Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता

View through CrossRef
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा भिन्न रहेका छन् । यस आधारमा नेपाली उपन्यासमा २०५० सालपछिकोसमयावधिउत्तरवर्ती चरण हो । यस चरणका उपन्यासमा नवीन विषय र शिल्पको खोजी गरिएको छ । यस क्रममा पछिल्लो समय जीवनीपरकतालाई पनि नवीन विषयका रुपमा प्रयोग गरिएको छ । जीवनीपरकता भनेको –जीवनमा आधारित उपन्यासको विषयगत प्रयोग हो । यसै सन्दर्भमा उत्तरवर्ती नेपाली उपन्यासमा विषयका रूपमा जीवनीपरकताको प्रयोग के–कसरी गरिएको छ भन्ने समस्यामा केन्द्रित भएर यो शोधलेख तयार गरिएको छ । यसको समाधानका लागि सोद्देश्यमूलक समग्र छनोट विधिका आधारमा विश्लेष्य उपन्यासहरू चयन गरिएको छ । त्यसमा पनि उत्तरवर्ती चरणको पहिलो दशकका उपन्यासको मात्र अध्ययन गरिएको छ । समस्याको समाधानका लागि गरिने प्रायोगिक कार्यका लागि आवश्यक तथ्यहरू विश्लेष्य उपन्यासहरूबाट लिइएको छ । यसरी गरिएको अध्ययनले जीवनीपरकता उत्तरवर्ती चरणको विषयगत प्रवृत्ति रहेको देखाएको छ । यस चरणमा लेखक स्वयम्को जीवनीमा आधारित उपन्यास र अन्य जीवनीमा आधारित उपन्यास गरीमुख्यतः दुई प्रकारका जीवनीपरक उपन्यासहरू पाइएका छन् । पहिलो प्रकारका उपन्यासहरूमा पनि काल्पनिक पात्रका माध्यमबाट अभिलेखकीय जीवन र लेखक स्वयम् पात्रका रूपमा उपस्थित भएर प्रस्तुत लेखकीय जीवन गरी दुई पद्धति उपयोग गरिएको छ । अन्य जीवनीमा आधारित कृतिमा उपन्यासकारको उपस्थिति गौण रहेर वण्र्य–पात्र मुख्य भूमिकामा रहेको छ । यसको प्रयोगले नेपाली उपन्यासको विषयगत आयामलाई फराकिलो बनाएको छ । साथै महान् व्यक्तिहरूको जीवनवृत्तमा आधारित इतिहासलेखनकोव्यक्तिजीवनीका माध्यमबाट इतिहास लेखनको नवीन आयाम पनि खोजी गरेको छ ।
Title: उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
Description:
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा भिन्न रहेका छन् । यस आधारमा नेपाली उपन्यासमा २०५० सालपछिकोसमयावधिउत्तरवर्ती चरण हो । यस चरणका उपन्यासमा नवीन विषय र शिल्पको खोजी गरिएको छ । यस क्रममा पछिल्लो समय जीवनीपरकतालाई पनि नवीन विषयका रुपमा प्रयोग गरिएको छ । जीवनीपरकता भनेको –जीवनमा आधारित उपन्यासको विषयगत प्रयोग हो । यसै सन्दर्भमा उत्तरवर्ती नेपाली उपन्यासमा विषयका रूपमा जीवनीपरकताको प्रयोग के–कसरी गरिएको छ भन्ने समस्यामा केन्द्रित भएर यो शोधलेख तयार गरिएको छ । यसको समाधानका लागि सोद्देश्यमूलक समग्र छनोट विधिका आधारमा विश्लेष्य उपन्यासहरू चयन गरिएको छ । त्यसमा पनि उत्तरवर्ती चरणको पहिलो दशकका उपन्यासको मात्र अध्ययन गरिएको छ । समस्याको समाधानका लागि गरिने प्रायोगिक कार्यका लागि आवश्यक तथ्यहरू विश्लेष्य उपन्यासहरूबाट लिइएको छ । यसरी गरिएको अध्ययनले जीवनीपरकता उत्तरवर्ती चरणको विषयगत प्रवृत्ति रहेको देखाएको छ । यस चरणमा लेखक स्वयम्को जीवनीमा आधारित उपन्यास र अन्य जीवनीमा आधारित उपन्यास गरीमुख्यतः दुई प्रकारका जीवनीपरक उपन्यासहरू पाइएका छन् । पहिलो प्रकारका उपन्यासहरूमा पनि काल्पनिक पात्रका माध्यमबाट अभिलेखकीय जीवन र लेखक स्वयम् पात्रका रूपमा उपस्थित भएर प्रस्तुत लेखकीय जीवन गरी दुई पद्धति उपयोग गरिएको छ । अन्य जीवनीमा आधारित कृतिमा उपन्यासकारको उपस्थिति गौण रहेर वण्र्य–पात्र मुख्य भूमिकामा रहेको छ । यसको प्रयोगले नेपाली उपन्यासको विषयगत आयामलाई फराकिलो बनाएको छ । साथै महान् व्यक्तिहरूको जीवनवृत्तमा आधारित इतिहासलेखनकोव्यक्तिजीवनीका माध्यमबाट इतिहास लेखनको नवीन आयाम पनि खोजी गरेको छ ।.

Related Results

उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले...

Back to Top