Javascript must be enabled to continue!
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
View through CrossRef
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निराकरणका लागि अत्यन्तै प्रभावकारी अनुसन्धान विधि हो । कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कार्यक्रमका समस्या पहिल्याई कार्यक्रममा सुधार, नवीनता र प्रभावकारिता ल्याउन कार्यक्रममा संलग्न व्यक्तिबाटै गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान हो । यसमा कार्यका आधारमा समस्या पहिचान र समाधान गरिने हुनाले यो सैद्धान्तिक नभएर प्रायोगिक प्रकृतिको हुन्छ । कार्यमूलक अनुसन्धानमा कार्य र अनुसन्धान दुबै एउटै व्यक्तिद्वारा सम्पन्न गरिन्छ । कार्यमूलक अनुसन्धानको प्रयोग प्रयोजन तत्कालीन समस्याका उपायहरु पत्ता लगाई कार्य वा कार्यक्रममा प्रभावकारिता ल्याउनु हो । कार्यमूलक अनुसन्धानमा योजना, तर्जुमा, अवलोकन र प्रतिबिम्बन जस्ता चरणहरुको दोहो¥याएर चक्र पूरा गरी अनुसन्धान गरिन्छ । सुरूबात, प्रारम्भिक खोज, समस्याको पहिचान, तथ्याङ्क सङ्कलन तथ्याङ्कको अध्ययन विश्लेषण, कार्यान्वयन मूल्याङ्कन र अनुभूति गर्नु कार्यमूलकका अनुसन्धान पूरा गर्दा गरिने प्रक्रिया हुन् । यसै सन्दर्भमा कार्यमूलक अनुसन्धानको पहिचान गराउँदै यसका विशेषता, अनुसन्धानका चरण र प्रक्रिया तथा यसको प्रयोग क्षेत्रको जानकारी गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । कार्यमूलक अनुसन्धानको प्रयोग विविध कार्यक्षेत्रमा गर्न सकिन्छ तापनि शिक्षणका सन्दर्भमा कक्षा कोठाका तत्कालीन समस्याको पहिचान र निराकरणमा विशेष रुपमा कार्यमूलक अनुसन्धानको प्रयोग तथा उपयोग गर्न सकिन्छ । यसको तयारीका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका सामग्रीहरु द्वितीयक स्रोतबाट लिइएको छ । तयारीका क्रममा सामग्रीहरुलाई पुस्तकालय अध्ययनका माध्यमबाट सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनबाट यस सम्बद्ध सरोकारवालाहरुलाई अपेक्षित सहयोग मिल्ने देखिन्छ तापनि विशेष गरी शिक्षण क्षेत्रमा कार्यरत शिक्षकहरुलाई विशेष लाभदायक हुने विश्वास गरिएको छ ।
Title: कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
Description:
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निराकरणका लागि अत्यन्तै प्रभावकारी अनुसन्धान विधि हो । कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कार्यक्रमका समस्या पहिल्याई कार्यक्रममा सुधार, नवीनता र प्रभावकारिता ल्याउन कार्यक्रममा संलग्न व्यक्तिबाटै गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान हो । यसमा कार्यका आधारमा समस्या पहिचान र समाधान गरिने हुनाले यो सैद्धान्तिक नभएर प्रायोगिक प्रकृतिको हुन्छ । कार्यमूलक अनुसन्धानमा कार्य र अनुसन्धान दुबै एउटै व्यक्तिद्वारा सम्पन्न गरिन्छ । कार्यमूलक अनुसन्धानको प्रयोग प्रयोजन तत्कालीन समस्याका उपायहरु पत्ता लगाई कार्य वा कार्यक्रममा प्रभावकारिता