Javascript must be enabled to continue!
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
View through CrossRef
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्नु रहेको छ । त्यसमा पनि पाश्चात्य जगत्मा प्रचलित शैली वैज्ञानिक अध्ययन नवीन तथा गहनतम् समीक्षात्मक पद्धतिका आधारमा ‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन गरिएको छ । उपन्यासमा नेपाली आधुनिक यान्त्रिकताले थिचिएको निम्न–मध्यम वर्गीय, निम्न बेतनधारी कर्मचारीको यथार्थ व्यक्तिवृत्त चित्रण गरिको छ । प्रस्तुत उपन्यासमा निम्न–मध्यम वर्गीय सामान्य कर्मचारीको पारिवारिक एकाइ कसरी टुट्दैछ, व्यक्ति कसरी एक्लो र असहाय हुँदैछ, जीवनका आदर्श स्थिति के हुन्, समाज कसरी जीवनलाई निकृष्ट बनाउने गरी बदलिएको छ, समय कसरी मानवमूल्य निश्चेष्ट छ भन्ने विषयवस्तु विवेच्य छ । मानवमूल्य र अस्तिŒवको खोजीमा जीवनलाई दासत्वबाट मुक्ति पाउन गरिएको प्रयासलाई महत्वदिइएको छ । यस उपन्यासको कथानक, चरित्र, भाषिक चयन, विचलन र समानान्तरताको वस्तुपरक, वर्णनात्मक तथा समीक्षात्मक अध्ययन र विश्लेषणले मार्मिक तथा गतिशील कथानक, जीवन्त चरित्र, सार्थक भाषिक छनोट र उपयुक्त शैलीले उपन्यासलाई जीवन्त, सार्थक र प्रभावकारी बनाएको पुस्ट्याई गरिएको छ । यस अध्ययनबाट उपन्यासकार गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यङ्ग्य र कारुणिकताको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको र शैली शिल्पता उत्कृष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।
Title: ‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
Description:
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्नु रहेको छ । त्यसमा पनि पाश्चात्य जगत्मा प्रचलित शैली वैज्ञानिक अध्ययन नवीन तथा गहनतम् समीक्षात्मक पद्धतिका आधारमा ‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन गरिएको छ । उपन्यासमा नेपाली आधुनिक यान्त्रिकताले थिचिएको निम्न–मध्यम वर्गीय, निम्न बेतनधारी कर्मचारीको यथार्थ व्यक्तिवृत्त चित्रण गरिको छ । प्रस्तुत उपन्यासमा निम्न–मध्यम वर्गीय सामान्य कर्मचारीको पारिवारिक एकाइ कसरी टुट्दैछ, व्यक्ति कसरी एक्लो र असहाय हुँदैछ, जीवनका आदर्श स्थिति के हुन्, समाज कसरी जीवनलाई निकृष्ट बनाउने गरी बदलिएको छ, समय कसरी मानवमूल्य निश्चेष्ट छ भन्ने विषयवस्तु विवेच्य छ । मानवमूल्य र अस्तिŒवको खोजीमा जीवनलाई दासत्वबाट मुक्ति पाउन गरिएको प्रयासलाई महत्वदिइएको छ । यस उपन्यासको कथानक, चरित्र, भाषिक चयन, विचलन र समानान्तरताको वस्तुपरक, वर्णनात्मक तथा समीक्षात्मक अध्ययन र विश्लेषणले मार्मिक तथा गतिशील कथानक, जीवन्त चरित्र, सार्थक भाषिक छनोट र उपयुक्त शैलीले उपन्यासलाई जीवन्त, सार्थक र प्रभावकारी बनाएको पुस्ट्याई गरिएको छ । यस अध्ययनबाट उपन्यासकार गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यङ्ग्य र कारुणिकताको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको र शैली शिल्पता उत्कृष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
मेवाड चित्र शैली के अतंर्गत रामायण के चित्रो का सौन्दर्यात्मक अध्ययन
मेवाड चित्र शैली के अतंर्गत रामायण के चित्रो का सौन्दर्यात्मक अध्ययन
15वीं शताब्दी के लगभग राजस्थान लघुचित्र शैली का उदभव व विकास माना जाता है। इस काल मे राजस्थानी चित्रकारो ने अपनी कला को श्रीकृष्ण व राम के पवित्र चरित्राकंन से सम्पूर्ण किया है। यह...
अप्रिय उपन्यासमा अन्तर्पाठीयता
अप्रिय उपन्यासमा अन्तर्पाठीयता
प्रस्तुत लेखमा अन्तर्पाठीयताको सिद्धान्तका आधारमा ध्रुवचन्द्र गौतमको 'अप्रिय’ उपन्यासको अध्ययन गरिएको छ । यस उपन्यासमा अन्तर्पाठ प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनको पहिचान एवं व...
अभिभावक शैली एवं शैक्षिक उपलब्धि: एक विश्लेषणात्मक अध्ययन
अभिभावक शैली एवं शैक्षिक उपलब्धि: एक विश्लेषणात्मक अध्ययन
वर्तमान अध्ययन का उद्देश्य उच्च माध्यमिक स्तर के विद्यार्थियों की शैक्षिक उपलब्धि पर अभिभावक शैली (Parenting Style) के प्रभाव का विश्लेषण करना है। अध्ययन में पाया गया कि परिपक्वताव...
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...

