Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली भाषाको विकासमा पारसमणि प्रधान

View through CrossRef
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ भने सामग्रीको विश्लेषणका व्रmममा पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । प्रधानका निबन्ध, संस्मरण, साहित्यिक पत्रिका, बालोपयोगी साहित्य र पाठ्यपुस्तक, आत्मकथा, भाषाव्याकरण तथा कोशलेखन आदिमा भाषिक चिन्तन पाइन्छ । पारसमणि प्रधानले नेपाली भाषाको स्वरूप निर्धारण, एकीकरण, मानकीकरणका सम्बन्धमा धेरै महत्वपूर्ण काम गरी नेपाली भाषालाई विभिन्न तहका पठनपाठनमा ल्याउने, नेपाली साहित्य लेखेर भाषाको सेवा गर्ने र व्याकरण लेखेर नेपाली भाषालाई समृद्ध तुल्याउने काम गरेका छन् । यसै गरी उनले नेपाली भाषाको संरचनात्मक सेवा पनि गरेका छन् । उनको विचारमा जहाँको भए पनि नेपाली भाषा एउटै हो र यसको स्वरूप र मानक रूप एउटै हुन्छ र हुनुपर्छ भन्ने मान्यता राखेका छन् । उनले नेपाली भाषाको विकास र मानकीकरण पुर्याएको योगदानको अध्ययन यहाँ गरिएको छ ।
Title: नेपाली भाषाको विकासमा पारसमणि प्रधान
Description:
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ भने सामग्रीको विश्लेषणका व्रmममा पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । प्रधानका निबन्ध, संस्मरण, साहित्यिक पत्रिका, बालोपयोगी साहित्य र पाठ्यपुस्तक, आत्मकथा, भाषाव्याकरण तथा कोशलेखन आदिमा भाषिक चिन्तन पाइन्छ । पारसमणि प्रधानले नेपाली भाषाको स्वरूप निर्धारण, एकीकरण, मानकीकरणका सम्बन्धमा धेरै महत्वपूर्ण काम गरी नेपाली भाषालाई विभिन्न तहका पठनपाठनमा ल्याउने, नेपाली साहित्य लेखेर भाषाको सेवा गर्ने र व्याकरण लेखेर नेपाली भाषालाई समृद्ध तुल्याउने काम गरेका छन् । यसै गरी उनले नेपाली भाषाको संरचनात्मक सेवा पनि गरेका छन् । उनको विचारमा जहाँको भए पनि नेपाली भाषा एउटै हो र यसको स्वरूप र मानक रूप एउटै हुन्छ र हुनुपर्छ भन्ने मान्यता राखेका छन् । उनले नेपाली भाषाको विकास र मानकीकरण पुर्याएको योगदानको अध्ययन यहाँ गरिएको छ ।.

Related Results

नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ । नेपालम...

Back to Top