Javascript must be enabled to continue!
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
View through CrossRef
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहरूले सामना गर्ने कठिनाइ र अनुभवलाई उजागर गरेको छ । नेपालमा विभिन्न भाषाभाषीका विद्यार्थीहरू रहेका हुन्छन् । ती सबै विद्यार्थीहरूको आआफ्नो मातृभाषालाई सम्बोधन गरी नेपाली भाषा शिक्षण गर्नु एक जटिल र चुनौतीपूर्ण कार्य हो । त्यसैले यस अध्ययनमा बहुभाषिक कक्षामा नेपाली शिक्षकले शिक्षणका क्रममा के कस्ता अनुभव गरेका छन् भन्ने मुख्य समस्यालाई अनुसन्धानको रूपमा लिएको छ । यो गुणात्मक अनुसन्धानको न्यारेटिभ इन्क्वायरी विधिमा आधारित छ । यस अध्ययनमा विगत सात वर्षदेखि बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्ने तामाङ र मगर गरी दुईजना महिला शिक्षकसँग गहिरो अन्तर्वार्ताबाट तथ्याङ्क संकलन गरी, मौखिक तथ्याङ्कको लेखन, कोडिङ र थिम निर्माण गरी प्राप्तिको व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनबाट समूहमा सिक्ने क्रियाकलापले भाषा आर्जनमा सकारात्मक प्रभाव पार्ने देखाएको छ । शिक्षकले मातृभाषालाई माध्यम बनाएर शिक्षण गर्दा सिकाइ सहज हुने देखिन्छ । सहकार्य सिकाइ विधि प्रभावकारी भए पनि विद्यार्थीमा भाषिक सिपको अभाव चुनौतीको रूपमा देखा परेको छ । बहुभाषिक कक्षा शिक्षणका लागि शिक्षकहरुलाई पर्याप्त तालिम र स्रोत सामग्री उपलब्ध गराउन आवश्यक देखिन्छ ।
Title: बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
Description:
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहरूले सामना गर्ने कठिनाइ र अनुभवलाई उजागर गरेको छ । नेपालमा विभिन्न भाषाभाषीका विद्यार्थीहरू रहेका हुन्छन् । ती सबै विद्यार्थीहरूको आआफ्नो मातृभाषालाई सम्बोधन गरी नेपाली भाषा शिक्षण गर्नु एक जटिल र चुनौतीपूर्ण कार्य हो । त्यसैले यस अध्ययनमा बहुभाषिक कक्षामा नेपाली शिक्षकले शिक्षणका क्रममा के कस्ता अनुभव गरेका छन् भन्ने मुख्य समस्यालाई अनुसन्धानको रूपमा लिएको छ । यो गुणात्मक अनुसन्धानको न्यारेटिभ इन्क्वायरी विधिमा आधारित छ । यस अध्ययनमा विगत सात वर्षदेखि बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्ने तामाङ र मगर गरी दुईजना महिला शिक्षकसँग गहिरो अन्तर्वार्ताबाट तथ्याङ्क संकलन गरी, मौखिक तथ्याङ्कको लेखन, कोडिङ र थिम निर्माण गरी प्राप्तिको व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनबाट समूहमा सिक्ने क्रियाकलापले भाषा आर्जनमा सकारात्मक प्रभाव पार्ने देखाएको छ । शिक्षकले मातृभाषालाई माध्यम बनाएर शिक्षण गर्दा सिकाइ सहज हुने देखिन्छ । सहकार्य सिकाइ विधि प्रभावकारी भए पनि विद्यार्थीमा भाषिक सिपको अभाव चुनौतीको रूपमा देखा परेको छ । बहुभाषिक कक्षा शिक्षणका लागि शिक्षकहरुलाई पर्याप्त तालिम र स्रोत सामग्री उपलब्ध गराउन आवश्यक देखिन्छ ।.
Related Results
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...
नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता
नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता
वर्तमान डिजिटल युगमा मोबाइल प्रविधिले शिक्षण सिकाइ प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । नेपाली भाषा शिक्षणमा मोबाइल उपकरणको प्रयोगले विद्यार्थी र शिक्षक दुवैका लागि नयाँ अवसरहर...
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
1947 में भारत को आजादी मिली थी। देश के प्रत्येक नागरिक को अभिव्यक्ति की आजादी 26 जनवरी 1950 को भारतीय संविधान के लागू होने के उपरान्त मिला था, किन्तु कुछ साल पहले तक अभिव्यक्ति के ...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि
भाषातत्वको सिकाइमा रचनामुखी शिक्षण विधि
प्रस्तुत अनुसन्धानत्मक लेख भाषातत्व शिक्षणका क्षेत्रमा केन्द्रित छ । स्नातक तहको नेपाली भाषातत्व(व्याकरण) शिक्षणमा रचनामुखी विधिको उपयोग अवस्थाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानक...
शिक्षणशास्त्र विद्यार्थी.शिक्षकांमध्ये बहुभाषिकता कार्यक्रमाचे विकसन व परिणामकारकता
शिक्षणशास्त्र विद्यार्थी.शिक्षकांमध्ये बहुभाषिकता कार्यक्रमाचे विकसन व परिणामकारकता
1990 च्या नंतर ष्खाउजाष् प्रतिमानाने जागतिक स्तरावर स्थलांतरित होणाऱ्यांचे प्रमाण वाढले व यात भारतीय नागरिकांचा अग्रक्रमाने संदर्भ द्यावा लागेलए विदेशात नोकरी व्यवसायाच्या निमित्ता...