ल्याउनु हो । कार्यमूलक अनुसन्धानमा योजना, तर्जुमा, अवलोकन र प्रतिबिम्बन जस्ता चरणहरुको दोहो¥याएर चक्र पूरा गरी अनुसन्धान गरिन्छ । सुरूबात, प्रारम्भिक खोज, समस्याको पहिचान, तथ्याङ्क सङ्कलन तथ्याङ्कको अध्ययन विश्लेषण, कार्यान्वयन मूल्याङ्कन र अनुभूति गर्नु कार्यमूलकका अनुसन्धान पूरा गर्दा गरिने प्रक्रिया हुन् । यसै सन्दर्भमा कार्यमूलक अनुसन्धानको पहिचान गराउँदै यसका विशेषता, अनुसन्धानका चरण र प्रक्रिया तथा यसको प्रयोग क्षेत्रको जानकारी गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । कार्यमूलक अनुसन्धानको प्रयोग विविध कार्यक्षेत्रमा गर्न सकिन्छ तापनि शिक्षणका सन्दर्भमा कक्षा कोठाका तत्कालीन समस्याको पहिचान र निराकरणमा विशेष रुपमा कार्यमूलक अनुसन्धानको प्रयोग तथा उपयोग गर्न सकिन्छ । यसको तयारीका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका सामग्रीहरु द्वितीयक स्रोतबाट लिइएको छ । तयारीका क्रममा सामग्रीहरुलाई पुस्तकालय अध्ययनका माध्यमबाट सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनबाट यस सम्बद्ध सरोकारवालाहरुलाई अपेक्षित सहयोग मिल्ने देखिन्छ तापनि विशेष गरी शिक्षण क्षेत्रमा कार्यरत शिक्षकहरुलाई विशेष लाभदायक हुने विश्वास गरिएको छ ।.
Related Results
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन ...
मुक्त शैक्षणिक संसाधने कार्यक्रमाचे विकसन व त्याच्या परिणामकारतेचा अभ्यास
मुक्त शैक्षणिक संसाधने कार्यक्रमाचे विकसन व त्याच्या परिणामकारतेचा अभ्यास
या संशोधनाचा प्रमुख उद्देश बी.एड. अभ्यासक्रमातील गणित अध्यापनशास्त्र विषयासाठी मुक्त शैक्षणिक संसाधने कार्यक्रमाचे विकसन करणे आणि त्याची परिणामकारकता अभ्यासणे हा होता. यासाठी ...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
राष्ट्र नायक: प्रो. डॉ. के. पी. यादव
राष्ट्र नायक: प्रो. डॉ. के. पी. यादव
ज्ञान की यात्रा एक निरंतर विकसित होने वाली प्रक्रिया है, जो सभ्यताओं को आकार देती है, दृष्टिकोण को परिष्कृत करती है और मानवता की प्रगति को प्रेरित करती है। शिक्षा के व्यापक क्षेत्र...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
भारतीय लोकतांत्रिक संस्थानों की प्रासंगिकता और संवैधानिक समीक्षा की आवश्यकता: एक सैद्धांतिक विश्लेषण
भारतीय लोकतांत्रिक संस्थानों की प्रासंगिकता और संवैधानिक समीक्षा की आवश्यकता: एक सैद्धांतिक विश्लेषण
संसदीय प्रणाली, विधायी स्वतंत्रता, न्यायिक निष्पक्षता और संवैधानिक समीक्षा प्रक्रिया सभी हाल के वर्षों में कई कठिनाइयों का सामना कर रही हैं। इस तथ्य के बावजूद कि भारतीय लोकतंत्र अप...
महिलाओं का राजनीतिक समाजीकरण और राजनीतिक सहभागिता
महिलाओं का राजनीतिक समाजीकरण और राजनीतिक सहभागिता
राजनीतिक समाजीकरण वह प्रक्रिया है जिसके माध्यम से व्यक्ति राजनीतिक व्यवस्था, राजनीतिक मूल्यों और राजनीतिक व्यवहार को सीखता है। यह प्रक्रिया व्यक्ति को राजनीतिक संस्कृति से जोड़ती है...

