, प्रेमप्रणय चिन्तन, काव्यचिन्तन, युगबोध र जीवनबोधसम्बन्धी दार्शनिक दृष्टिकोण, व्यङ्ग्यात्मकता, विद्रोही भाव तथा क्रान्तिकारिता, सुरम्य प्रकृति चित्रण, सांस्कृतिक आर्षमहिमा गान, ग्राम विकास प्रियताजस्ता मानव जीवनका विविध विषय र भावहरू विवेच्य सङ्ग्रहका कविताहरूले समेटेको निष्कर्ष प्राप्त भएको छ । कविताहरूको समीक्षा गर्ने विभिन्न दृष्टिकोणहरू रहेता पनि यस अध्ययनका लागि शीर्षक सार्थकता, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीका दृष्टिले मात्र समीक्षा गर्नु यस लेखको सीमा हो । प्रस्तुत लेखमा गर्भे टिप्पणी र सन्दर्भ सामग्री सूचिलाई एपिए पद्धतिको ढाँचामा सातौँ संस्करणअनुसार राखिएको छ ।.

Related Results

दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
प्रस्तुत लेख उल्टो धार कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक आर. बी. निश्चल हुन् । निश्चलका कवितामा मुख्य गरी सबाल्र्टन चेतना मुखरित भएको पाइन्छ । परम्पराद...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
नदी किनाराका भाझी' मोहन कोइरालाको लामो कविता हो । यो नदी किनाराका माझी लामा कवितासङ्ग्रहको पहिलो क्रममा रहेको कविता हो । यसमा नदीको किनारामा बसोवास गर्ने माझी समुदायको जीवनपद्धतिला...

Back to Top