Javascript must be enabled to continue!
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
View through CrossRef
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन् । त्यसैले यो पछिल्लो अवधिलाई नेपाली साहित्यको उत्तरवर्ती चरण मानिएको छ । यस चरणको साहित्य विशेषगरी पहिचानमुखी पनि देखिन्छ । साहित्यका अन्य विधाहरूमा जस्तै निबन्ध विधाको पनि यो चरण पहिचानका सन्दर्भहरूका आधारमा महत्त्वपूर्ण मानिन्छ । विशेषगरी निबन्ध विधामा नारी स्रष्टाको उपस्थिति तथा उनीहरूका सिर्जनाले गति यसै अवधिमा लिएको पाइन्छ । यस अवधिका नारी निबन्धकारहरूका निबन्धहरूमा नारीवादी चिन्तनले महत्त्पूर्ण स्थान लिएको सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो ।यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उत्तरवर्ती नारी निबन्धहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले जैविकीय आधारमा महिला र पुरुषबिच हुने भिन्नताका कारण महिलाका अनुभव–अनुभूतिहरू पनि पृथक् हुने धारणा राखेको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित मूल्यका कारण परिवार तथा समाजमा महिलाका भिन्न भूमिका हुन्छन् र यिनै भूमिकाका आधारमा उनीहरूका अनुभव–अनुभूतिहरू भिन्न हुने धारणा पनि नारीवादीहरूले राखेका छन् । पितृसत्तालाई नारीउत्पीडनको मूल कारक मानेको नारीवादी चिन्तनले सोही उत्पीडनद्वारा सिर्जित भिन्न अनुभव–अनुभूति नारीलिखित साहित्यमा अभिव्यक्त हुने विचार राख्दछ । यसै सन्दर्भमा प्रस्तुत लेखमा नारीवादअन्तर्गत पितृसत्ता, नारीउत्पीडन, नारी–जैविकीय अवस्था तथा पृथक् अनुभव–अनुभूतिसम्बन्धी आधारहरूको चर्चा गरिएको छ । उत्तरवर्ती चरणका नारीलिखित निबन्धहरूमा महिलाका पृथक् अनुभव–अनुभूतिको प्रस्तुतिका प्रशस्त सन्दर्भहरू रहेको निष्कर्ष पनि यस लेखमा निकालिएको छ । उत्तरवर्ती नेपाली नारी–निबन्धमा पितृसत्तात्मक मूल्यभित्र महिलाका पृथक् अनुभव–अनुभुतिको अभिव्यक्तिका केकस्ता सन्दर्भ रहेका छन् भन्ने प्राज्ञिक जिज्ञासको समाधान गर्ने उद्देश्यले तयार गरिएको प्रस्तुत लेख साहित्यिक भएको हुनाले सोही अनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
Description:
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन् । त्यसैले यो पछिल्लो अवधिलाई नेपाली साहित्यको उत्तरवर्ती चरण मानिएको छ । यस चरणको साहित्य विशेषगरी पहिचानमुखी पनि देखिन्छ । साहित्यका अन्य विधाहरूमा जस्तै निबन्ध विधाको पनि यो चरण पहिचानका सन्दर्भहरूका आधारमा महत्त्वपूर्ण मानिन्छ । विशेषगरी निबन्ध विधामा नारी स्रष्टाको उपस्थिति तथा उनीहरूका सिर्जनाले गति यसै अवधिमा लिएको पाइन्छ । यस अवधिका नारी निबन्धकारहरूका निबन्धहरूमा नारीवादी चिन्तनले महत्त्पूर्ण स्थान लिएको सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो ।यसमा नारीवादी सैद्धान्तिक मान्यताका आधारमा उत्तरवर्ती नारी निबन्धहरूको विश्लेषण गरिएको छ । नारीवादी मान्यताले जैविकीय आधारमा महिला र पुरुषबिच हुने भिन्नताका कारण महिलाका अनुभव–अनुभूतिहरू पनि पृथक् हुने धारणा राखेको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित मूल्यका कारण परिवार तथा समाजमा महिलाका भिन्न भूमिका हुन्छन् र यिनै भूमिकाका आधारमा उनीहरूका अनुभव–अनुभूतिहरू भिन्न हुने धारणा पनि नारीवादीहरूले राखेका छन् । पितृसत्तालाई नारीउत्पीडनको मूल कारक मानेको नारीवादी चिन्तनले सोही उत्पीडनद्वारा सिर्जित भिन्न अनुभव–अनुभूति नारीलिखित साहित्यमा अभिव्यक्त हुने विचार राख्दछ । यसै सन्दर्भमा प्रस्तुत लेखमा नारीवादअन्तर्गत पितृसत्ता, नारीउत्पीडन, नारी–जैविकीय अवस्था तथा पृथक् अनुभव–अनुभूतिसम्बन्धी आधारहरूको चर्चा गरिएको छ । उत्तरवर्ती चरणका नारीलिखित निबन्धहरूमा महिलाका पृथक् अनुभव–अनुभूतिको प्रस्तुतिका प्रशस्त सन्दर्भहरू रहेको निष्कर्ष पनि यस लेखमा निकालिएको छ । उत्तरवर्ती नेपाली नारी–निबन्धमा पितृसत्तात्मक मूल्यभित्र महिलाका पृथक् अनुभव–अनुभुतिको अभिव्यक्तिका केकस्ता सन्दर्भ रहेका छन् भन्ने प्राज्ञिक जिज्ञासको समाधान गर्ने उद्देश्यले तयार गरिएको प्रस्तुत लेख साहित्यिक भएको हुनाले सोही अनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ ।.
Related Results
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
Stri Chetna: From Swanbhuti to Sahanubhuti–The Evolution of Women's Consciousness
Stri Chetna: From Swanbhuti to Sahanubhuti–The Evolution of Women's Consciousness
सत्य क्या है? चते ना क्या है? सत्य स्त्रीलिंग है अथवा पुलिंग या उभयलिंग? चते ना स्त्री की है? चते ना पुरुष की है? अथचा
चते ना मनुष्य मात्र की (मानवीय) है? सत्य भक्ति का होता है? सत...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...

