Javascript must be enabled to continue!
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
View through CrossRef
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा उपलब्ध अभिलेख तथा कृतिहरुको पुनरावलोकन र व्याकरणगत तथ्यहरुको ऐतिहासिक तथा तुलनात्मक समीक्षा विधि अँगालिएको छ । साथै यस लेखकको नेपाली भाषा तथा व्याकरण सम्बन्धी लामो अध्ययन, अनुसन्धान र व्याकरण लेखनको अनुभवजन्य प्रतिविम्बनले समेत विश्लेषणलाई सघाएको छ । नेपाली व्याकरणको पहिलो चरण अङ्ग्रेजी व्याकरणको परम्परागत ढाँचामा विदेशी विद्वान्हरुको प्रयासबाट अगाडि बढेको देखिन्छ । यो व्रmम सन् १८२० मा जे.ए.एटनबाट सुरु भएको हो तर यस लेखमा स्वदेशी नेपाली मातृभाषी व्याकरणकारहरुले लेखेका व्याकरण सम्बन्धी चिन्तनलाई विशेष महत्त्वका साथ उठान गर्ने प्रयास भएको छ । यस दृष्टिले हेर्दा नेपाली व्याकरण लेखनको दोस्रो चरणमा पर्ने स्वदेशी विद्वान्हरुमा वीरेन्द्र केसरी अज्र्याल र जयपृथ्वी बहादुर सिंह उल्लेख्य छन् । परम्परागत संस्कृत व्याकरणको धार अन्तर्गत यिनले व्याकरण लेखेको देखिन्छ । तेस्रो चरणमा अङ्ग्रेजी र संस्कृतको परम्परागत मिश्रित धार देखिन्छ । यस्तो मिश्रित धारका व्याकरणहरुमा चन्द्रिका, मध्यचन्द्रिका र सो ढाँचामा लेखिएका उत्तरवर्ती व्याकरण पर्दछन् । चौथो चरणमा आधुनिक भाषा वैज्ञानिक धार अन्तर्गत व्याकरण लेखनको प्रारम्भ भएको देखिन्छ । यस्तो धारको उठान मोहनराज शर्माको शब्दरचना र वर्णविन्यास (२०३६) बाट भएको हो । यसमा मुख्यतः शब्दरचना खण्डमा भाषा वैज्ञानिक पद्धतिको उपयोग गरिएको छ । वर्णविन्यास खण्डमा भने परम्परागत धारमा केही सुधार मात्र भएको देखिन्छ । यस धार अन्तर्गत लेखिएको बृहत् व्याकरण चाहिँ समसामयिक नेपाली व्याकरण (२०४९) लाई मानिन्छ । यसरी यस लेखमा वीरेन्द्र केसरीबाट अगाडि बढेको व्याकरण चिन्तन पछिल्ला चरणमा अङ्ग्रेजी र संस्कृतको परम्परागत मिश्रित धारबाट कसरी आधुनिक व्याकरणको धारमा प्रवेश ग¥यो, त्यसको पृष्ठभूमिको सविस्तार व्याख्याका साथै सम्बन्धित प्रमुख व्याकरणहरुको कालव्रmमिक तथा तुलनात्मक विवेचन प्रस्तुत गरिएको छ ।
Title: नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
Description:
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा उपलब्ध अभिलेख तथा कृतिहरुको पुनरावलोकन र व्याकरणगत तथ्यहरुको ऐतिहासिक तथा तुलनात्मक समीक्षा विधि अँगालिएको छ । साथै यस लेखकको नेपाली भाषा तथा व्याकरण सम्बन्धी लामो अध्ययन, अनुसन्धान र व्याकरण लेखनको अनुभवजन्य प्रतिविम्बनले समेत विश्लेषणलाई सघाएको छ । नेपाली व्याकरणको पहिलो चरण अङ्ग्रेजी व्याकरणको परम्परागत ढाँचामा विदेशी विद्वान्हरुको प्रयासबाट अगाडि बढेको देखिन्छ । यो व्रmम सन् १८२० मा जे.
ए.
एटनबाट सुरु भएको हो तर यस लेखमा स्वदेशी नेपाली मातृभाषी व्याकरणकारहरुले लेखेका व्याकरण सम्बन्धी चिन्तनलाई विशेष महत्त्वका साथ उठान गर्ने प्रयास भएको छ । यस दृष्टिले हेर्दा नेपाली व्याकरण लेखनको दोस्रो चरणमा पर्ने स्वदेशी विद्वान्हरुमा वीरेन्द्र केसरी अज्र्याल र जयपृथ्वी बहादुर सिंह उल्लेख्य छन् । परम्परागत संस्कृत व्याकरणको धार अन्तर्गत यिनले व्याकरण लेखेको देखिन्छ । तेस्रो चरणमा अङ्ग्रेजी र संस्कृतको परम्परागत मिश्रित धार देखिन्छ । यस्तो मिश्रित धारका व्याकरणहरुमा चन्द्रिका, मध्यचन्द्रिका र सो ढाँचामा लेखिएका उत्तरवर्ती व्याकरण पर्दछन् । चौथो चरणमा आधुनिक भाषा वैज्ञानिक धार अन्तर्गत व्याकरण लेखनको प्रारम्भ भएको देखिन्छ । यस्तो धारको उठान मोहनराज शर्माको शब्दरचना र वर्णविन्यास (२०३६) बाट भएको हो । यसमा मुख्यतः शब्दरचना खण्डमा भाषा वैज्ञानिक पद्धतिको उपयोग गरिएको छ । वर्णविन्यास खण्डमा भने परम्परागत धारमा केही सुधार मात्र भएको देखिन्छ । यस धार अन्तर्गत लेखिएको बृहत् व्याकरण चाहिँ समसामयिक नेपाली व्याकरण (२०४९) लाई मानिन्छ । यसरी यस लेखमा वीरेन्द्र केसरीबाट अगाडि बढेको व्याकरण चिन्तन पछिल्ला चरणमा अङ्ग्रेजी र संस्कृतको परम्परागत मिश्रित धारबाट कसरी आधुनिक व्याकरणको धारमा प्रवेश ग¥यो, त्यसको पृष्ठभूमिको सविस्तार व्याख्याका साथै सम्बन्धित प्रमुख व्याकरणहरुको कालव्रmमिक तथा तुलनात्मक विवेचन प्रस्तुत गरिएको छ ।.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...

