Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन

View through CrossRef
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र आवश्यकता, भाषिक परीक्षण तथा मूल्याङ्कनको परिचय तथा प्रयोजन, परीक्षण र मूल्याङ्कनका सिद्धान्तहरू, भाषिक परीक्षणका उपाय र साधनहरू तथा परीक्षण प्रक्रिया र शिक्षकको भूमिका आदिका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । लेखलाई गुणात्मक ढाँचामा संरचित गरिएको छ । यसका लागि सैद्धान्तिक किसिमका पुस्तकहरूलाई आधार बनाइएको छ । यस लेख निर्माणका लागि आवश्यक सामग्री सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भ कृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।अध्ययनबाट बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि पाठ्यक्रमका उद्देश्य, परीक्षणीय विषय, भाषिक सिपको छनोट, भाषिक एकनिष्ठता, योजनाबद्ध परीक्षण, विश्वसनीयता र वैधता आदि कुरामा ध्यान दिनु पर्ने निष्कर्ष निकालिएको छ । त्यस्तै बहुभाषिक कक्षामा परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि लिखित, मौखिक, अवलोकन तथा प्रयोगात्मक आदि युक्तिहरूको प्रयोग गर्नु पर्ने, विद्यार्थीका कक्षाकार्य, गृहकार्य, परीक्षाका उत्तरपुस्तिका आदिलाई समेटी पोर्टफोलियो निर्माण गर्नु गर्ने र त्यसलाई भाषा सिकाइका क्रममा उपयोग गर्नु पर्ने तथा परीक्षणमा कमजोर देखिएका विद्यार्थीलाई निराकरणमूलक, प्रोत्साहनमूलक र सबलीकरणयुक्त कार्यहरू गरेर पुनः परीक्षणका लागि तयार गर्ने, निरन्तर प्रेरणा, हौसला, मार्गदर्शन र परामर्श सेवा प्रदान गर्ने आदि कार्य गरी बहुभाषिक कक्षाका विद्यार्थीहरूको उपलब्धि स्तर बढाउन सकिने निष्कर्ष निकालिएको छ ।
Title: बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
Description:
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र आवश्यकता, भाषिक परीक्षण तथा मूल्याङ्कनको परिचय तथा प्रयोजन, परीक्षण र मूल्याङ्कनका सिद्धान्तहरू, भाषिक परीक्षणका उपाय र साधनहरू तथा परीक्षण प्रक्रिया र शिक्षकको भूमिका आदिका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । लेखलाई गुणात्मक ढाँचामा संरचित गरिएको छ । यसका लागि सैद्धान्तिक किसिमका पुस्तकहरूलाई आधार बनाइएको छ । यस लेख निर्माणका लागि आवश्यक सामग्री सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भ कृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।अध्ययनबाट बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि पाठ्यक्रमका उद्देश्य, परीक्षणीय विषय, भाषिक सिपको छनोट, भाषिक एकनिष्ठता, योजनाबद्ध परीक्षण, विश्वसनीयता र वैधता आदि कुरामा ध्यान दिनु पर्ने निष्कर्ष निकालिएको छ । त्यस्तै बहुभाषिक कक्षामा परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि लिखित, मौखिक, अवलोकन तथा प्रयोगात्मक आदि युक्तिहरूको प्रयोग गर्नु पर्ने, विद्यार्थीका कक्षाकार्य, गृहकार्य, परीक्षाका उत्तरपुस्तिका आदिलाई समेटी पोर्टफोलियो निर्माण गर्नु गर्ने र त्यसलाई भाषा सिकाइका क्रममा उपयोग गर्नु पर्ने तथा परीक्षणमा कमजोर देखिएका विद्यार्थीलाई निराकरणमूलक, प्रोत्साहनमूलक र सबलीकरणयुक्त कार्यहरू गरेर पुनः परीक्षणका लागि तयार गर्ने, निरन्तर प्रेरणा, हौसला, मार्गदर्शन र परामर्श सेवा प्रदान गर्ने आदि कार्य गरी बहुभाषिक कक्षाका विद्यार्थीहरूको उपलब्धि स्तर बढाउन सकिने निष्कर्ष निकालिएको छ ।.

Related Results

बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहर...
पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाक...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्न...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...

Back to Top