Javascript must be enabled to continue!
नेपाली दर्शनशास्त्रको प्रस्तावना
View through CrossRef
नेपाली चिन्तकहरूका बौद्धिक सृजना नै नेपाली दर्शन हो । यो राजनीतिक भारतका भारतीय चिन्तकहरूका दार्शनिक चिन्तनहरूभन्दा भिन्न छ । यो दर्शन मुस्लिम तथा इसाई धार्मिक, सांस्कृतिक तथा राजनीतिक आक्रमणहरूबाट सुरक्षित भएको र प्राचीनतम मौलिक सांस्कृतिक तथा सभ्यताको निरन्तरताका कारणले प्राप्त भएको हो । अत्यन्त फरक जीवनशैली रहेका विभिन्न समुदायहरूका बिचमा सहृदयी सहअस्तित्व, एकअर्काको सांस्कृतिक जीवन दर्शनको अभ्यासमा स्वतन्त्रता, सरलता, अहस्तक्षेप, साझापन, आफ्नो मौलिकपनप्रति गौरवभाव, सहिष्णुता तथा कृतज्ञता र वीरताजस्ता मौलिकगुणहरूले नेपाली दर्शनको प्रस्तावनालाई पुष्टि गर्छ । जुनसुकै बोलीमा लेखिए तापनि, आफूलाई नेपाली वा नेपाली मूलको भएकोमा गौरव गर्ने व्यक्तिले प्रकट गरेका दार्शनिक भावहरू नै नेपाली दर्शनशास्त्रका प्रस्तावना हुन् । सञ्चार तथा यातायातको सहजताले अहिलेको दार्शनिक विश्व विगतको जस्तो छैन । अन्य विषयहरूझैं चिन्तनका तहमा पनि आयात र निर्यात दुवै तीब्रगतिमा घटित हुँदैछन् । नेपाली मौलिक चिन्तन पनि आयातित दार्शनिक चिन्तनले प्रभावित मात्र भएका छैनन् अपितु ती चिन्तनहरूले नेपालीहरूको मौलिक जीवन दर्शनमा प्रभावित पारेका छन््र तर पनि यी प्रभावहरू नेपाली दर्शनशास्त्रको प्रस्तावनाका अंश हुँदैनन् । नेपाली दर्शनशास्त्रको प्रस्तावनामा स्वतन्त्र मौलिक नेपाली दर्शनशास्त्रको सम्भावनाको विषयवस्तु बौद्धिकस्तरमा उठान गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: नेपाली दर्शनशास्त्रको प्रस्तावना
Description:
नेपाली चिन्तकहरूका बौद्धिक सृजना नै नेपाली दर्शन हो । यो राजनीतिक भारतका भारतीय चिन्तकहरूका दार्शनिक चिन्तनहरूभन्दा भिन्न छ । यो दर्शन मुस्लिम तथा इसाई धार्मिक, सांस्कृतिक तथा राजनीतिक आक्रमणहरूबाट सुरक्षित भएको र प्राचीनतम मौलिक सांस्कृतिक तथा सभ्यताको निरन्तरताका कारणले प्राप्त भएको हो । अत्यन्त फरक जीवनशैली रहेका विभिन्न समुदायहरूका बिचमा सहृदयी सहअस्तित्व, एकअर्काको सांस्कृतिक जीवन दर्शनको अभ्यासमा स्वतन्त्रता, सरलता, अहस्तक्षेप, साझापन, आफ्नो मौलिकपनप्रति गौरवभाव, सहिष्णुता तथा कृतज्ञता र वीरताजस्ता मौलिकगुणहरूले नेपाली दर्शनको प्रस्तावनालाई पुष्टि गर्छ । जुनसुकै बोलीमा लेखिए तापनि, आफूलाई नेपाली वा नेपाली मूलको भएकोमा गौरव गर्ने व्यक्तिले प्रकट गरेका दार्शनिक भावहरू नै नेपाली दर्शनशास्त्रका प्रस्तावना हुन् । सञ्चार तथा यातायातको सहजताले अहिलेको दार्शनिक विश्व विगतको जस्तो छैन । अन्य विषयहरूझैं चिन्तनका तहमा पनि आयात र निर्यात दुवै तीब्रगतिमा घटित हुँदैछन् । नेपाली मौलिक चिन्तन पनि आयातित दार्शनिक चिन्तनले प्रभावित मात्र भएका छैनन् अपितु ती चिन्तनहरूले नेपालीहरूको मौलिक जीवन दर्शनमा प्रभावित पारेका छन््र तर पनि यी प्रभावहरू नेपाली दर्शनशास्त्रको प्रस्तावनाका अंश हुँदैनन् । नेपाली दर्शनशास्त्रको प्रस्तावनामा स्वतन्त्र मौलिक नेपाली दर्शनशास्त्रको सम्भावनाको विषयवस्तु बौद्धिकस्तरमा उठान गरिएको छ ।.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...

