Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता

View through CrossRef
प्रस्तुत अध्ययन भिगोत्स्कीद्वारा प्रतिपादित सामाजिक–सांस्कृतिक सिद्धान्त (सन् १९७८) लाई सैद्धान्तिक आधार मानी विद्यालयीय परिवेशमा बालबालिकाको भाषिक सिप विकासका लागि पाठ्येतर बालसाहित्यको उपयोगको वर्तमान अवस्था र त्यसको प्रभावकारी प्रयोगका लागि शिक्षकलाई आवश्यक पर्ने तालिमसम्बन्धी समस्यामा केन्द्रित छ । यस सिद्धान्तअनुसार बालबालिकाको संज्ञानात्मक तथा भाषिक विकास उनीहरू अवस्थित सामाजिक–सांस्कृतिक परिवेशमा हुने अर्थपूर्ण अन्तक्र्रियाबाट सम्भव हुन्छ, जसमा भाषा प्रमुख मध्यस्थ साधनका रूपमा क्रियाशील हुन्छ । यद्यपि नीतिगत रूपमा पाठ्येतर बालसाहित्यको शैक्षिक महत्त्व स्वीकार गरिएको परिप्रेक्ष्यमा पनि व्यवहारमा यसको पहुँच, व्यवस्थापन र कक्षाकोठामा प्रयोगको अवस्था कमजोर देखिन्छ । यस अध्ययनको मुख्य उद्देश्य विद्यालयीय वातावरण तथा सरोकारवालामा विद्यमान र अपेक्षित सक्षमता बिचको अन्तराल पहिचान गरी शिक्षक तालिमको आवश्यकता निर्धारण गर्नु हो । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस अध्ययनमा काठमाडौँ उपत्यकाका दुई विद्यालयलाई उद्देश्यमूलक रूपमा छनोट गरिएको छ । तथ्य सङ्कलनका लागि स्थलगत अवलोकन तथा नेपाली भाषा शिक्षकसँग खुला अन्तर्वार्ता लिइएको छ । प्राप्त तथ्यहरू विद्यालयमा उपलब्ध पाठ्येतर सामग्रीको अवस्था, शिक्षकको बुझाइ, वर्तमान प्रयोग अभ्यास, सामना गरिएका चुनौती र तालिमसम्बन्धी आवश्यकताका आधारमा विश्लेषण गरिएको छ । अध्ययनबाट पाठ्येतर बालसाहित्य बालबालिकाको सुनाइ, बोलाइ, शब्दभण्डार र अभिव्यक्ति सिप विकासमा प्रभावकारी भएपनि यसको प्रयोग शिक्षकको व्यक्तिगत प्रयासमा सीमित रहेको निष्कर्ष प्राप्त भएको छ । सामग्रीको अभाव, समय व्यवस्थापनको समस्या, सामग्री छनोट तथा प्रयोगसम्बन्धी सिप र तालिमको कमी, साथै विद्यालय प्रशासन र अभिभावकको न्यून प्राथमिकता पाठ्येतर बालसाहित्य प्रयोगको प्रमुख अवरोधका रूपमा देखिएका छन् । यस अध्ययनका निष्कर्षले शिक्षक तालिम प्रदायक निकायलाई सन्दर्भानुकूल तालिम योजनानिर्माण गर्न आधार प्रदान गर्नुका साथै विद्यालय, शिक्षक, अभिभावक र नीति निर्माता बिचको सहकार्यमार्फत पठनमैत्री वातावरण निर्माण गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता
Description:
प्रस्तुत अध्ययन भिगोत्स्कीद्वारा प्रतिपादित सामाजिक–सांस्कृतिक सिद्धान्त (सन् १९७८) लाई सैद्धान्तिक आधार मानी विद्यालयीय परिवेशमा बालबालिकाको भाषिक सिप विकासका लागि पाठ्येतर बालसाहित्यको उपयोगको वर्तमान अवस्था र त्यसको प्रभावकारी प्रयोगका लागि शिक्षकलाई आवश्यक पर्ने तालिमसम्बन्धी समस्यामा केन्द्रित छ । यस सिद्धान्तअनुसार बालबालिकाको संज्ञानात्मक तथा भाषिक विकास उनीहरू अवस्थित सामाजिक–सांस्कृतिक परिवेशमा हुने अर्थपूर्ण अन्तक्र्रियाबाट सम्भव हुन्छ, जसमा भाषा प्रमुख मध्यस्थ साधनका रूपमा क्रियाशील हुन्छ । यद्यपि नीतिगत रूपमा पाठ्येतर बालसाहित्यको शैक्षिक महत्त्व स्वीकार गरिएको परिप्रेक्ष्यमा पनि व्यवहारमा यसको पहुँच, व्यवस्थापन र कक्षाकोठामा प्रयोगको अवस्था कमजोर देखिन्छ । यस अध्ययनको मुख्य उद्देश्य विद्यालयीय वातावरण तथा सरोकारवालामा विद्यमान र अपेक्षित सक्षमता बिचको अन्तराल पहिचान गरी शिक्षक तालिमको आवश्यकता निर्धारण गर्नु हो । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस अध्ययनमा काठमाडौँ उपत्यकाका दुई विद्यालयलाई उद्देश्यमूलक रूपमा छनोट गरिएको छ । तथ्य सङ्कलनका लागि स्थलगत अवलोकन तथा नेपाली भाषा शिक्षकसँग खुला अन्तर्वार्ता लिइएको छ । प्राप्त तथ्यहरू विद्यालयमा उपलब्ध पाठ्येतर सामग्रीको अवस्था, शिक्षकको बुझाइ, वर्तमान प्रयोग अभ्यास, सामना गरिएका चुनौती र तालिमसम्बन्धी आवश्यकताका आधारमा विश्लेषण गरिएको छ । अध्ययनबाट पाठ्येतर बालसाहित्य बालबालिकाको सुनाइ, बोलाइ, शब्दभण्डार र अभिव्यक्ति सिप विकासमा प्रभावकारी भएपनि यसको प्रयोग शिक्षकको व्यक्तिगत प्रयासमा सीमित रहेको निष्कर्ष प्राप्त भएको छ । सामग्रीको अभाव, समय व्यवस्थापनको समस्या, सामग्री छनोट तथा प्रयोगसम्बन्धी सिप र तालिमको कमी, साथै विद्यालय प्रशासन र अभिभावकको न्यून प्राथमिकता पाठ्येतर बालसाहित्य प्रयोगको प्रमुख अवरोधका रूपमा देखिएका छन् । यस अध्ययनका निष्कर्षले शिक्षक तालिम प्रदायक निकायलाई सन्दर्भानुकूल तालिम योजनानिर्माण गर्न आधार प्रदान गर्नुका साथै विद्यालय, शिक्षक, अभिभावक र नीति निर्माता बिचको सहकार्यमार्फत पठनमैत्री वातावरण निर्माण गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।.

