Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था

View through CrossRef
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्च शिक्षामा प्रविधिको प्रयोगको वर्तमान अवस्थाको विश्लेषण, समस्याहरुको पहिचान, निराकरणका उपायहरु तथा उच्च शिक्षामा बढ्दो प्रविधिको प्रयोग बारे गहनतम् विश्लेषण गर्नु हो । यस अध्ययनका लागि काठमाडौँ शिक्षा क्याम्पसलाई उद्देश्यपूर्ण नमूना सङ्कलन विधिबाट नमुना छनोट गरी गुणात्मक विधिको उपयोग गरेर तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरिएको छ । यो लेख तयार गर्दा गहन अन्तरवार्ता र द्वितीय स्रोतहरुको माध्यमबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तार्किक र वर्णनात्मक विश्लेषण गरिएको छ । क्याम्पसमा बढ्दो सूचना प्रविधिको प्रयोग, डिजिटल पूर्वाधारमा भएको लगानी, स्मार्ट बोर्ड र भर्चुअल शिक्षण विधिको प्रयोगले शिक्षण व्रिmयाकलापमा सहजता ल्याएको देखिन्छ । अध्ययनले शिक्षण विधिमा प्रविधिको सन्तुलित संयोजनले उच्च शिक्षालाई प्रविधिसँग जोड्न, शिक्षालाई सिपसँग जोड्न, विद्यार्थीको दक्षता अभिवृद्धि गर्न तथा रोजगारमूलक बनाउन मद्दत पुग्ने देखिन्छ । प्रविधिको उपयोगमा असमानता, डिजिटल साक्षरताको अभाव र पूर्वाधारको कमी जस्ता चुनौतीहरुको समाधान गर्न सूचना प्रविधिमैत्री शिक्षक प्रशिक्षण र सामग्रीहरुको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।    
Title: उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
Description:
नेपालमा उच्च शिक्षाको सुरुवात वि.
सं.
१९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्च शिक्षामा प्रविधिको प्रयोगको वर्तमान अवस्थाको विश्लेषण, समस्याहरुको पहिचान, निराकरणका उपायहरु तथा उच्च शिक्षामा बढ्दो प्रविधिको प्रयोग बारे गहनतम् विश्लेषण गर्नु हो । यस अध्ययनका लागि काठमाडौँ शिक्षा क्याम्पसलाई उद्देश्यपूर्ण नमूना सङ्कलन विधिबाट नमुना छनोट गरी गुणात्मक विधिको उपयोग गरेर तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरिएको छ । यो लेख तयार गर्दा गहन अन्तरवार्ता र द्वितीय स्रोतहरुको माध्यमबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तार्किक र वर्णनात्मक विश्लेषण गरिएको छ । क्याम्पसमा बढ्दो सूचना प्रविधिको प्रयोग, डिजिटल पूर्वाधारमा भएको लगानी, स्मार्ट बोर्ड र भर्चुअल शिक्षण विधिको प्रयोगले शिक्षण व्रिmयाकलापमा सहजता ल्याएको देखिन्छ । अध्ययनले शिक्षण विधिमा प्रविधिको सन्तुलित संयोजनले उच्च शिक्षालाई प्रविधिसँग जोड्न, शिक्षालाई सिपसँग जोड्न, विद्यार्थीको दक्षता अभिवृद्धि गर्न तथा रोजगारमूलक बनाउन मद्दत पुग्ने देखिन्छ । प्रविधिको उपयोगमा असमानता, डिजिटल साक्षरताको अभाव र पूर्वाधारको कमी जस्ता चुनौतीहरुको समाधान गर्न सूचना प्रविधिमैत्री शिक्षक प्रशिक्षण र सामग्रीहरुको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।    .

Related Results

Vartmaan Samay Ki Uchch Shiksha Mein Mahilaon Ki Sahabhaagita Ki Vartmaan Pariprekshy Mein Sthiti
Vartmaan Samay Ki Uchch Shiksha Mein Mahilaon Ki Sahabhaagita Ki Vartmaan Pariprekshy Mein Sthiti
उच्च शिक्षा में महिलाओं की सहभागिता पर विचार करते समय यह स्पष्ट होता है कि पिछले कुछ दशकों में महिलाओं के शिक्षा के क्षेत्र में अभूतपूर्व प्रगति हुई है। पहले जहां समाज में महिलाओं ...
महात्मा गांधी के शैक्षिक चिंतन एवं नई शिक्षा नीति 2020 पर अध्ययनः (भारतीय परिप्रेक्ष्य में)
महात्मा गांधी के शैक्षिक चिंतन एवं नई शिक्षा नीति 2020 पर अध्ययनः (भारतीय परिप्रेक्ष्य में)
महात्मा गांधी का शैक्षिक चिंतन भारतीय शिक्षा की आत्मा को जागृत करने वाला दर्शन है। उनका मानना था कि शिक्षा केवल ज्ञान प्राप्ति का साधन नहीं, बल्कि आत्मनिर्भर, नैतिक और सामाजिक रूप ...
राष्ट्र नायक: प्रो. डॉ. के. पी. यादव
राष्ट्र नायक: प्रो. डॉ. के. पी. यादव
ज्ञान की यात्रा एक निरंतर विकसित होने वाली प्रक्रिया है, जो सभ्यताओं को आकार देती है, दृष्टिकोण को परिष्कृत करती है और मानवता की प्रगति को प्रेरित करती है। शिक्षा के व्यापक क्षेत्र...
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
नवाचारी शिक्षण पद्धति को बढ़ावा देने में राष्ट्रिय शिक्षा निति-2020 की भूमिका
नवाचारी शिक्षण पद्धति को बढ़ावा देने में राष्ट्रिय शिक्षा निति-2020 की भूमिका
भारत की शिक्षा व्यवस्था में गुणवत्ता, समावेशन और नवाचार को प्रोत्साहित करने के उद्देश्य से प्रस्तुत राष्ट्रीय शिक्षा नीति–2020 एक ऐतिहासिक एवं परिवर्तनकारी दस्तावेज़ है। यह नीति भा...
शिक्षा के क्षेत्र में उर्दू साहित्य का प्रभाव
शिक्षा के क्षेत्र में उर्दू साहित्य का प्रभाव
भारतीय शिक्षा प्रणाली में उर्दू साहित्य का योगदान अत्यंत महत्वपूर्ण और बहुआयामी रहा है। यह शोध पत्र शिक्षा के विभिन्न क्षेत्रों में उर्दू साहित्य के प्रभाव का विस्तृत विश्लेषण प्रस...

Back to Top