Javascript must be enabled to continue!
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
View through CrossRef
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निराकरणका लागि अत्यन्तै प्रभावकारी अनुसन्धान विधि हो । कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कार्यक्रमका समस्या पहिल्याई कार्यक्रममा सुधार, नवीनता र प्रभावकारिता ल्याउन कार्यक्रममा संलग्न व्यक्तिबाटै गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान हो । यसमा कार्यका आधारमा समस्या पहिचान र समाधान गरिने हुनाले यो सैद्धान्तिक नभएर प्रायोगिक प्रकृतिको हुन्छ । कार्यमूलक अनुसन्धानमा कार्य र अनुसन्धान दुबै एउटै व्यक्तिद्वारा सम्पन्न गरिन्छ । कार्यमूलक अनुसन्धानको प्रयोग प्रयोजन तत्कालीन समस्याका उपायहरु पत्ता लगाई कार्य वा कार्यक्रममा प्रभावकारिता ल्याउनु हो । कार्यमूलक अनुसन्धानमा योजना, तर्जुमा, अवलोकन र प्रतिबिम्बन जस्ता चरणहरुको दोहो¥याएर चक्र पूरा गरी अनुसन्धान गरिन्छ । सुरूबात, प्रारम्भिक खोज, समस्याको पहिचान, तथ्याङ्क सङ्कलन तथ्याङ्कको अध्ययन विश्लेषण, कार्यान्वयन मूल्याङ्कन र अनुभूति गर्नु कार्यमूलकका अनुसन्धान पूरा गर्दा गरिने प्रक्रिया हुन् । यसै सन्दर्भमा कार्यमूलक अनुसन्धानको पहिचान गराउँदै यसका विशेषता, अनुसन्धानका चरण र प्रक्रिया तथा यसको प्रयोग क्षेत्रको जानकारी गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । कार्यमूलक अनुसन्धानको प्रयोग विविध कार्यक्षेत्रमा गर्न सकिन्छ तापनि शिक्षणका सन्दर्भमा कक्षा कोठाका तत्कालीन समस्याको पहिचान र निराकरणमा विशेष रुपमा कार्यमूलक अनुसन्धानको प्रयोग तथा उपयोग गर्न सकिन्छ । यसको तयारीका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका सामग्रीहरु द्वितीयक स्रोतबाट लिइएको छ । तयारीका क्रममा सामग्रीहरुलाई पुस्तकालय अध्ययनका माध्यमबाट सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनबाट यस सम्बद्ध सरोकारवालाहरुलाई अपेक्षित सहयोग मिल्ने देखिन्छ तापनि विशेष गरी शिक्षण क्षेत्रमा कार्यरत शिक्षकहरुलाई विशेष लाभदायक हुने विश्वास गरिएको छ ।
Title: कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
Description:
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निराकरणका लागि अत्यन्तै प्रभावकारी अनुसन्धान विधि हो । कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कार्यक्रमका समस्या पहिल्याई कार्यक्रममा सुधार, नवीनता र प्रभावकारिता ल्याउन कार्यक्रममा संलग्न व्यक्तिबाटै गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान हो । यसमा कार्यका आधारमा समस्या पहिचान र समाधान गरिने हुनाले यो सैद्धान्तिक नभएर प्रायोगिक प्रकृतिको हुन्छ । कार्यमूलक अनुसन्धानमा कार्य र अनुसन्धान दुबै एउटै व्यक्तिद्वारा सम्पन्न गरिन्छ । कार्यमूलक अनुसन्धानको प्रयोग प्रयोजन तत्कालीन समस्याका उपायहरु पत्ता लगाई कार्य वा कार्यक्रममा प्रभावकारिता ल्याउनु हो । कार्यमूलक अनुसन्धानमा योजना, तर्जुमा, अवलोकन र प्रतिबिम्बन जस्ता चरणहरुको दोहो¥याएर चक्र पूरा गरी अनुसन्धान गरिन्छ । सुरूबात, प्रारम्भिक खोज, समस्याको पहिचान, तथ्याङ्क सङ्कलन तथ्याङ्कको अध्ययन विश्लेषण, कार्यान्वयन मूल्याङ्कन र अनुभूति गर्नु कार्यमूलकका अनुसन्धान पूरा गर्दा गरिने प्रक्रिया हुन् । यसै सन्दर्भमा कार्यमूलक अनुसन्धानको पहिचान गराउँदै यसका विशेषता, अनुसन्धानका चरण र प्रक्रिया तथा यसको प्रयोग क्षेत्रको जानकारी गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । कार्यमूलक अनुसन्धानको प्रयोग विविध कार्यक्षेत्रमा गर्न सकिन्छ तापनि शिक्षणका सन्दर्भमा कक्षा कोठाका तत्कालीन समस्याको पहिचान र निराकरणमा विशेष रुपमा कार्यमूलक अनुसन्धानको प्रयोग तथा उपयोग गर्न सकिन्छ । यसको तयारीका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका सामग्रीहरु द्वितीयक स्रोतबाट लिइएको छ । तयारीका क्रममा सामग्रीहरुलाई पुस्तकालय अध्ययनका माध्यमबाट सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनबाट यस सम्बद्ध सरोकारवालाहरुलाई अपेक्षित सहयोग मिल्ने देखिन्छ तापनि विशेष गरी शिक्षण क्षेत्रमा कार्यरत शिक्षकहरुलाई विशेष लाभदायक हुने विश्वास गरिएको छ ।.
Related Results
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
भारतीय लोकतांत्रिक संस्थानों की प्रासंगिकता और संवैधानिक समीक्षा की आवश्यकता: एक सैद्धांतिक विश्लेषण
भारतीय लोकतांत्रिक संस्थानों की प्रासंगिकता और संवैधानिक समीक्षा की आवश्यकता: एक सैद्धांतिक विश्लेषण
संसदीय प्रणाली, विधायी स्वतंत्रता, न्यायिक निष्पक्षता और संवैधानिक समीक्षा प्रक्रिया सभी हाल के वर्षों में कई कठिनाइयों का सामना कर रही हैं। इस तथ्य के बावजूद कि भारतीय लोकतंत्र अप...
महिलाओं का राजनीतिक समाजीकरण और राजनीतिक सहभागिता
महिलाओं का राजनीतिक समाजीकरण और राजनीतिक सहभागिता
राजनीतिक समाजीकरण वह प्रक्रिया है जिसके माध्यम से व्यक्ति राजनीतिक व्यवस्था, राजनीतिक मूल्यों और राजनीतिक व्यवहार को सीखता है। यह प्रक्रिया व्यक्ति को राजनीतिक संस्कृति से जोड़ती है...
नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग
नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग
हरेक व्यक्ति कुनै न कुनै रूपमा सत्यको खोजीमा लागि रहन्छन् । उनीहरु आफ्नो आदर्श, मूल्य र उद्देश्य अनुसार विभिन्न धारणा र दृष्टिकोणहरु बनाइ रहन्छन् । यो उनीहरुको जीवन दर्शन हो । यसैल...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