Related Results

राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति (एनईपी) 2020 भारत के शैक्षिक परिदृश्य में एक परिवर्तनकारी बदलाव का प्रतीक है, जिसका लक्ष्य देश की शिक्षा प्रणाली को 21वीं सदी के वैश्विक मानकों के अनुरूप बनान...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...
भारतीय जनांकिकीय लाभांश
भारतीय जनांकिकीय लाभांश
भारत को जनांकिकीय लाभांश का लाभ उठाने और अविश्वनीय आर्थिक विकास प्राप्त करने के लिए ऐसे विभिन्न पहलू है जिस पर भारत को कार्य करने की आवश्यकता है। भारत में 25 वर्ष की आयु वाले लोग क...
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग
नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग
हरेक व्यक्ति कुनै न कुनै रूपमा सत्यको खोजीमा लागि रहन्छन् । उनीहरु आफ्नो आदर्श, मूल्य र उद्देश्य अनुसार विभिन्न धारणा र दृष्टिकोणहरु बनाइ रहन्छन् । यो उनीहरुको जीवन दर्शन हो । यसैल...
भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि
भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि
प्रस्तुत अनुसन्धानत्मक लेख भाषातत्व शिक्षणका क्षेत्रमा केन्द्रित छ । स्नातक तहको नेपाली भाषातत्व(व्याकरण) शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्थाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानक...
प्रेस कानून
प्रेस कानून
वर्तमान समय में प्रेस को लोकतन्त्र का चौथ स्तम्भ कहा जाता है। लेकिन राजतन्त्र के तीन स्तम्भों की भाँति चौथा स्तम्भ यानी प्रेस सरकार के न तो अधीन है और न ही सरकार के आदेशों के अन्तर...
बदलते परिवेश में किशोरियों में पोषक तत्त्वों के अभाव में स्वास्थ्य पर पड़ने वाला प्रभाव का अध्ययन
बदलते परिवेश में किशोरियों में पोषक तत्त्वों के अभाव में स्वास्थ्य पर पड़ने वाला प्रभाव का अध्ययन
पोषण मानव जीवन की आधारभूत आवश्यकता है। मानव जीवन में सर्वाधिक तेज गति से वृद्धि और विकास किशोरावस्था में होता है। यह अवस्था आमतौर पर 13 वर्ष से लेकर 19 वर्ष तक रहती है। इस दौरान कि...

Back to Top