Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि

View through CrossRef
प्रस्तुत अनुसन्धानत्मक लेख भाषातत्व शिक्षणका क्षेत्रमा केन्द्रित छ । स्नातक तहको नेपाली भाषातत्व(व्याकरण) शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्थाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । यसका लागि गुणात्मक अनुसन्धान विधि, व्याख्यावादी दृष्टिकोण, रचनामुखी व्याकरण शिक्षणका सिद्धान्त, आगमनात्मक पद्धति र मामला अध्ययन ढाँचालाई आधार बनाइएको छ । यसो हुनाले यस कार्यमा सत्य, ज्ञान, मूल्य र तर्कलाई पनि गुणात्मक विधिका आधारमा निर्धारण गरिएको छ । कास्की जिल्लामा स्नातक तहका कक्षा सञ्चालन भएका दश वटा शिक्षालयमा पुगी कक्षा अवलोकन उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । यसैगरी पुस्तकालय कार्यबाट पनि द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनको विषयगत (थिमेटिक) आधारमा व्याख्या, विश्लेषणका साथ प्राप्त परिणामउपर छलफल गरिएको छ । भाषातत्वका प्रतिमान (अक्षर संरचना, वर्णविन्यास, शब्दस्रोत, शब्दवर्ग, शब्दनिर्माण लगायत) को शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्था सन्तोषजनक देखिन्छ । भाषातत्व शिक्षणमा व्याख्या, छलफल, प्रश्नोत्तर, अन्तरक्रिया, समूहकार्य, नियम, उदाहरण, परिभाषा जस्ता रचनामुखी व्याकरण शिक्षणका विधिभित्र पर्ने सामान्य कार्यकलापको उपयोग भए पनि प्रस्तुतीकरण, पुनर्लेखन, उत्पादन परियोजना कार्यजस्ता विशिष्ट कार्यकलापको उपयोग सर्वत्र भएको देखिँदैन । समग्रमा यस तहको व्याकरण शिक्षण अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र स्नातक तहको अनिवार्य नेपाली पाठ्यक्रम (२०७९) को मर्म र भावनाअनुसार अपेक्षित मात्रामा रचनामुखी बन्न सकेको देखिँदैन । निर्धारित पाठ्यवस्तुको सिकाइ सहजीकरणका लागि पाठ र सन्दर्भलाई आधार बनाई सिकारुमैत्री र सहभागितामूलक सिकाइ शैलीका आधारमा रचनामुखी व्याकरण शिक्षणलाई सफल र प्रभावकारी बनाउन आवश्यक हुन्छ ।
Title: भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि
Description:
प्रस्तुत अनुसन्धानत्मक लेख भाषातत्व शिक्षणका क्षेत्रमा केन्द्रित छ । स्नातक तहको नेपाली भाषातत्व(व्याकरण) शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्थाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । यसका लागि गुणात्मक अनुसन्धान विधि, व्याख्यावादी दृष्टिकोण, रचनामुखी व्याकरण शिक्षणका सिद्धान्त, आगमनात्मक पद्धति र मामला अध्ययन ढाँचालाई आधार बनाइएको छ । यसो हुनाले यस कार्यमा सत्य, ज्ञान, मूल्य र तर्कलाई पनि गुणात्मक विधिका आधारमा निर्धारण गरिएको छ । कास्की जिल्लामा स्नातक तहका कक्षा सञ्चालन भएका दश वटा शिक्षालयमा पुगी कक्षा अवलोकन उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । यसैगरी पुस्तकालय कार्यबाट पनि द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनको विषयगत (थिमेटिक) आधारमा व्याख्या, विश्लेषणका साथ प्राप्त परिणामउपर छलफल गरिएको छ । भाषातत्वका प्रतिमान (अक्षर संरचना, वर्णविन्यास, शब्दस्रोत, शब्दवर्ग, शब्दनिर्माण लगायत) को शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्था सन्तोषजनक देखिन्छ । भाषातत्व शिक्षणमा व्याख्या, छलफल, प्रश्नोत्तर, अन्तरक्रिया, समूहकार्य, नियम, उदाहरण, परिभाषा जस्ता रचनामुखी व्याकरण शिक्षणका विधिभित्र पर्ने सामान्य कार्यकलापको उपयोग भए पनि प्रस्तुतीकरण, पुनर्लेखन, उत्पादन परियोजना कार्यजस्ता विशिष्ट कार्यकलापको उपयोग सर्वत्र भएको देखिँदैन । समग्रमा यस तहको व्याकरण शिक्षण अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र स्नातक तहको अनिवार्य नेपाली पाठ्यक्रम (२०७९) को मर्म र भावनाअनुसार अपेक्षित मात्रामा रचनामुखी बन्न सकेको देखिँदैन । निर्धारित पाठ्यवस्तुको सिकाइ सहजीकरणका लागि पाठ र सन्दर्भलाई आधार बनाई सिकारुमैत्री र सहभागितामूलक सिकाइ शैलीका आधारमा रचनामुखी व्याकरण शिक्षणलाई सफल र प्रभावकारी बनाउन आवश्यक हुन्छ ।.

Related Results

भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा
सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा
यो अध्ययन सामुदायिक विद्यालयकाअस्थायी शिक्षकहरूप्रति सरोकारवालहरुको धारणा भन्ने विषयमा केन्द्रित रहको छ । यो अध्ययनको मुख्य उदेश्य सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरुप्रति सरोका...
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहर...
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...

Back to Top