Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चरीमाई उपन्यासमा भाषिक विचलन

View through CrossRef
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश्लेषण गर्नु हो । यसमा प्राथमिक सामग्रीका रूपमा चरीमाई उपन्यासलाई लिइएको छ भने पुस्तकालय कार्यबाट पुस्तक, पत्रपत्रिका, शोधपत्र तथा लेखरचनाहरूलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरी वर्णनात्मक विधिको प्रयोग गरिएको छ । लेखमा विचलका सान्दर्भिक प्रयोगको विश्लेषण गरिएको छ । यसले उपन्यासको बाह्य सौन्दर्य बढाउनुका साथै भावगत गहनतालाई जीवन्त तुल्याएको छ । भाषिक विचलको सार्थक प्रयोगले उपन्यासको भाव र अर्थगतपक्ष सौन्दर्यपूर्ण बनेको छ । प्रतीकात्मक, लक्ष्यार्थ, व्यञ्जनामूलक भाषिक एकाइ, उखान र टुक्काको प्रयोगले उपन्यासमा आकर्षण थप्नुका साथै प्रस्तुतीमा सौन्दर्य बढाएको छ । उपन्यासमा ध्वनि, कोशीय, भाषिकागत, प्रयुक्ति, व्याकरणिक, आर्थी र लेख्यप्रक्रियागत तहमा विचलनका सान्दर्भिक प्रयोग गरिएका छन् । प्रतीकात्मक भाषिक प्रयोग गरी आर्थी विचलनद्वारा अभिव्यक्तिलाई आकर्षक तुल्याई लक्ष्यार्थ र व्यञ्जनामूलक भाषिक एकाइको प्रयोग गरिएको छ । प्रस्तुतिमा सौन्दर्य बढाउँदै उपन्यासलाई आकर्षक बनाइएको निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।
Title: चरीमाई उपन्यासमा भाषिक विचलन
Description:
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश्लेषण गर्नु हो । यसमा प्राथमिक सामग्रीका रूपमा चरीमाई उपन्यासलाई लिइएको छ भने पुस्तकालय कार्यबाट पुस्तक, पत्रपत्रिका, शोधपत्र तथा लेखरचनाहरूलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरी वर्णनात्मक विधिको प्रयोग गरिएको छ । लेखमा विचलका सान्दर्भिक प्रयोगको विश्लेषण गरिएको छ । यसले उपन्यासको बाह्य सौन्दर्य बढाउनुका साथै भावगत गहनतालाई जीवन्त तुल्याएको छ । भाषिक विचलको सार्थक प्रयोगले उपन्यासको भाव र अर्थगतपक्ष सौन्दर्यपूर्ण बनेको छ । प्रतीकात्मक, लक्ष्यार्थ, व्यञ्जनामूलक भाषिक एकाइ, उखान र टुक्काको प्रयोगले उपन्यासमा आकर्षण थप्नुका साथै प्रस्तुतीमा सौन्दर्य बढाएको छ । उपन्यासमा ध्वनि, कोशीय, भाषिकागत, प्रयुक्ति, व्याकरणिक, आर्थी र लेख्यप्रक्रियागत तहमा विचलनका सान्दर्भिक प्रयोग गरिएका छन् । प्रतीकात्मक भाषिक प्रयोग गरी आर्थी विचलनद्वारा अभिव्यक्तिलाई आकर्षक तुल्याई लक्ष्यार्थ र व्यञ्जनामूलक भाषिक एकाइको प्रयोग गरिएको छ । प्रस्तुतिमा सौन्दर्य बढाउँदै उपन्यासलाई आकर्षक बनाइएको निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।.

Related Results

समसामयिक नेपाली कवितामा भाषिक विचलन
समसामयिक नेपाली कवितामा भाषिक विचलन
प्रस्तुत लेख समसामयिक नेपाली कवितामा भाषिक विचलनसम्बन्धी अध्ययनमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसमा विश्लेष...
पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्न...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...

Back to Top