Javascript must be enabled to continue!
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
View through CrossRef
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगिता, भाषाशिक्षणमा प्रयोग गर्न सकिने सामग्री, तिनको प्रयोग र निर्माण तरिका, शिक्षण सामग्रीका प्रकार, मौखिक सामग्री, दृश्य सामग्री, श्रव्यदृश्य सामग्री, स्पर्श सामग्री आदिको विस्तृत चर्चा गरिएको छ । भाषाशिक्षणमा सामग्री भन्नाले के बुझिन्छ ? भाषाशिक्षणमा शिक्षण सामग्रीको के कस्तो उपयोगिता रहेको छ ? भाषाशिक्षणमा के कस्ता शिक्षण सामग्री प्रयोग गर्न सकिन्छ ? र त्यस्ता सामग्रीलाई के कसरी वर्गीकरण गर्न सकिन्छ ? तिनको प्रयोग के कसरी कहाँ कस्तो अवस्थाा गर्न सकिन्छ ? भाषाशिक्षणमा प्रयोग गरिने शिक्षण सामग्रीको निर्माण कसरी गर्न सकिन्छ ? भनी खोजीनिधी गरी प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत लेखमा भाषाशिक्षणमा प्रयोग हुने शिक्षण सामग्रीको चिनारी, भाषा शिक्षणमा तिनको उपयोगिता, भाषा शिक्षणमा प्रयोग हुने शिक्षण सामग्री तिनको प्रयोग क्षेत्र र निर्माण प्रक्रिया र ती शिक्षण सामग्रीहरूको वर्गीकरणलाई अत्यन्तै सूक्ष्म रूपमा व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनका क्रममा सामग्री सङ्कलनमा पुस्तकालय विधिको उपयोग गरी सामग्री सङ्कलन गरिएको छ र सामग्रीहरू द्वितीयक स्रोतका सामग्री उपयोग गरिएको छ । यस अध्ययनबाट भाषाशिक्षणमा शिक्षण सामग्रीको महत्वको बारेमा जानकारी प्राप्त भएको छ । प्रस्तुत अध्ययनबाट भाषा शिक्षण र शिक्षण सामग्रीको सम्बन्ध, उपयोगिता, प्रकार, प्रयोग र निर्माण प्रक्रियाका बारेमा अध्ययन गर्न चाहने शिक्षक, विद्यार्थी, अनुसन्धाता र प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसको बारेमा जानकारी लिन चाहने जो कोहीलाई पनि सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
Title: भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
Description:
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगिता, भाषाशिक्षणमा प्रयोग गर्न सकिने सामग्री, तिनको प्रयोग र निर्माण तरिका, शिक्षण सामग्रीका प्रकार, मौखिक सामग्री, दृश्य सामग्री, श्रव्यदृश्य सामग्री, स्पर्श सामग्री आदिको विस्तृत चर्चा गरिएको छ । भाषाशिक्षणमा सामग्री भन्नाले के बुझिन्छ ? भाषाशिक्षणमा शिक्षण सामग्रीको के कस्तो उपयोगिता रहेको छ ? भाषाशिक्षणमा के कस्ता शिक्षण सामग्री प्रयोग गर्न सकिन्छ ? र त्यस्ता सामग्रीलाई के कसरी वर्गीकरण गर्न सकिन्छ ? तिनको प्रयोग के कसरी कहाँ कस्तो अवस्थाा गर्न सकिन्छ ? भाषाशिक्षणमा प्रयोग गरिने शिक्षण सामग्रीको निर्माण कसरी गर्न सकिन्छ ? भनी खोजीनिधी गरी प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत लेखमा भाषाशिक्षणमा प्रयोग हुने शिक्षण सामग्रीको चिनारी, भाषा शिक्षणमा तिनको उपयोगिता, भाषा शिक्षणमा प्रयोग हुने शिक्षण सामग्री तिनको प्रयोग क्षेत्र र निर्माण प्रक्रिया र ती शिक्षण सामग्रीहरूको वर्गीकरणलाई अत्यन्तै सूक्ष्म रूपमा व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनका क्रममा सामग्री सङ्कलनमा पुस्तकालय विधिको उपयोग गरी सामग्री सङ्कलन गरिएको छ र सामग्रीहरू द्वितीयक स्रोतका सामग्री उपयोग गरिएको छ । यस अध्ययनबाट भाषाशिक्षणमा शिक्षण सामग्रीको महत्वको बारेमा जानकारी प्राप्त भएको छ । प्रस्तुत अध्ययनबाट भाषा शिक्षण र शिक्षण सामग्रीको सम्बन्ध, उपयोगिता, प्रकार, प्रयोग र निर्माण प्रक्रियाका बारेमा अध्ययन गर्न चाहने शिक्षक, विद्यार्थी, अनुसन्धाता र प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसको बारेमा जानकारी लिन चाहने जो कोहीलाई पनि सहयोग पुग्ने अपेक्षा राखिएको छ ।.
Related Results
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
किसी विषय का शिक्षण एक कला है । जो विषय की प्रकृति के अनुसार बदलती रहती है । इसलिए विषय शिक्षक, कक्षा में शिक्षण के क्रम में विषय की अवधारणाओं को समझाने के दौरान कई चुनौतियों से रू...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
नवाचारी शिक्षण पद्धति को बढ़ावा देने में राष्ट्रिय शिक्षा निति-2020 की भूमिका
नवाचारी शिक्षण पद्धति को बढ़ावा देने में राष्ट्रिय शिक्षा निति-2020 की भूमिका
भारत की शिक्षा व्यवस्था में गुणवत्ता, समावेशन और नवाचार को प्रोत्साहित करने के उद्देश्य से प्रस्तुत राष्ट्रीय शिक्षा नीति–2020 एक ऐतिहासिक एवं परिवर्तनकारी दस्तावेज़ है। यह नीति भा...
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निरा...
भाषिक सिपको विकासमा उखान शिक्षण
भाषिक सिपको विकासमा उखान शिक्षण
उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लाग...

