Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग

View through CrossRef
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका लागि वर्णहरूको उपर्युक्त ढङ्गले विन्यास गर्नुपर्ने हुन्छ । वर्णविन्यासलाई एकरूपता ल्याएर व्याकरणिक संरचना र कोशीय न्यायका लागि केही नियमहरू स्थापना भएका छन् । सम्पादन कार्य बौद्धिक, प्राज्ञिक, अनुभवमा आधारित जटिल र सम्वेदनशील लिपिवद्ध कार्य हो । पाण्डुलिपि देखि टङ्कन र मुद्रण वा प्रकाशन पूर्वको अवस्थासम्म स्पष्ट, सरल र शुद्धीकरण गरी मुद्रित सामग्रीलाई प्रकाशनयोग्य बनाउनको लागि सम्पादन कार्र्य गरिन्छ । प्रकाशनमा ल्याइएका लिखित सामग्रीमा परिष्कृत गरी उपर्युक्त अर्थापन गर्दै लुप्त ज्ञानको प्रकाश पार्नुका साथै नवीन ज्ञान स्थापित गर्नको लागि सम्पादन कार्य गरिन्छ । प्रस्तुत लेख मुख्यगरी नेपाली स्वर व्यञ्जन र संंयुक्त वर्णको प्रयोगका साथै ह्रस्व दीर्घसम्बन्धी वर्णको विन्यासगत नियमको विश्लेषण गर्न सम्पादन प्रक्रियामा प्रयोग हुने सङ्केत पहिचान, सङ्केतार्थ र प्रयोग अवस्थामा केन्द्रित भएकोले यस लेखमा सामग्री सङ्कलन र विश्लेषण विधिको प्रयोग गरिएको छ । यस लेखमा नेपाली भाषामा वर्णवितरण र सम्पादनमा प्रयोग गरिने सङ्केत चिहृनको पहिचान, अर्थ र प्रयोगमा लेखलाई केन्द्रित गरिएको छ ।
Title: नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
Description:
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका लागि वर्णहरूको उपर्युक्त ढङ्गले विन्यास गर्नुपर्ने हुन्छ । वर्णविन्यासलाई एकरूपता ल्याएर व्याकरणिक संरचना र कोशीय न्यायका लागि केही नियमहरू स्थापना भएका छन् । सम्पादन कार्य बौद्धिक, प्राज्ञिक, अनुभवमा आधारित जटिल र सम्वेदनशील लिपिवद्ध कार्य हो । पाण्डुलिपि देखि टङ्कन र मुद्रण वा प्रकाशन पूर्वको अवस्थासम्म स्पष्ट, सरल र शुद्धीकरण गरी मुद्रित सामग्रीलाई प्रकाशनयोग्य बनाउनको लागि सम्पादन कार्र्य गरिन्छ । प्रकाशनमा ल्याइएका लिखित सामग्रीमा परिष्कृत गरी उपर्युक्त अर्थापन गर्दै लुप्त ज्ञानको प्रकाश पार्नुका साथै नवीन ज्ञान स्थापित गर्नको लागि सम्पादन कार्य गरिन्छ । प्रस्तुत लेख मुख्यगरी नेपाली स्वर व्यञ्जन र संंयुक्त वर्णको प्रयोगका साथै ह्रस्व दीर्घसम्बन्धी वर्णको विन्यासगत नियमको विश्लेषण गर्न सम्पादन प्रक्रियामा प्रयोग हुने सङ्केत पहिचान, सङ्केतार्थ र प्रयोग अवस्थामा केन्द्रित भएकोले यस लेखमा सामग्री सङ्कलन र विश्लेषण विधिको प्रयोग गरिएको छ । यस लेखमा नेपाली भाषामा वर्णवितरण र सम्पादनमा प्रयोग गरिने सङ्केत चिहृनको पहिचान, अर्थ र प्रयोगमा लेखलाई केन्द्रित गरिएको छ ।.

Related Results

उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधा...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन ...

Back to Top