Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था

View through CrossRef
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्रस्तुत लेखको प्रमुख उद्देश्य सुदूरपश्चिम प्रदेशमा प्रयोगमा रहेका भाषाको अवस्था उल्लेख गरी वर्गीकरण गर्नु हो । परिमाणात्मक ढाँचामा तयार पारिएको यस लेखको प्रस्तुति वर्णनात्मक प्रकृतिको छ । यस लेखमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट भाषिक तथ्याङ्क मुख्य सामग्री बनेका छन् । त्यस्तै भाषा आयोग एवम् सम्बद्ध विभिन्न स्रोत सामग्रीबाट समेत सूचना सङ्कलन गरिएको छ । प्रस्तुतिलाई सरल एवम् बोधगम्य बनाउन तथ्यलाई तालिका तथा चित्रमा प्रस्तुत गरी वर्णन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ७२ ओटा भाषा प्रयोगमा रहेको पाइएको छ । उक्त प्रदेशमा पाँच भाषाका वक्ता एक लाखभन्दा बढी सङ्ख्यामा रहेका छन् । दश हजारदेखि एक लाखसम्म वक्तासङ्ख्या भएका भाषाको सङ्ख्या छओटा र दश हजारभन्दा कम वक्तासङ्ख्या भएका भाषाहरू ६१ ओटा रहेका छन् । उक्त प्रदेशमा नेपालीबाहेकका अधिकांश मातृभाषी वक्ताले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा उपयोग गर्दछन् । सुदूरपश्चिम प्रदेशमा ५१ भाषाहरू दोस्रो भाषाको रूपमा प्रयोग भएको पाइन्छ । उक्त प्रदेशमा प्रचलित कुल ७४ पुर्खाका भाषामध्ये डोटेली, बैतडेली, थारू, अछामी, बझाङी, नेपाली, दार्चुलेली, बाजुरेली भाषालाई पुर्खाको भाषाका रूपमा प्रयोग गर्नेहरूको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । सुदूरपश्चिम प्रदेशमा भारोपेली भाषापरिवार, चिनियाँतिब्बती भाषापरिवार र द्रबिडेली भाषापरिवार गरी तीनओटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । यस प्रदेशमा भारोपेली भाषापरिवारका वक्ताको बाहुल्य छ । निर्दिष्ट प्रदेशका कैलाली जिल्लामा ५४ र बैतडी जिल्लामा १५ भाषा मात्र प्रयोगमा छन् । सुदूरपश्चिम प्रदेशका कुनै पालिकामा दुईओटा र कुनै पालिकामा ३७ ओटासम्म मातृभाषा प्रयोगमा छन् । सुदूरपश्चिम प्रदेश भाषिक विविधताको सङ्गम भएकाले उक्त क्षेत्रमा रहेका भाषाको संरक्षण तथा संवर्धन आवश्यक देखिन्छ ।
Title: सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
Description:
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्रस्तुत लेखको प्रमुख उद्देश्य सुदूरपश्चिम प्रदेशमा प्रयोगमा रहेका भाषाको अवस्था उल्लेख गरी वर्गीकरण गर्नु हो । परिमाणात्मक ढाँचामा तयार पारिएको यस लेखको प्रस्तुति वर्णनात्मक प्रकृतिको छ । यस लेखमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट भाषिक तथ्याङ्क मुख्य सामग्री बनेका छन् । त्यस्तै भाषा आयोग एवम् सम्बद्ध विभिन्न स्रोत सामग्रीबाट समेत सूचना सङ्कलन गरिएको छ । प्रस्तुतिलाई सरल एवम् बोधगम्य बनाउन तथ्यलाई तालिका तथा चित्रमा प्रस्तुत गरी वर्णन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ७२ ओटा भाषा प्रयोगमा रहेको पाइएको छ । उक्त प्रदेशमा पाँच भाषाका वक्ता एक लाखभन्दा बढी सङ्ख्यामा रहेका छन् । दश हजारदेखि एक लाखसम्म वक्तासङ्ख्या भएका भाषाको सङ्ख्या छओटा र दश हजारभन्दा कम वक्तासङ्ख्या भएका भाषाहरू ६१ ओटा रहेका छन् । उक्त प्रदेशमा नेपालीबाहेकका अधिकांश मातृभाषी वक्ताले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा उपयोग गर्दछन् । सुदूरपश्चिम प्रदेशमा ५१ भाषाहरू दोस्रो भाषाको रूपमा प्रयोग भएको पाइन्छ । उक्त प्रदेशमा प्रचलित कुल ७४ पुर्खाका भाषामध्ये डोटेली, बैतडेली, थारू, अछामी, बझाङी, नेपाली, दार्चुलेली, बाजुरेली भाषालाई पुर्खाको भाषाका रूपमा प्रयोग गर्नेहरूको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । सुदूरपश्चिम प्रदेशमा भारोपेली भाषापरिवार, चिनियाँतिब्बती भाषापरिवार र द्रबिडेली भाषापरिवार गरी तीनओटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । यस प्रदेशमा भारोपेली भाषापरिवारका वक्ताको बाहुल्य छ । निर्दिष्ट प्रदेशका कैलाली जिल्लामा ५४ र बैतडी जिल्लामा १५ भाषा मात्र प्रयोगमा छन् । सुदूरपश्चिम प्रदेशका कुनै पालिकामा दुईओटा र कुनै पालिकामा ३७ ओटासम्म मातृभाषा प्रयोगमा छन् । सुदूरपश्चिम प्रदेश भाषिक विविधताको सङ्गम भएकाले उक्त क्षेत्रमा रहेका भाषाको संरक्षण तथा संवर्धन आवश्यक देखिन्छ ।.

Related Results

पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्ति...
पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता
पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता
प्रस्तुत अध्ययन भिगोत्स्कीद्वारा प्रतिपादित सामाजिक–सांस्कृतिक सिद्धान्त (सन् १९७८) लाई सैद्धान्तिक आधार मानी विद्यालयीय परिवेशमा बालबालिकाको भाषिक सिप विकासका लागि पाठ्येतर बालसाह...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
बाजुराः भाषा, संस्कृति र पहिचानको त्रिवेणी
बाजुराः भाषा, संस्कृति र पहिचानको त्रिवेणी
प्रस्तुत लेख नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित बाजुरा जिल्लाको विशिष्ट भाषा, समृद्ध लोकसंस्कृति र सामाजिक पहिचानबीचको अन्तरसम्बन्धलाई उजागर गर्न केन्द्रित छ । यसका लागि पुस्तकाल...
शून्यको मूल्यको साहित्यिक मूल्य
शून्यको मूल्यको साहित्यिक मूल्य
तुत लेख शून्यको मूल्य नामक कृतिको साहित्यिक मूल्यको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषणका लागि पूर्वीय साहित्य सिद...

Back to Top