Javascript must be enabled to continue!
भाषिक सिपको विकासमा उखान शिक्षण
View through CrossRef
उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लागि अत्यन्तै महत्वपूर्ण सामग्री बन्न सक्छ । भाषाशिक्षणका लागि उखानलाई उपयोगी सामग्रीका रूपमा प्रयोग गर्दा सिकारुले पहिलो कुरा त भाषिक सिप सिक्न सरल माध्यम बन्न सक्छ भने अर्कातिर लोकले सदियौंदेखि संगालेका लोकअनुभवहरुको ज्ञान प्राप्त गर्दै नैतिक शिक्षा प्राप्त गर्न सक्छन् । उखानको अन्तिम लक्ष्य भनेको नीतिशिक्षा प्रदान गर्नु हो । कुनै पनि व्यक्ति भाषिक रूपले क्षमतावान नभएसम्म वा आफ्नो ज्ञानको क्षितीज नबढाएसम्म नीतिशिक्षा व्याबहारिक ज्ञान प्राप्त गर्न सक्दैन । उखानहरू नीतिसन्देशमूलक र व्यङ्ग्यार्थ मूलक हुन्छन् भने रसिला पनि हुन्छन् । त्यसो त उखानहरू समाजका विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित हुन्छन् जसले समाजका हरेक क्षेत्रमा देखिएका समस्याहरूलाई सकारात्मक वा नकारात्मक दुबै रूपले व्यङ्ग्य गर्दै सकारात्मक सन्देश दिएका हुन्छन् । उखानले व्यक्त गर्ने नीतिसन्देश श्रोताको उमेर र स्तरअनुसार सामान्यदेखि उच्चस्तरको प्रतीयमान अर्थ दिने हुन्छ । त्यसैले उखानको अध्ययन गरी यसलाई भाषाशिक्षणको सामग्रीका रूपमा प्रयोग गरी एकातिर व्यावहारिक जीवनमा यसको प्रयोग गर्नु र अर्कातिर महत्वपूर्ण ज्ञान प्राप्त गर्नमा उखान शिक्षण उपयोगी साबित हुन सक्छ ।
Title: भाषिक सिपको विकासमा उखान शिक्षण
Description:
उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लागि अत्यन्तै महत्वपूर्ण सामग्री बन्न सक्छ । भाषाशिक्षणका लागि उखानलाई उपयोगी सामग्रीका रूपमा प्रयोग गर्दा सिकारुले पहिलो कुरा त भाषिक सिप सिक्न सरल माध्यम बन्न सक्छ भने अर्कातिर लोकले सदियौंदेखि संगालेका लोकअनुभवहरुको ज्ञान प्राप्त गर्दै नैतिक शिक्षा प्राप्त गर्न सक्छन् । उखानको अन्तिम लक्ष्य भनेको नीतिशिक्षा प्रदान गर्नु हो । कुनै पनि व्यक्ति भाषिक रूपले क्षमतावान नभएसम्म वा आफ्नो ज्ञानको क्षितीज नबढाएसम्म नीतिशिक्षा व्याबहारिक ज्ञान प्राप्त गर्न सक्दैन । उखानहरू नीतिसन्देशमूलक र व्यङ्ग्यार्थ मूलक हुन्छन् भने रसिला पनि हुन्छन् । त्यसो त उखानहरू समाजका विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित हुन्छन् जसले समाजका हरेक क्षेत्रमा देखिएका समस्याहरूलाई सकारात्मक वा नकारात्मक दुबै रूपले व्यङ्ग्य गर्दै सकारात्मक सन्देश दिएका हुन्छन् । उखानले व्यक्त गर्ने नीतिसन्देश श्रोताको उमेर र स्तरअनुसार सामान्यदेखि उच्चस्तरको प्रतीयमान अर्थ दिने हुन्छ । त्यसैले उखानको अध्ययन गरी यसलाई भाषाशिक्षणको सामग्रीका रूपमा प्रयोग गरी एकातिर व्यावहारिक जीवनमा यसको प्रयोग गर्नु र अर्कातिर महत्वपूर्ण ज्ञान प्राप्त गर्नमा उखान शिक्षण उपयोगी साबित हुन सक्छ ।.
Related Results
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन...
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहर...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...

