Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य

View through CrossRef
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको सघन व्यङ्ग्य पाइन्छ । रूपमा र सारमा भिन्नै चरित्र भएका मानिसहरूको यथार्थ अवस्थाको चिरफार गर्ने काम कविले गरेका छन् ।  विभिन्न स्वरूप र आकारका कविताद्वारा मानवीय विकृतिमाथिको कटाक्ष कृतिमा व्यक्त भएको पाइन्छ । व्यक्ति, समाज र राष्ट्रमा चुलिएका बेथितिहरूलाई मर्ममा पुग्ने गरी प्रहार गरिएकाले व्यङ्ग्यको पाटो नै सशक्त बनेर आएको पाइन्छ । कवितामा कतै सिधै त कतै व्याजस्तुतिमय शैलीका माध्यमबाट विकृतिमाथि कटु प्रहार गरिएको देख्न सकिन्छ । सामाजिक, राजनीतिक, शैक्षिक, आदि क्षेत्रमा भएका अराजक व्यवहार र छुद्रतालाई झल्काई मानिसको व्यवहारमा सुधार र परिष्कारको आग्रह गरिएको पाइन्छ । उच्चपदमा रहेकाहरूले आफ्नो मर्यादा राख्न नसकेको यथार्थलाई रोचक पाराले व्यङ्ग्य कसिएको पाइन्छ । कविले आफू बसेको समाजमा देखेभोगेका वास्तविकतालाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेका छन् । यस लेखमा व्यक्तिका तहदेखि आम संस्कृति बनेर रहेको कामचोर प्रवृत्तिलाई प्रकाश पारिएको कुरालाई महत्त्वका साथ विश्लेषण गर्ने काम गरिएको छ । नेपाली साहित्य समालोचनामा भानुभक्तभन्दा अगाडिदेखि अस्तित्वमा रहेको व्यङ्ग्य लेखन र व्यङ्ग्यात्मक सिद्धान्तका आधारमा वनमाली निराकारद्वारा लिखित मान्छेका रङहरू कवितासङ्ग्रहमा केन्द्रित रही विश्लेषण गर्ने काम गरिएको छ । व्यङ्ग्यको आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा मान्छेका रङहरू कृतिमा हास्यव्यङ्ग्यको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत कवितासङ्ग्रहलाई हास्यव्यङ्ग्यको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी कृतिको मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा प्रथम र द्वितीयक स्रोतबाट आवश्यक सामग्री सङ्कलन गरिएको छ । वर्णनात्मक तथा विश्लेषणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । व्यङ्ग्यसम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित व्यङयलाई खोजी विश्लेषणका साथमा निष्कर्ष निकाल्ने काम गरिएको छ ।
Title: मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
Description:
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको सघन व्यङ्ग्य पाइन्छ । रूपमा र सारमा भिन्नै चरित्र भएका मानिसहरूको यथार्थ अवस्थाको चिरफार गर्ने काम कविले गरेका छन् ।  विभिन्न स्वरूप र आकारका कविताद्वारा मानवीय विकृतिमाथिको कटाक्ष कृतिमा व्यक्त भएको पाइन्छ । व्यक्ति, समाज र राष्ट्रमा चुलिएका बेथितिहरूलाई मर्ममा पुग्ने गरी प्रहार गरिएकाले व्यङ्ग्यको पाटो नै सशक्त बनेर आएको पाइन्छ । कवितामा कतै सिधै त कतै व्याजस्तुतिमय शैलीका माध्यमबाट विकृतिमाथि कटु प्रहार गरिएको देख्न सकिन्छ । सामाजिक, राजनीतिक, शैक्षिक, आदि क्षेत्रमा भएका अराजक व्यवहार र छुद्रतालाई झल्काई मानिसको व्यवहारमा सुधार र परिष्कारको आग्रह गरिएको पाइन्छ । उच्चपदमा रहेकाहरूले आफ्नो मर्यादा राख्न नसकेको यथार्थलाई रोचक पाराले व्यङ्ग्य कसिएको पाइन्छ । कविले आफू बसेको समाजमा देखेभोगेका वास्तविकतालाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेका छन् । यस लेखमा व्यक्तिका तहदेखि आम संस्कृति बनेर रहेको कामचोर प्रवृत्तिलाई प्रकाश पारिएको कुरालाई महत्त्वका साथ विश्लेषण गर्ने काम गरिएको छ । नेपाली साहित्य समालोचनामा भानुभक्तभन्दा अगाडिदेखि अस्तित्वमा रहेको व्यङ्ग्य लेखन र व्यङ्ग्यात्मक सिद्धान्तका आधारमा वनमाली निराकारद्वारा लिखित मान्छेका रङहरू कवितासङ्ग्रहमा केन्द्रित रही विश्लेषण गर्ने काम गरिएको छ । व्यङ्ग्यको आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा मान्छेका रङहरू कृतिमा हास्यव्यङ्ग्यको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत कवितासङ्ग्रहलाई हास्यव्यङ्ग्यको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी कृतिको मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा प्रथम र द्वितीयक स्रोतबाट आवश्यक सामग्री सङ्कलन गरिएको छ । वर्णनात्मक तथा विश्लेषणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । व्यङ्ग्यसम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित व्यङयलाई खोजी विश्लेषणका साथमा निष्कर्ष निकाल्ने काम गरिएको छ ।.

Related Results

पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
प्रस्तुत लेख गजलकार लक्ष्मण थापाको पलापला गजलकृतिमा निहित राजनीतिक व्यङ्ग्यको विश्लेषणमा केन्द्रित रहेको छ । व्यङ्ग्यले कुनै पनि विषयमाथि देखिएका बेथिति र विसङ्गतिप्रति शिष्ट र मर्...
स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}
स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}
नवोदित कवि भास्कर भण्डारीको पहिलो कवितासङ्ग्रह स्पर्शमा तिस ओटा गद्यकविताहरू रहेका छन् । यिनमा दार्शनिक तथा समसामयिक राष्ट्रियचेतलाई प्रमुख कथ्य बनाइएको छ । विषयगत गम्भीरता र काव्य...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई ...
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यस...
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्न...
भाषिक सिपको विकासमा उखान शिक्षण
भाषिक सिपको विकासमा उखान शिक्षण
उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लाग...

Back to Top